काठमाडौं । अंश, विवाह, जग्गा जमिन, जबरजस्ती करणी जस्ता विषयमा नयाँ कानुन बनाउन संसदीय समितिले सर्वसाधारणसँग सुझाव लिने भएको छ । मुलुकी ऐन २०२० लाई आउँदो असारसम्ममा प्रतिस्थापन गर्ने तयारीस्वरुप विधायन समितिले जनतासँग रायसुझाव लिन लागेको हो ।
देवानी प्रकृतिका अंश, विवाह, जग्गा जमिन, सम्पत्तिसम्बन्धी र फौजदारी अन्तर्गतका कुटपिट, ज्यान, जबर्जस्ती करणी, चोरी, डाँकासम्बन्धी विषयमा आवश्यक संशोधन गर्न इमेल, वेबसाईट, फ्याक्समार्फत रायसुझाव लिइने छ ।
अहिलेको मुलुकी ऐनका व्यवस्थाहरुमा लैंगिक विभेद भएको र समयसापेक्ष नभएकाले त्यसलाई प्रतिस्थापित गर्नुपर्ने माग उठ्दै आएको छ । सरकारले उक्त ऐनलाई प्रतिस्थापन गर्न यसअघि नै देवानी र फौजदारीसम्बन्धी छुट्टाछुट्टै पाँचवटा विधेयकहरु संसदमा दर्ता गराएको थियो । उक्त विधेयकहरुमा छलफल र परिमार्जन गर्न विधायन समितिको जिम्मा दिइएको थियो ।
जनतालाई आफ्नो लागि यस्तो कानुन बन्दैछ भन्ने जानकारी होस् र सुझाव पनि दिउन् भनेर खुल्ला छलफल तथा बहस गर्न लागेको विधायन समितिकी सभापति गंगा चौधरीले जानकारी दिइन् ।
चैतसम्म राय(सुझाव लिएपछि त्यसको आधारमा तयार हुने परिमार्जित विधेयकलाई पारित गर्न पुनः संसदमा पेश पठाइने छ । संसदको बहुमत सदस्यले पारित गरेपछि विद्यमान मुलुकी ऐनलाई नयाँ ऐनले प्रतिस्थापन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: