मंसिर १८ गते, २०७२ शुक्रवार 4th December, 2015 Fri११:१२:४६ मा प्रकाशित
यतिबेला एकिकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठक जारी छ । एमाओवादीको पूननिर्माण र सूदृडिकरणको कुरा उठिरहेको बेलामा त्यसका लागी एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले कसरी सोचिरहेका छन् भन्ने विषयले नै एमाओवादीका भविस्य निर्माण गर्दछ । बैठकमा प्रचण्डले प्रस्तुत गरेका राजनीतिक दस्तावेजको बुँदा नं. २ मा पार्टीको कार्यदिशाको बारेमा उल्लेख छ । प्रचण्डले पार्टी निर्माणबारे प्रस्ताव गरेको – ‘पार्टीको राजनैतिक कार्यदिशा एवम् रणनीति र कार्यनीति बारे’ नामक दस्तावेजको मुख्य बुँदा याँहा प्रकाशित गरेका छौं–सम्पादक । पार्टीको राजनैतिक कार्यदिशा एवम् रणनीति र कार्यनीति बारे
वित्तिय पूँजीको भूमण्डलीकरण र साम्राज्यवादको नव–उदारवादी आर्थिक नीति, सूचना प्रविधिमा भएको असाधारण विकास, विश्वव्यापी रुपमा देखापरेको मौसम परिवर्तन र पर्यावरण विनासको प्रक्रिया, अन्तर्राष्ट्रिय र नेपाली कम्युनिष्ट आन्दोलनका अनुभवहरुको बस्तुपरक र आधिकारिक समीक्षासहित पार्टी कार्यदिशाको थप विकास र परिमार्जन आवश्यक छ । यस प्रकारको विकास र परिमार्जन गम्भीर अध्ययन, अनुसन्धान र बहसको प्रक्रियाबाट मात्र सम्भव छ । सिङ्गो पार्टी र विभिन्न माक्र्सवादी–लेनिनवादी–माओवादी धाराहरुको एकताबद्ध र सामूहिक प्रयासका बलबाट विचारधारात्मक र राजनैतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्न अगाडि बढ्नु आजको ऐतिहासिक आवश्यकता हो ।
माओले भने झैं वर्ग–संघर्ष, उत्पादनका निमित्त संघर्ष र वैज्ञानिक प्रयोग हुँदै नेपाली समाज निरन्तर परिवर्तन र विकासको गतिमा छ । परिवर्तन र विकासको यो ऐतिहासिक प्रक्रियामा नेपाली जनताले सामन्तवादमाथि आधारभूत विजय हासिल गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, राज्यका विभिन्न अंगमा उत्पीडित वर्ग र समुदायको समानुपातिक समावेशीताको घोषणा तथा समाजको आर्थिक जीवनमा आइरहेको परिवर्तनले सामन्तवादको पराजय र पँुजीवाद तर्फको नयाँ यात्रालाई स्पष्ट गरेका छन् । तर, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विशेषता अनुसार सामन्तवाद त्यतिबेलासम्म पूर्णरुपले परास्त हुँदैन जबसम्म साम्राज्यवादलाई परास्त गरेर राष्ट्रिय स्वाधिनता हासिल गरी राष्ट्रिय पुँजीवादको विकासको मार्ग प्रशस्त हुँदैन । यसकारण हाम्रो पार्टीले समाजवादी क्रान्तिको रणनीति अन्र्तगत त्यसको तयारीकै अंगका रुपमा पूँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने संघर्षको कुरा गर्दै आएको छ । यसरी दशवर्षको महान् जनयुद्ध र दशकौं देखिको जनसंघर्षका उपलब्धीहरुको स्वामित्व ग्रहण गर्दै पार्टीले समाजवादको तयारी गर्ने ठोस नीति, योजना र कार्यक्रमको विकास गर्ने कुरामा जोड दिँदै आएको छ ।
यदि सर्वहारावर्गले राष्ट्रिय स्वाधिनता हासिल गर्ने र सामन्तवादका अवशेषहरुको अन्त्य गर्ने संघर्षलाई समाजवादी क्रान्तिको तयारीसँग जोडेर अगाडि बढाउन सकेन भने देश, दलाल नोकरशाही पूँजीपति र सीमान्तकृत सामन्तहरुको संयुक्त वर्गीय गठबन्धनको चंगुलमा झन्–झन् फँस्दै जानेछ । अतः सर्वहारावर्गको राजनैतिक प्रतिनिधिका हैसियतले आज पार्टीका अगाडि देशलाई दलाल पूँजीपति, नोकरशाही र सीमान्तकृत सामन्तहरुको हातबाट खोस्न सडक, सदन र सरकारका सम्भव सबै मोर्चाबाट संघर्ष गर्दै अगाडि बढ्ने नीति लिनुको विकल्प छैन । बस्तुतः संविधान–सभाबाट संविधान घोषणा भएपछि आज देशले नाकाबन्दी लगायतका जे जस्ता चुनौतीहरुको सामना गर्नु परिरहेको छ त्यसका पछाडि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली जस्ता पुँजीवादी जनवादी क्रान्तिका आधारभूत विषयहरुमा नेपाली जनताले हासिल गरेका ऐतिहासिक विजयका परिणाम हुन् । यतिबेला नयाँ संविधानमा संस्थागत भएका क्रान्तिका उपलब्धीहरु निस्तेज पार्न देशी र विदेशी प्रतिक्रियावादीहरु नीकै ठूलो षड्यन्त्र र कशरतमा लागेका छन् भने ती उपलब्धीहरुको रक्षा गर्दै थप उपलब्धी हासिल गर्न सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरु लागि परेका छन् । यो नै आजको नेपाली समाजको वर्ग–संघर्षको राजनैतिक केन्द्रविन्दु हो । देशको समग्र वर्गीय र राजनैतिक शक्ति सन्तुलनको यो विशिष्ट अवस्थालाई गम्भीरतापूर्वक ध्यान नदिइ क्रान्तिका पूरानै नारा दोहो¥याउनुले मात्र वा क्रान्ति पूर्ण भएको आत्मरती दुवैबाट यथार्थको बस्तुवादी प्रतिबिम्विन असम्भव छ ।
उपरोक्त विश्लेषणका आधारमा नै हाम्रो पार्टीले क्रान्तिको अबको रणनीति समाजवादी क्रान्ति हुने निष्कर्ष निकालेको छ । समाजवादी क्रान्तिको रणनीति अन्तर्गत नै सामन्तवादका अवशेषहरुको अन्त गर्ने तथा राष्ट्रिय स्वाधिनता हासिल गरी पुँजीवादी जनवादी क्रान्तिलाई पूर्णता दिँदै उत्पादक शक्तिको विकासद्वारा समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशा निश्चित गरेको छ ।
त्यस अनुसार समाजवादी क्रान्तिको राणनीति हासिल गर्न जनवादी क्रान्तिलाई पूर्णता दिँदै स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकासद्वारा समाजवादी क्रान्तिको आधार तयार पार्ने मूल कार्यनीति लिनु आवश्यक छ । यो मूल कार्यनीतिका निमित्त सडक, सदन र सकारका सबै सम्भव मोर्चाहरुबाट पहल लिने ठोस नीति, योजना र कार्यक्रम बनाई क्रान्तिकारी स्पीरिटका साथ कार्यान्वयनमा जानु आवश्यक छ ।
सही विचार, रणनीति, कार्यनीति, ठोस योजना र कार्यक्रम आफैं कार्यान्वयन हुँदैनन् । त्यसका निमित्त नयाँ ढंगको क्रान्तिकारी पार्टी एक अनिवार्य शर्त हो । आज हाम्रा अगाडिको मुख्य चुनौती सही विचार, रणनीति र कार्यनीति निर्धारणको होइन, बरु त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने क्रान्तिकारी पार्टी निर्माणको हो । अब हाम्रो ध्यान त्यसमा नै केन्द्रीत हुन विशेष रुपले आवश्यक छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: