Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यसरी क्रान्तिकारी बनेका थिए चे ग्वेभारा : चे को रोचक क्रान्तिकारी जीवन

[caption id=\"attachment_48410\" align=\"alignleft\" width=\"234\"]\"CheHigh\" चे ग्वेभारा[/caption] चे ग्वेभारा विश्वक्रान्तिका नायक हुन् । अर्जेन्टिनामा जन्मिएर क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका छन् । विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे ।  अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो । तिनै महान विश्व क्रान्तिका नायक चे ग्वेभाराको जीवन कस्तो थियो त ? परिवारका तेते पछि चे बने अर्जेन्टिनाको एक मध्यम वर्गीय परिवारमा चेको जन्म सन् १९२८ जून १४ मा भयो । पेशाले उनका बुवा इन्जिनियर थिए । उनको जन्म स्पेनिस र आइरिस रक्तमिश्रित परिवारबाट भएको थियो । उनको जन्मको नाम अर्नेष्टो ग्वेभारा डे ला सेर्ना थियो । परिवारमा उनलाई तेते भनेर बोलाउँथे । पछि उनले आफ्नो नाम बदलेर चे राखे । चेको अर्थ अर्जेन्टिनी भाषामा ‘हाम्रो’ भन्ने हुन्छ । उनको परिवार शिक्षित र सुसंस्कृति पनि थिए । परिवारबाट उनले न्यायप्रतिको प्रेम, फाँसीवादप्रति घृणा, धार्मिक सहिष्णुता, साहित्यप्रति रुची राख्ने, आर्थिक उपार्जनलाई ध्यान नदिने जस्ता संस्कारहरु सिके । [caption id=\"attachment_48412\" align=\"alignleft\" width=\"219\"]\"CheG1951\" चे ग्वेभारा[/caption] शिक्षकको नजरमा मूढी र अनुशासनहिन चे ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन । उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए । अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन । उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे । भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो । उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए । शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए ।  अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए । ४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए । तर उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो । क्यान्सर रोगबाट आप्mनी हजुरआमाको मृत्यु,  आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे । उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन् ।  
पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए ।
साइकलिङ गरेरै देशको कुनाकुना पुगे   उनी यात्रा गर्न औधी रुचाउँथे । अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगे । स्वास्थका कारण भौतिक शरिर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन् । पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए । चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे । यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पु¥यायो । उनले गम्भीर भएर सोचेँ । शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनैतिक कारणको उपचार कसरी सम्भव होला ? यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो । [caption id=\"attachment_48419\" align=\"alignleft\" width=\"221\"]\"49-1\" चे ग्वेभारा[/caption]   उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो । डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीवी असमानताका सामाजिक राजनैतिक कारणहरु खोज्नतिर लागे ।  गाउँ गाउँ पुगे । विभिन्न वस्ती वस्ती पुगे । उनी उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीवहरु । भोक,  पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीवीकारण बाबुहरु स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे । ड्राइभरका दुखद  जिन्दगीहरु देखे । भरियाका कथाहरु सुने । चिलीका खानीहरुमा पुगे । अमेजन जंगलका रेड–इण्डियन  आदिवासीहरुको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे ।
  अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति ।
अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ , स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु ।” [caption id=\"attachment_48413\" align=\"alignleft\" width=\"300\"]\"Che-05 चे ग्वेभारा[/caption] बोलिभियामा जीवनको शुरु र अन्य त्यसपछि उनी १९५३ मा डाक्टरी पेशा छाडेर बोलिभियाको यात्रामा निस्किए । बोलिभियामा त्यसबेला पूँवीवादी सुधारवादी सरकारबाट राष्ट्रको टिन खानीलाई राष्ट्रिकरण गर्ने, जमिनहरु आदिवासी किसानहरुमा वितरण गर्ने सुधारवादी कार्यहरु भइरहेका थिए । त्यसले चे ग्वेभारालाई थप बल मिल्यो । चे विशेषज्ञहरु भन्दछन् –“ बोलिभियाले चेको जीवनमा क्रान्तिकारिता भर्नेदेखि लिएर चेको जीवनको अन्तिम संघर्ष गर्ने प्रेरणा दिएको थियो । उनको जीवनको शुरु र अन्य बोलिभिया मै भएको थियो ।” बोलिभियाको क्रान्तिपछि गएर सुधारवादी बाटोतर्फ खस्दै जान थालेपछि चे चिन्तित भए । उनले ल्याटिन अमेरिकाका मुक्तिदाता सिमोन बोभिभारको शालिक अगाडि उभिएर बोलिभियाको सुधारवादको विरोध गर्दै भाषण गरे । त्यसपछि उनी ट्रकमा चढेर पेरुको आदिवासी क्षेत्र तर्फ लागे । त्यसपछि उनी ग्वाटेमाला पुगे । ग्वाटेमालाको सुधारवादी सरकारको कारण उनी अर्जेन्टिनाको दूतावासमा दुई महिना शरण लिन पनि बाध्य भए । ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर माक्र्सवादको गहिरो अध्ययन गर्न थाले ।  माक्र्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला–कौशलसम्म अध्ययन गर्न भ्याए । क्यूबाली डाक्टरसँग भेटेपछि त्यसपछि मेक्सिकोमा रहँदै गर्दा जून १९५५ मा उनको एक जना क्यूबाली डाक्टरसँग भेट भयो । क्यूवालीहरुमध्ये एक थिए निको लोपेज । जोसँग ग्वाटेमालामा हुँदा उनीहरुको भेट भएको थियो । निकोले चेलाई फिडेल क्यास्त्रोको नेतृत्वमा क्यूबामा भईरहेको क्रान्तिबारे सविस्तार भने । कुराकानीको क्रममा क्यूबामा शसस्त्र संघर्ष छेड्ने तयारी भइरहेको भन्ने चेले थाहा पाए । त्यसपछि  फिडेल क्यास्त्रोका भाई राउल क्यास्त्रोसँग केही दिनपनि चेको भेट भयो । राउलबाट अझ बढि क्यूबामा भइरहेको क्रान्तिबारे चेले थाहा पाए ।  पछि उनको फिडेल क्यास्त्रोसँग भेट भयो । त्यसपछि एक अर्जेन्टिनी नागरिक क्यूबाको मुक्ति आन्दोलनको सेना बनेर युद्धमा होमिए  । [caption id=\"attachment_48414\" align=\"alignleft\" width=\"300\"]\"gal-fidel-10-1959-jpg\" चे ग्वेभारा[/caption] क्यूवामा उद्योगमन्त्री हुँदा तलब भत्ता लिएनन् क्रान्ति सम्पन्न भएपछि फिडेल क्यास्ट्रो राष्ट्रपति भए । चे ग्वेभारा भने केन्द्रिय बैंकका अध्यक्ष र  उद्योगमन्त्री भए । तर रोचक तथ्य उनीले तलब भत्ता कहिल्यै लिएनन् । बरु निश्चित समय शारीरिक श्रमदान गरे ।  त्यही रकमबाट आफ्नो गुजारा चलाउ“थे । यता चेलाई मार्न निरन्तर अमेरिकी सरकारले आफ्नो कुख्यात गुप्तचर संस्था सीआईएलाई अह्राइरहेको थियो । सिआइएले चेलाई निरन्तर सन् १९५४ देखि १९६२ सम्म पछ्याइरह्यो ।  
ग्वाटेमालाको राजनीतिक दुर्घटनापछि चे मेक्सिकोमा गएर माक्र्सवादको गहिरो अध्ययन गर्न थाले ।  माक्र्स र लेनिनका सम्पूर्ण रचनाहरुदेखि छापामार युद्धका कला–कौशलसम्म अध्ययन गर्न भ्याए ।
उनी मन्त्री पदमा बसी रहेनन् । फिडेल क्यास्त्रोलाई धेरै महत्वपूर्ण सहयोग गरे । सारा विश्व घुमेर क्यूबाको समाजवादको लागि अन्तर्रािष्ट्रय समर्थन जुटाइरहे। अन्तत उनी मन्त्री पद त्यागेर निस्किए कङ्गो तर्फ । \"rwj6g7vi\" हत्याको ४७ वर्षपछि चेको शव भेटियो उनी पुगे १९६५ मा कङ्गो । जहाँ उनले क्रान्तिकारी विचार प्रवाह गरे । यसपछि बोलिविया पुगे । बोलिभियाको जनताको मुक्तिका लागि लड्दा लड्दै उनी पक्राउ परे । पछि उनको ९ अक्टोबर १९६७ हत्या भयो । हत्यापछि पनि चेको शव गुमनाम बनाइयो । पछि ४७ वर्ष पछि मात्र सार्वजनिक भयो । २८ वर्षपछि चेको हत्यामा सम्लग्न रिटायर्ड बोलिभियाली सैनिक जनरल मारियो भर्गासले ठूलो आँटका साथ भने, ‘चेलाई अत्यन्त गोप्य रुपमा गाडिएको बेला म प्रत्यक्षदर्शी हुँ । चे सम्बन्धीे रहस्य म अब खोल्छु ।” उनकै सहयोगमा कयौं पटक अस्थिपञ्चर उत्खनन गर्ने कार्यहरु भए । आज चेका सम्बन्धि कयौं पुस्तकहरु उपलब्ध छन् । उनकै क्रान्तिकारी जीवनसँग सम्बन्धित चलचित्रहरु निर्माण भएका छन् । उनको यात्रासँग सम्बन्धित मोटर साइकल डायरीको चलचित्र बनेको छ । गुरिल्ला युद्धको नियमहरु प्रकाशित छन् । \"lalmoussawirassahafi.comجيفارا\" आज क्यूवाको सान्ता क्लारा शहरको बीचमा चेले बन्दूक उठाएको २३ टन तौल भएको भव्य शालिक निमार्ण भएको छ । जुन शालिक १९९७ अक्टोबर १७ तारिखमा निर्माण भएको थियो । अक्टोबर ९ लाई क्यूबाली सरकारले ‘हिरोइक गुरिल्ला डे’ का रुपमा भव्य समारोह गरी कमरेड चेको स्मृति दिवस बनाउँदै आएको छ । जुन दिन चेको निर्मम हत्या भएको थियो ।  त्यो भन्दा पनि ठूलो आज दुनियाँका श्रमजीवीहरुको मनमा सदा बास बस्ने अन्तर्राष्ट्रिय क्रान्तिका नायक बनेर कमरेड चे ग्वेभारा बाँचिरहेका छन् । स्रोत : विश्वकान्तिका नायक, राजेन्द्र महर्जन, अन्तरक्रिया प्रकाशन प्रा.लि. २०६० वीकीपिडिया डट कम लगायत विभिन्न वेवसाइटहरु \"statue_of_che_guevara_santa_clara_cuba_photo_gov\"   \"Che-Guevara-10\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies