काठमाडौं । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिषेकप्रताप शाहले भारतिय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसंग भेटवार्ता गरेका छन् ।
मधेसी मोर्चामा आवद्ध शाहले शुक्रबार दिल्लीस्थित भारतिय विदेश मन्त्रालयमा भेट वार्ता गरेका हुन् । भेटमा विदेशमन्त्री स्वराजले नेपालको तराई क्षेत्रमा भइरहेको आन्दोलन राजनिति समस्या भएको भन्दै यसको समाधान पनि राजनितिक तरिकाले छिटो भन्दा छिटो हल गर्नु नै नेपालको हितमा हुने बताएकी छन् ।
सभासद शाहकाअनुसार संविधान जारी भएपछि नेपालमा उत्पन्न भएको समस्याप्रती भारत चिन्तित भएको र यसको समाधानका लागी भारतले पनि सकरात्मक भुमिका खेल्ने उनले बताएकी थिईन ।
गृहमन्त्री राजनाथ सिंहले पनि मधेसमा भइरहेको आन्दोलन मात्र नभई समग्र दक्षिण एसियाको नै सुरक्षामा चिन्ता थपिएको भन्दै भारत यसप्रति गम्भिर भएको बताए ।भेटमा उपमहासचिव शाहले मधेसको समस्या समाधान गर्न प्रमुख पार्टीका नेताहरु जिम्मेवार नभएको भन्दै यसले गतिरोध झन् बढेको बताएका थिए ।
उनले मधेषको आन्दोलनलाई प्रमुख पार्टीका नेताहरुले नाकावन्दी र भारतसंग जोडेर विषयान्तर गर्न खोजेको पनि भेटमा जानकारी गराएका थिए ।
भेटमा भाजपाका वरिष्ट नेता तथा उत्तराखण्डका पुर्व मुख्यमन्त्री भगतसिंह कोस्यारी र लोकसभाका सदस्य तथा उत्तरप्रदेशका पुर्व मुख्यमन्त्री जगअम्विका पाल पनि सहभागी थिए । दुवै जना पुर्व मुख्यमन्त्रीद्धय पाल र कोस्यारी दुवै भारतले पठाउने डेलिगेसनमा नेपाल आउदै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: