Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८० बुधबार | 4th October, 2023 Wed

कामका लागि भारत जाँदा कालीकोटका गाउँ नै खाली

\"kalikot\"कालीकोट । नयाँ संविधान जारी भएपछि जनतालाई सहज हुन्छ कि भन्ने बदालकोटका लाले सार्कीलाई आशा थियो । जब संविधान जारी भयो देशमा त महासङ्कट आयो । बस्न कठिनाइ भयो । नुन, तेल, चामल महँगीले नेटो काट्यो । खडेरी परेको घरमा बसेर घरपरिवार पाल्न कठिनाइ भयो । कहिले घर नछाडेका सार्की गाउँमा चर्को ऋण निकालेर भारत गए । आफ्ना पाँच छोराछोरी र भाइबुहारीका पाँच सन्तान गरी १२ जना परिवार पाल्न कठिनाइ भएपछि उनी भारत पसेका हुन् । गाउँमा ठालुको भूमिका खेल्दै आएका लालेले दुखेसो पोख्दै भने –‘यस वर्ष खडेरीले बाली भएन र यसै वर्ष भारतले नाकाबन्दी गरेर उपभोग्य सामान किन्न हामी जस्ता गरिबले सकेनौँ ।’ यसअघि कहिले नपरेको खडेरी यस वर्षमा पर्नु र नाकाबन्दीले महँगी बढ्नु गरिबका लागि दुर्भाग्य भएको स्थानीयवासी भनाइ छ । धौलागोहका स्थानीय शिक्षक धनकर्ण विकले यस वर्ष आकाशे पानीको भरमा खेती लगाउने यहाँका बासिन्दाका लागि बज्रपात नै भएको छ । नुनको प्रतिकिलो मूल्य अहिले ६० देखि ८० रुपैयाँ रहेको छ । खाने तेल आधा लिटरको रु १८० तिर्नुपर्छ । बाजुरा र मुगुको सीमामा पर्ने धौलागोह, खिन लगायतका गाविसमा उपभोग्य वस्तु मान्छे तथा खच्चरले बोक्नुपर्ने भएकाले महँगो हुने गरेको हो । यस वर्ष भारतले गरेको अघोषित नाकाबन्दीका कारण भारत जान दिने हुन् कि होइनन् भनेर खिनका हरिचन्द्र विकलाई चिन्ता थियो । सामान ल्याउन नदिने तर कामका लागि जान पाउने थाहापाए पछि विक भारत गए । यहाँका स्थानीयवासी बर्खे बाली धान, मकै, कोदो लगायतका बाली भित्र्याएर हिउँदे बाली गहुँ र जौ छरेर कमाईका लागि भारत जाने गर्दछन् । अहिले जिल्लाका अधिकांश गाउँ पुरुषविहीन भएका छन् । खिनको उखाडी, जांफे छलांहा, धौलागोहको लार्फा, घोचायावाडा लगायतका गाउँमा पुरुषविहीन भएका छन् । भारतमा सात महिना बसेर घर आएका बदालकोटका नौले तिरुवा हिउँदे बाली लगाएर एक महिना पनि घर नबसी फेरि भारत गएका छन् । उनले भने घरमा बसेर ऋण लगाउनु्भन्दा आफ्नो पेट पाल्ने र कपडाका लागि भारत गएको बताएका छन् । अहिले गाउँमा महिला तथा केटाकेटी मात्र देखिने गरेका छन् । गाउँ नै पुरुषविहीन भएपछि गाईभैँसीलाई घाँस काट्ने र बालबच्चालाई विद्यालय पठाउने काममै यहाँका महिला सीमित छन् । जिल्लाको सबैभन्दा बढी पलांता क्षेत्रका खिन धौलागोह, खिन, थिर्पु, राम्नाकोट, नानिकोट लगायतका गाविसबाट हिउँदको समयमा काम गर्न भारत जाने गर्दछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending