Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

साताको नेप्से २७ अङ्कले ओरालो लाग्यो

\"nepse\"काठमाडौं । दुई महिनाभन्दा बढीको लगातारको नाकाबन्दी र तीन महिनाभन्दा बढीको तराई मधेसका आन्दोलनका कारण अर्थतन्त्र कमजोर भएपछि पूँजीबजार निरन्तर ओरालो लागेको छ । लामो समयदेखि मुलुकको आर्थिक गतिविधि ठप्प भएपछि पूँजी निर्माण नहुँदा त्यसको गम्भिर असर पूँजी बजारमा परेको हो । सरकारले देशको समग्र आर्थिक अवस्था नकारात्मक बाटोतर्फ लागेकाले न्यून आर्थिक वृद्धि हुने जनाएको छ । गत साता अघिल्लो साताको तुलनामा ५।५२ अङ्कले नेप्से घटेको थियो भने यो साता २७ अङ्कले घटेको छ । निरन्तरको नाकाबन्दी र आन्दोलनका कारण लगानीकर्तामा निराशा आएको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५० कम्पनीको १२ हजार ६१५ कारोबारबाट रु एक अर्ब २४ करोड १२ लाख २० हजार बराबरका २४ लाख ३६ हजार ५३० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६३।७८ प्रतिशत बढी हो । गत साता १४३ कम्पनीको चार हजार ८६८ कारोबारबाट रु ७५ करोड ८२ लाख ३३ हजार  बराबरका १५ लाख ८७ हजार तिन सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २७।३७ अङ्कले घटेर अन्तिम दिन एक हजार ४४।०१ अङ्कमा पुगेको छ । यो साता समूहगत परिसूचकमा वाणिज्य बैंक समूहमा ३२।८३, विकास बैंक समूहको १८।९९, वित्त कम्पनीको ६।२, होटल समूहको ११।४५, जलविद्युत् कम्पनीको ५५।६, विमाको सबैभन्दा बढी १३१।७ र  उत्पादनमुलक समूहको ४।६५ अङ्कले गिरावट आएको छ । यो सता व्यापार समूह कुनै परिवर्तन आएको छैन भने अन्य समूहको परिसूचकमा ३।५३ अङ्कले सुधार आएको नेप्सेले उल्लेख गरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५।९२ अङ्कले घटेर २२५।३७ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ ‘इक्विटी ओरिएन्टेड स्किम’ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । क्लिन भिलेज माइक्रोफाइनान्स वित्तीय संस्थाको चार लाख, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको पाँच लाख, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको तीन लाख र नेपाल ग्रामीण विकास बैंकको ५५ लाख ७५ हजार कित्ता साधारण सेयर सूचिकृत भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies