Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

नेपाल बन्द होइन, कालाबजारी बन्द गर्ने कि !

काठमाडौं । तराई–मधेस लामो समयदेखिको बन्दले आक्रान्त छ । भारतले थोपरिदिएको नाकाबन्दीले अर्को महासंकट छ । नागरिकको दिनचर्या कष्टकर बन्दै गइरहेको छ । महासंकटकाबीचमा फेरि अर्को नेपाल बन्द थपिदिएपछि गरिखाने मान्छेलाई झनै पीडा थपिने भएको छ । भारतले गरेको नाकाबन्दीको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्द आह्वान गरेपछि आफैमाथि उल्टै संकट थप्ने काम भएको भन्दै सामाजिक सञ्जालहरुमा तीब्र आक्रोश पोखिएका छन् । निलकण्ठ पौडेल फेसबुकमा लेख्छन् – ‘विप्लव कमरेड नाकाबन्दीले पीडित जनतालाई अझ पीडित हुने गरी नेपाल बन्द नगर्नु प्लीज । सक्नुहुन्छ काला बजारी, महङ्गी नियन्त्रण, लगायतका काम गर्नुस् । अपाङ्ग, ज्येष्ठ नागरिक लगायत पछाडि परेकालाई राहत स्वरूप दाउरा, ग्याँस उपलव्ध गराईदिनु ।’ पौडेलको जस्तै अधिकांशको आक्रोश उस्तै छ । नाकाबन्दीले सास्ती पाइरहेका नेपालीहरुले नै नेपाल बन्दको सास्ती पाउने भएकाले यस्तो सास्ती नदिएको जाती भन्ने धेरैको सुझाव छ । यस्तै, टेकनारायण भट्टराई आफ्नो फेसबुकमा लेख्छन्– नेपाल बन्दले भारतलाइ केही हुने हैन, जनतालाइ नै थप कष्ट हुन्छ, खै कुरा बुझेको ? कृपया बन्द फिर्ता लेउ, भारतकै सती नजाउ ।’ नाकाबन्दीले आहत भएकोलाई राहत दिनुपर्ने बेला उल्टै नेपाल बन्द थोपरेर थप आहत दिन खोजिएको भन्दै आक्रोश ब्याप्त छ । भूकम्पले गर्दा समस्या झेलेका नेपालीहरुलाई मधेसमा चर्किएको आन्दोलन र भारतले गरेको नाकाबन्दीले थप आहत दिइरहेको छ । नाकाबन्दीकाे बहनामा ब्यापारीहरूले कालाेबजारी गरिरहेका छन् । दैनिक उपभाेग्य वस्तुकाे भाउ अाकाशिएकाे छ । नाकाबन्दी देखाउँदै बजारमा मनपरी भाउ गरिएकाे अवस्था छ । यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यान जान जरूरी छ । त्यसैले बन्दको मारमा परेका नेपालीलाई थप बन्द निकास भन्दा पनि समस्या थपिदिने काम गर्ने भएकाले बन्दप्रति अधिकांशको आक्रोश देखिएको छ । मुलुकमा देखिएको समस्या समाधानका लागि छिमेकी राष्ट्रहरुसँग कुटनीति तरिकाले र आन्तरिक समस्यालाई वार्ताको माध्यामबाट समाधानको बाटो खोज्नु नै उत्तम विकल्प हुने विज्ञहरु बताउँछन् । त्यसैले नेपाल बन्दले नाकाबन्दीलाई कुनै असर नगर्ने भएकाले जिम्मेवार राजनीतिक दलहरु जनताप्रति जवाफदेही हुने कि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE