Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

ज्योति थापा मगरलाई चर्चाको शिखरमा पुर्‍याउने १२ चर्चित काण्डहरू

\"hqdefault\"काठमाडौं । ज्योति थापा मगर पछिल्लो समय विभिन्न घटनाहरुबाट चर्चामा छिन् । उनी जहाँ जहाँ पुग्छिन् केही न केही तहल्का हुने गरेको छ । तिनै तहल्काबाट उनी आज चचार्को शिखरमा छिन् । प्रस्तुत छ उनको १२ वटा चर्चित काण्डहरु ।     १. मेरो स्तनको मूल्य कति हो ? सुरुवातमा नेपाल टेलिभिजनमा प्रसारण हुने टि–टाइम शीर्षकको कार्यक्रमलाई दिएको अन्तर्वार्ता प्रतिबन्धित भएपछि ज्योतिको कन्ट्रोभर्सी यात्रा प्रारम्भ भएको हो । उक्त अन्तर्वार्ता हुनुभन्दा केही अघि मात्र ‘पिरतीमा दम छ’ शीर्षकको उनको गीतको प्रोमो नेपाल टेलिभिजनमा बज्न थालेको थियो । तीजको पूर्वसन्ध्यामा उनले उक्त अन्तर्वार्ता दिएकी थिइन् । गुन्यूचोली घलेक र पटुकीमा सजिएर रेकर्डेड अन्तर्वार्ता दिएकी ज्योतिले पछि एउटा समाचारमार्फत थाहा पाइन् उक्त अन्तर्वार्ता सेन्सरमा पर्‍यो भन्ने कुरा । चोली लगाए पनि क्लिभेज प्रस्ट देखिएकाले राष्ट्रिय च्यानलले उक्त अन्तर्वार्ता प्रसारण नगर्ने निर्णय लिएको थियो ।   \"hqdefault कन्ट्रोभर्सी नम्बर–२ स्तन सम्हाल्न नसक्दा हिमालय टेलिभिजनमा प्रसारण हुने जोगिन्दर पानवालाको अन्तर्वार्तामा पनि उही कुरा दोहोरियो । जोगिन्दर बोले प्रणामजी शीर्षकको उक्त कार्यक्रममा ज्योतिको स्तन आधा देखिएको भनेर कार्यक्रम प्रसारणमा प्रतिबन्ध लगाइयो । ‘ज्योतिले स्तन सम्हाल्न नसक्दा’ शीर्षकमा हिमालय टिभीले पनि अन्तर्वार्ता प्रसारण रोकेको भन्दै अनलाइनहरूमा थुप्रै समाचार आए । नेपाल टेलिभिजनको कार्यक्रम प्रतिबन्धमा परेको हल्ला चलेकै भरमा हिमालय टेलिभिजनको उक्त कार्यक्रम सिकार भएको ज्योतिको भनाइ छ । माउन्टेन टेलिभिजनले पनि उनको अन्तर्वार्ता प्रसारणमा रोक लगाएको समाचार आएका थिए ।   \"hqdefault\" कन्ट्रोभर्सी नम्बर–३पिरतीमा दम छ ज्योतिले गाएका हिट नम्बरमध्ये एक हो— पिरतीमा दम छ । यो गीतको म्युजिक भिडियोमा ज्योतिले सेन्सेसनल दृश्यका साथमा उत्तेजक प्रस्तुति दिएकी छिन् । युट्युबमा यो भिडियोलाई १० लाख पटक हेरिएको छ । सानो चोली र छोटो स्कर्टमा नाचेकी ज्योतिले टङ किस दिएको दृश्य पृष्ठभूमिमा देखिन्छ ।   \"jyoti-magar-semi-nude-hot-photos-15\" कन्ट्रोभर्सी नम्बर–४ डेनमार्कको कन्सर्ट वास्तवमा डेनमार्कको कन्सर्टले रिभोलुसन ल्याएको थियो । उक्त कन्सर्टलगत्तै ज्योति सामाजिक सञ्जाल र अनलाइन न्युज पोर्टलमा भाइरल बनेकी थिइन् । आधा स्तन देखिने गरी आफूलाई प्रस्तुत गरेकी ज्योतिले उक्त कन्सर्टमा अपिलिङ प्रिजेन्टेसन दिएकी थिइन् । उनको सेक्सी पर्फमेन्सले सबैतिरको वातावरण एकाएक गर्मायो । उक्त कार्यक्रमको फुटेज मात्र युट्युबमा ३ लाख पटक हेरिएको छ । युट्युबमा असित प्रधान नामका एक दर्शकले हलिउडलाई टक्कर दिने नेपाली पर्फमर भनेर ज्योतिको प्रशंसा गरेका छन् । उनी स्टेजमा चढ्नेबित्तिकै आफूलाई इन्टरटेनरका रूपमा प्रस्तुत गर्छिन् । रमाइला गीत गाउँदै नाची छोटा र छरिता पहिरन नै सजिला हुन्छन्, अप्ठ्यारा पहिरन लगाएर नाच्न सम्भव नहुने उनको तर्क छ । अन्य गायिकाले जस्तो डिजाइनर ड्रेस लगाएर नाच्न सक्दिनँ, त्यो ड्ेरस लगाएपछि हाइहिल लगाउनुपर्‍यो, फ्ल्याट चप्पल लगाउन मिल्दैन, नाच्दै गाउन मलाई फ्ल्याट चप्पल चाहिन्छ, ज्योति भन्छिन्– ‘लाइट, म्युजिक, साउन्ड, दर्शक र सांस्कृतिक वातावरणले ममा एक प्रकारको तरंग सिर्जना गर्छ, स्टेजमा चढेपछि त झन् आफूलाई नै बिर्सिएर दर्शकलाई मनोरञ्जन गराउन उद्यत् हुन्छु ।’ \"Sexy-nepali-model\" कन्ट्रोभर्सी नम्बर–५ जापानको कन्सर्ट ज्योतिको भनाइलाई आधार मान्ने हो भने जापानको कार्यक्रम अत्यधिक सफल भएको थियो, तर समाचारहरूमा भने उनको प्रस्तुति अति उत्तेजक हुँदै गएको टिप्पणी आइरहेका थिए । एकातर्फको थाई मज्जाले देखिने लेहेंगा–चोलीमा उनले जापानको कन्सर्टमा सहभागिता जनाएकी थिइन् । उक्त सांस्कृतिक कार्यक्रममा एक युवाले ज्योतिको स्तन समाउन खोजेको जस्तो तस्बिर भाइरल भएको थियो । ‘म अघि सरेर गीत गाइरहेका बेला नजिक आउन खोज्ने एक युवाको हात अगाडि आएकै बेला क्यामेराले क्लिक गरेछ,’ ज्योति भन्छिन्– ‘खासमा ती युवाले स्तन समाउन खोजेका होइनन्, तस्बिरमा चाहिँ त्यस्तो देखियो ।’ एक व्यक्तिले ज्योतिको जापानको प्रस्तुति लोकदोहोरी क्षेत्रलाई गतिलो झापड भएको भनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा रहेका व्यक्तिहरूले ज्योतिलाई लक्षित गर्दै कारवाहीका निम्ती विभिन्न स्टाटस लेखे । तर प्रतिष्ठानको सदस्यता नै नलिएकी ज्योतिले त्यस्ता कुरामा कानमा तेल हालिदिइन् ।     कन्ट्रोभर्सी नम्बर–६ दुबईको कन्सर्ट दुबईको कार्यक्रम प्रारम्भ हुनुभन्दा केही अघि नै हाउसफुल भैसकेको थियो । दर्शक धेरै तर हल सानो भएकाले उक्त कार्यक्रममा सबै दर्शकले सहभागिता जनाउन सकेनन् । उक्त कन्सर्टका क्रममा दर्शकले ज्योतिलाई हेर्न कुर्सी भाँचेको समाचारहरू आए । ज्योतिको गरमागरम प्रस्तुति हेर्न पुगेका युवाहरू हलको पछिल्लो भागमा उभिएर उनको कामुक हाउभाउसहितको गायनमा रमाइरहेका थिए । ‘एकातर्फ सानो हलमा धेरै मान्छे अर्कातर्फ स्टेज पनि होचो भएकाले पछाडि बस्नेहरूले राम्रोसँग हेर्न पाउनुभएनछ,’ ज्योति भन्छिन्– ‘त्यही क्रममा दर्शकहरू कुर्सीमा चढ्न थाले, अनि कुर्सी भाँचिए, लगातार कुर्सी भाँचिएपछि हल म्यानेजरले कुर्सीमा नचढ्न आग्रह गर्दा पनि चढ्ने क्रम नरोकिए विवाद बढेछ ।’ ज्योतिको जोसिलो प्रस्तुति नै युवाहरू आवेशमा आउने र कुर्सी भाँचिने कारण मानियो । \"Jyoti   कन्ट्रोभर्सी नम्बर–७ धनगढीमा ब्याड एक्सपिरियन्स ज्योतिले प्रस्तुति दिने भनेपछि युवाहरू जोस्सिनु त स्वभाविक हो, तर धनगढी महोत्सवमा भने केही फरक दृश्य देखियो । उनले स्टेजमा प्रस्तुति दिने क्रममा केही युवा ठेलमठेल गर्दै अगाडि आए, अगाडि महिला र वृद्धहरू बसेका थिए । कन्डम फुलाएर आएका ती युवाहरू एकदमै जोस्सिएका थिए । ३०–४० हजार दर्शक भएको महोत्सवको वातावरणलाई नै बिथोल्ने गरी उनीहरू आक्रामक देखिए । ज्योतिलाई एकाएक आयोजकले स्टेज छोड्न दबाब दिए । त्यसपछि स्टेज सम्हाल्न गायक पशुपति शर्मा आए । एकाएक बन्द गर भन्ने आवाजहरू आए, त्यसपछि फेरि ड्डपछि आउने भन्दै उनी बिदा भइन् । ‘धनगढीको उक्त कन्सर्ट मेरा निम्ति ब्याड एक्सपिरियन्स थियो,’ उनले भनिन्– ‘केही दर्शक रमाइरहेकै बेला केही दर्शक आवश्यकभन्दा बढी आवेशमा आउँदा अरू गीत गाउन पाइनँ ।’ त्यसो त धनगढीजस्तै बर्दियामा भएको कार्यक्रममा ज्योतिको प्रस्तुति हुने भनेपछि आयोजकले सुरक्षाकर्मी नै थप्नुपरेको थियो । गीत गाउँदा–गाउँदै स्टेजबाट झरेर दर्शक नजिक पुग्दा आवेशमा आएका दर्शकहरू उनलाई छुन अघि बढे । त्यही क्रममा प्रहरीले लाठी चार्ज गर्नुपर्‍यो जसमा एक जनाको टाउको नै फुट्यो ।कन्ट्रोभर्सी नम्बर–८ ढाडे बिरालो सबैभन्दा चर्चित कन्ट्रोभर्सी डाढे बिरालो सार्वजनिक भएपछि सिर्जना भएको थियो, जसमा उनको रातो कट्टु प्रस्ट देखिएको र स्तन देखाउने हिसाबले आफूलाई प्रस्तुत गरेको आरोप लाग्यो । गीतको शब्द अश्लील भए पनि ज्योतिको अभिनय अझ अश्लील र कामुक भएको भनियो । त्यसैले उक्त गीतमाथि नै प्रतिबन्ध लगाउने अभियान चल्यो । यद्यपि ढाडे बिरालो युट्युबमार्फत चर्चित भैसकेको थियो । ‘गीत लेख्ने, गाउने, भिडियो बनाउने मध्येलाई केही भनेनन्, सबै मतिरै खनिए,’ ज्योतिले भनिन्– ‘त्यतिले मात्र नभएर हँुदै नभएका स्क्यान्डल सिर्जना गरेर मलाई बदनाम गर्न खोजियो ।’ \"1379728_473987116034473_1636721583_n\" कन्ट्रोभर्सी नम्बर–९ सामाजिक सञ्जालमा अश्लीलता ज्योति मगरका सेक्सी लुक्स सामाजिक सञ्जालमा निरन्तर पोस्ट भैरहेका हुन्छन् । उनको व्यक्तिगत फेसबुक एकाउन्टबाहेक अर्को फ्यान पेज पनि छ, जसमा ८५ हजार दर्शकले लाइक गरेका छन् । ज्योति आफैं पनि आफ्ना हट एन्ड सिजलिङ तस्बिर फेसबुकमा पोस्ट गर्छिन् । उनका विभिन्न कार्यक्रमका तस्बिर पनि त्यहाँ ट्याग हुन्छन् । ती कामोत्तेजक तस्बिरले भ्युअर्सहरूमा उत्तेजना नै सिर्जना गर्छन् । त्यसमा आउने अधिकांश कमेन्ट पनि अश्लील हुन्छन् । त्यहाँ प्राप्त प्रतिक्रियाप्रति ज्योतिको खासै चासो देखिँदैन ।   कन्ट्रोभर्सी नम्बर–१० बालाजु अफवाह ‘रातो साडी रातै छ कलर, एक रात सुत्न १ हजार डलर’ शीर्षकको तीज गीत छायांकन गर्ने क्रममा पार्टी प्यालेसमा मेकअप गरेर तयार भएकी ज्योतिलाई स्थानीय महिलाहरूले कुटेको समाचार एकाएक भाइरल भयो । जबकि उनी त्यो दिनभर कोटेश्वरमा थिइन् । अहिले तपाईंलाई कस्तो छ, नराम्रो घटना भएछ है भनेर लगातार फोन आएपछि उनले छक्क पर्दै के भएको छ र रु भन्दै गइन् । केही क्षणमै वास्तविकता अगाडि आइहाल्यो । ‘म त छक्कै परें, अघिल्लो दिनको बेलुकासम्म पनि बालाजुको बाइसधारामै मेरो तीज गीतको भिडियो छायांकन हुने सल्लाह थियो, अन्तिम अवस्थामा प्राविधिक कुरा नमिलेर छायांकन स्थगित भएको थियो,’ ज्योति भन्छिन्– ‘मलाई बदनाम गर्ने उद्देश्यले नजिकका मानिसले नै हल्ला फैलाएका रहेछन् । \"singer कन्ट्रोभर्सी नम्बर–११ धमलाको हमला तीजकै समयमा हिमालय टेलिभिजनबाट प्रसारण हुने धमलाको हमला कार्यक्रममा ऋषि धमलाले गरेका उत्तेजक प्रश्नको सटीक र बेवाक उत्तर दिएर उनी थप चर्चामा आइन् । उक्त कार्यक्रममा ज्योतिलाई धमलाले बिकिनीमा देख्न चाहेको भन्ने जिज्ञासामा आफ्नो फिगर बिकिनीका लागि फिट नभएको बताइन् । डल्ली र मोटी छु, त्यसैले पनि बिकिनीमा देखिन चाहन्न, उनले भनेकी छिन् । छोटा पहिरन लगाउँदा केटाहरूलाई गाह्रो हुँदैन भन्ने प्रश्नमा केटाहरूलाई चाहिँ होइन, बरु बूढाहरूलाई गाह्रो हुन सक्ने ज्योतिको जवाफ थियो । धमलाले तपार्इं भर्जिन हो रु भनेर सोधेपछि ज्योतिले उल्टै प्रतिप्रश्न गरिन्, के तपाईंचाहिँ भर्जिन हो रु त्यसपछि प्रश्नकर्ता धमला आफैं अक्क न बक्क भए । ज्योति मगरले धेरै नै देखाई भन्नेहरूलाई के भन्नुहुन्छ रु भन्ने प्रश्नमा कि त ज्योति मगरलाई हेर्दै नहेर्नु हेरेर आनन्द लिएपछि किन गाली गर्नु रु –उनको उत्तर थियो । धमलाको हमला भनिए पनि ज्योति मगर उल्टै धमलामाथि नै हमला गर्ने शैलीमा प्रस्तुत भएपछि यो कार्यक्रमले निकै चर्चा पाएको थियो । \"Jyoti-Magar-2\" कन्ट्रोभर्सी नम्बर–१२ अनलाइन खबरको फोटोसुट ज्योति मगरले हट फोटोसेसन गर्ने क्रममा अनलाइन खबर डटकमका लागि खिचाएको तस्बिरले उत्तिकै चर्चा पायो । शरीर झुकाएर उनले आफ्ना उन्नत स्तन देखाएकी थिइन् । कालो सर्ट, कालै हाफपाइन्ट लगाएर विभिन्न पोजमा खिचिएको उक्त फोटोसुटमा स्तनलाई नै फोकस गरिएको छ । श्रीधर पौडेलले खिचेका ती तस्बिर सार्वजनिक हुनेबित्तिकै एकाएक भाइरल बन्न पुगे । यसैगरी गत असारमा धान रोपाइँको उनको फोटोसेसन पनि वक्ष प्रदर्शनकै कारण चर्चामा आयो । साभार : साप्ताहिक
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies