Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

भारतीय नाकाबन्दीको विरोधमा लक्जेम्वर्गको संसद घेराउ

लक्जेम्वर्ग । नेपालमा भारतले लगाएको नाकाबन्दीको विरोध गर्दै लक्जेम्बर्गमा रहेका नेपालीहरुले यूरोपियन संसद भवन घेराउ गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन) लक्जेम्बर्गको आयोजनामा बिरोध प्रदर्शन पछि उनीहरुले यूरोपियन संसद घेराउ गरेका हुन् ।

\"NRN,गैरआवासीय नेपाली संघको निर्देशनमा विश्वभर छरिएका नेपालीहरुले प्रदर्शन गर्दै आएका छन् । यसबाट नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्न मद्दत पुगेको छ ।

लक्जेम्बर्गमा गरिएको प्रदर्शनको नेतृत्व एनआरएन प्रमुख संरक्षक जीवा लामिछानेले गरेका थिए । प्रदर्शनपछि नेपालीहरुले भारतीय नाकाबन्दीको विरोध गर्दै विरोध पत्रसमेत बुझाएका छन् । लामिछानेका अनुसार यूरोपियन संसदको बैठक चलिरहेको अवसर पारेर संसदका अध्यक्षलाई बुझाएको विरोध पत्रले निकै ठूलो महत्व राख्दछ ।

विरोधपत्रमा नेपालमा लगाएको नाकाबन्दीका कारण शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रत्यक्ष असर पर्दा मानवीय संकट आउने खतरा रहेको उल्लेख छ । साथै पारवहन अधिकारको हनन् भएको, विश्व व्यापार संगठनका अन्तराष्ट्रिय मूल्य र मान्यतालाई उल्लंघन गरेको भन्दै तत्काल नाकाबन्दी फुकुवा गर्न आग्रह पनि गरिएको छ ।

विरोध प्रदर्शनमा एनआरएन लग्जेम्बर्ग, त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरुको सहभागीता थियो । नेपालको राष्ट्रिय झण्डा र ढाका टोपीसहित प्रदर्शनमा उत्रिएका नेपालीहरुले यूरोपीयन संसद अगाडि जम्मा भएर भारतविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, एनआरएन महिला संयोजक सपिला राजभण्डारी, एनआरएन लग्जेम्बर्गका अध्यक्ष रमेश तोयना, विद्यार्थी, पत्रकार, व्यवसायी, बुद्धिजिवी, प्राध्यापकलगायत सहभागी थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending