वैद्यले नमानेपछि एमाअाेवादीसँग नहुने भयो एकता, अन्य नेताद्वारा विद्रोहको तयारी
मंसिर १९ गते, २०७२ शनिवार 5th December, 2015 Sat०९:२०:०२ मा प्रकाशित
काठमाडौं । एकिकृत नेकपा माओवादीसँग एकताका लागी पटकपटक छलफल गरेको वैद्य नेतृत्वको नेकपा–माओवादीको संस्थागत एकिकरण अब करिबकरिब नहुने पक्का भएको छ ।
अध्यक्ष वैद्यले मुलभूतरुपमा दूई प्रश्नहरु उठाउँदै एकिकृत नेकपा माओवादीले त्यसलाई नस्विकारेसम्म एकता हुन नसक्ने अडान आफ्ना नेताहरुसँग राखेपछि एकतामा अड्चन आएको हो । विना शर्त एकताको कुरा गरिरहेका आफ्ना अन्य नेताहरुलाई वैद्य भर्खरै सम्पन्न केन्द्रिय समितिको बैठकमा अहिले जारी भएको संविधान प्रतिगामी र जनघाति संविधान भन्नुपर्ने र जनवादी क्रान्ति अझै पुरा नभएकोले जनवादी क्रान्तिको कार्यदिशा अगाल्नुपर्ने शर्तमा मात्रै पार्टी एकता गर्न सकिने बताएका थिए ।
महासचिव राम बहादुर थापा लगायतका अधिकांश नेताले सिदान्तका नाममा अब्यबारिक निर्णय नगर्न सुझाएपनि बैद्यले नमानेको एक केन्द्रिय सदस्इले बताए । वैद्य सिदान्तका नाममा एक्लै हिड्न थालेपछि अहिले एकताका पक्षधर बाँकी नेताले साझा धारणा बनाएर वैद्यलाई एकताका लागी दवाव दिईरहेका छन् ।
तर वैद्य बरु एउटा अध्ययन मण्डली चलाएर बस्ने तर एमाओवादीसँग एकता नगर्ने पक्षमा पुगेको स्रोत बताउँछ ।
केही समय अघि परि थापासँग एकिकरण गरेका वैद्यलाई थापाले समेत एकता नगर्नका लागी दवाव दिईरहेका छन् भने एकताका पक्षधरहरु थापा जस्ता जनयुद्ध विरोधीसँग एकता गरेकोमा असन्तुष्ट छन् ।
यता एकिकृत नेकपा माओवादी आफैले बनाएको संविधानलाई जानघाति भन्न तयार छैन भने जनवादी क्रान्ति कि समाजवादी क्रान्ति भन्नेमा समेत सहमत हुने सम्भावना छैन ।
वैद्यको यहि अवस्थालाई मध्यनजर गर्दै जारी केन्द्रिय समितिको बैठकमा एमाओवादीका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’ले एकता तत्कालै सम्भव नरहेको र कार्यगत एकतामा जोड दिएका छन् ।
वैद्य नेतृत्वको माओवादीका अधिकांश नेता तथा तलका कार्यकर्ता भने तत्काल एमाओवादीसँग एकता गर्ने पक्षमा छन् । एकतामा वैद्य अप्ठ्यारो भएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा समेत बाँकी केन्द्रिय सदस्यहरु छुट्टाछुट्टै छलफलमा जुटेको माओवादीका एक नेताले बताए । तर केन्द्रिय समितिमा अत्याधिक बहुमत एकताको पक्षमा छ । उनीहरु सकेसम्म वैद्य सहितको एकता गराउने पक्षमा छन् भने अन्तमा केही नलागे सबैले विद्रोह गर्ने या बहुमतका आधारमा वैद्यबाहेकको एकता घोषणा गर्ने भन्ने बारेमा निष्कर्षमा पुगिसकेका छैनन् ।
प्रचण्डको दस्तावेजमा यस्तो छ एकताबारे–पार्टी एकता र संयुक्त मोर्चा बारे:
विराटनगर सम्मेलनले विभिन्न धारामा विभक्त माओवादी समूहहरुलाई एकताबद्ध गर्न प्राथमिकताका साथ पहल गर्ने तथा क्रमशः देशका सम्पूर्ण सच्चा कम्युनिष्टहरुको बलियो केन्द्र निर्माणमा अघि बढ्ने निर्देशन गरेको थियो । यस बीचमा ५ माओवादी समूहहरुका बीचमा औपचारिक रुपले कार्यगत एकता गर्दै पार्टी एकताका निम्ति अलग–अलग समूहहरुसँग सैद्धान्तिक राजनैतिक छलफल पनि हुँदै आएका छन् । तर, त्यो प्रक्रिया आजसम्म पार्टी एकताकै तहसम्म विकसित भने हुन सकेको छैन ।
पार्टी एकताका निमित्त विचारधारात्मक एवम् राजनैतिक कार्यदिशामा आधारभूत रुपले एकरुपता आवश्यक हुन्छ । राजनैतिक कार्यदिशा, रणनीति र कार्यनीतिका आधारभूत एकरुपता, कायम नगरी पार्टी एकता गर्दा त्यसले पार्टीमा झन् ठूलो जटीलता ल्याउन सक्ने खतरा पनि हुन्छ । अतः पार्टी एकताका निमित्त न्यूनतम रुपमा माक्र्सवाद–लेनिनवाद–माओवाद, जनवादी क्रान्ति र समाजवादी क्रान्तिको सम्बन्ध र आजको यथार्थको रणनीति, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त, सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिका, संविधान–सभाबाट जारी गरिएको संविधानको महत्व तथा यसको उपलब्धी र कमजोरी बारेको बुझाई आदि जस्ता विषयहरुको बुझाईमा एकरुपता कायम गरी एकता र माओवादी आन्दोलनको पुनर्गठनमा विशेष जोड दिन आवश्यक छ । आज देशको राजनैतिक परिस्थितिको संवेदनशीलता माथि ध्यान दिई राष्ट्रिय स्वाधिनता र वर्ग–संघर्षको हीतलाई केन्द्र बिन्दुमा राखि कार्यनीतिसँग सम्बन्धित कतिपय विषयमा अन्तरपार्टी छलफलद्वारा समाधान गर्ने शर्तमा समेत माओवादीहरुका बीचमा यथाशिघ्र पार्टी एकता कायम गर्न जोड लगाउनु पर्दछ ।
पार्टी एकता सम्बन्धी उपरोक्त नीतिको साथै आज सामन्तवादका अवशेषका विरुद्ध तथा राष्ट्रिय स्वाधिनताका पक्षधर एवम् उत्पादन वृद्धि गर्ने शक्तिहरुसँग यथासम्भव व्यापक संयुक्त मोर्चा कायम गरी देशको समग्र नेतृत्व हासिल गर्न पनि पार्टीले त्यत्तिकै जोड दिनु आवश्यक छ । यस सन्दर्भमा घोषित संविधान अनुसार संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी प्रतिनिधित्वसहित समाजवाद उन्मुख राज्य जस्ता विषयलाई कार्यान्वयन गर्न यी विषयमा सहमत शक्तिहरुसँग व्यापक कर्यागत गरी तदारुकताका साथ अगाडि बढ्न पनि हाम्रो पार्टीले नै विशेष पहल लिन आवश्यक छ ।
पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको यो प्रक्रियालाई आगामी स्थानीय, प्रादेशिक एवम् संघीय निर्वाचनसम्म सुदृढ गर्दै देशमा बलियो कम्युनिष्ट केन्द्र एवम् देशभक्त, जनवादी एवम् वामपन्थी शक्तिहरुको बलियो मोर्चा निर्माण गरी देशको नेतृत्व लिन दृढतापूर्वक अगाडि बढ्नु पर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: