काठमाडाैं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीस एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछि नेपालबाट विभिन्न क्षेत्रमा हुँदै आएका नियमित उडान तालिका प्रभावित भएका छन् । नियमित उडान गर्ने र हप्तामा दुई वा सो भन्दा बढी उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकका सेवा बुधबार र विहिबार दुवै दिन प्रभावित भएका छन् । नेपाल वायु सेवा निगम, कतार एअरवेज, इन्डियन एयरलाइन्स, थाइ एयर, जेट एयर, एयर चाइना, चाइना साउदर्नलगायत नियमित उडान गर्ने विमान सेवाका उडान बढी प्रभावित भएका छन् ।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने मात्रै होइनन् विदेशका विभिन्न सहरबाट नेपाल भित्रिने यात्रुसमेत प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न अवरोधका कारण भारत भ्रमणमा रहेका भएका एमाअाेवादी वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आजै स्वदेश फर्कने कार्यक्रम रहेको भएपनि उनी फर्कन सकेनन् । अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा आजदेखि राजधानीमा आयोजना गर्न निर्धारित अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलनसमेत प्रभावित भएको छ । वैदेशिक रोजगारीका लागि हिँडेका श्रमिक भने विचल्लीमा परेका छन् ।
सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुना आउन नसक्ने भएपछि सम्मेलन स्थगित गरिएको हो । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) विश्व बैंक, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधि सो सम्मेलनमा सहभागी हुने तय भएको थियो । सम्मेलनका क्रममा नेपालमा उत्पादित विद्युत् बङ्गलादेशलाई बेच्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको थियो । विमानस्थल अवरुद्ध भएपछि ढाकामा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को तयारी समितिको बैठकमा सहभागी सरकारी अधिकारी स्वदेश फर्कन पाएका छैनन् भने बैङ्ककमा पनि राजधानी आउने पर्यटक र नेपाली यात्री काठमाडौँ फर्कन व्यग्र भएर बसेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार विहान १० बजे अगाडि विमानस्थल खुल्न नसक्ने बताएको छ । टर्कीस एयरलाइन्सको एयरबस ३२०–३०३ ठूलो जहाज र वजन धेरै भएकाकारण विमानस्थलमा अड्किएको स्थानबाट हटाउन समस्या भएको हो । प्राधिकरणसँग करिब ७० टन मात्र भार उचाल्ने क्षमताकोे उपकरण भएका कारण भारतबाट उपकरण ल्याइएको छ । दुर्घटनाग्रस्त टर्कीस एयरको वजन १५० टन रहेको छ । जहाजको ल्यान्डिङ गियर क्षतिग्रस्त भएका कारण जहाजलाई गुडाएर तान्न पनि नसकिएको प्राधिकरणको भनाइ छ । विमानस्थल अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय विमानसेवाले यात्रुलाई राजधानीका विभिन्न होटलमा आवासको व्यवस्था गरेका छन् । सिल्क एयरले होटल सोल्टीमा आफ्ना यात्रु राखेको छ भने केही काठमाडौँको नयाँ बसपार्क, सुन्धारालगायतका होटलमा बसेका पाइएको छ । बजेट एयरलाइन्सले भने यात्रुलाई कुनै पनि सेवा नदिएका बताइएको छ । बुधबार काठमाडौँबाट विभिन्न गन्तव्यका ४० उडान तालिका रहेका थिए भने आज पनि सोही सङ्ख्यामा उडान हुने तालिका निर्धारित थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: