Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

अख्तियारलाई प्रश्न : यी ठूला भ्रष्टाचारीलाई कारवाही हुन्छ कि हुँदैन ?

\"akhtiyar\" काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेला बेलामा भ्रष्टचारीहरुलाई रंगेहात पक्राउ गरेको भन्दै निकै चर्चामा आउने गरेको छ । पछिल्लो समय भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न भएको भन्दै धेरै जनालाई अख्तियारले कारबाहीको डण्डा पनि चलाएको छ । भ्रष्टाचारीलाई धमाधम कारबाही गर्न थालेको भन्दै अख्तियारले आम नागरिकबाट प्रशंसा पनि बटुलेको छ ।   तर अख्तियारले जति पनि कारबाही गरेको छ, ती सबै साना भ्रष्टाचारीलाई मात्रै गरेको भन्दै आलोचना पनि उत्तिकै हुने गरेको छ । अख्तियारले ठूला माछा छाडेर सानो माछा समातेको भन्दै निकै आलोचना हुँदा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले क्रमशः ठूला माछा पनि नफुत्किने बताउँदै आएका थिए ।   यसअघि तत्कालिन सञ्चारमन्त्री जेपी गुप्तालाई मन्त्री बहाल भएकै बेलामा कारबाही भएको थियो । कारबाहीस्वरुप उनले सजायँ भुक्तान पनि गरिसकेका छन् । त्यसबाहेक अख्तियारले ठूला भ्रष्टचारीहरुलाई कारबाही गरेको छैन ।   अख्तियार प्रमुख लोकमानसिंक कार्की शाही कालका भ्रष्ट ब्यक्ति भन्दै निकै आलोचनाहरु भए । अख्तियार प्रमुखमा नियुक्त भएदेखि नै उनको आलोचनाहरु भए । तर उनलाई कसैले हटाउन सकेन । उनी लामो समयसम्म पनि टिकिरहे ।   कार्कीकै नियतमा खोट कार्कीकै कार्यकालमा ठूला ठूला भ्रष्टाचारका घटनामा संलग्न भएका ब्यक्तिहरुलाई कारबाही नभएपछि उनकै नियतमा खोट रहेको भन्दै विभिन्न समयमा आलोचनाहरु हुने गरेका छन् ।   उनकै कार्यकालका भ्रष्टाचारजन्य थुप्रै घटनाहरु खुलासा भए । नेपाल पर्यटन बोर्डदेखि भूकम्पपीडितहरुका नाममा आएको त्रिपालमा समेत भ्रष्टाचार भएका प्रमाण भेटिए । तर ती सबै भ्रष्टाचारीहरुलाई कारबाही नगरिएकोमा भने अख्तियार प्रमुख कार्कीकै नियतमा खोट रहेको आशंका गरिएको छ ।   भ्रष्टाचारको चंगुलमा रुमलिएको नेपाल पर्यटन बोर्डका प्रमुखहरुलाई कारबाही गर्ने भनिए पनि कारबाही हुन सकेन । अख्तियारले नै नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठदेखि कायममुकायम कार्यकारी प्रमुख सुभाष निरौलासम्मले अकुत भ्रष्टाचार गरेको ठहर गरियो । तर करोडौं रकम हिनामिना गर्ने उनीहरुमाथि कारबाहीको डण्डाले छोएन ।   अखिल नेपाल फुटवल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले पदीय दुरुपयोग गर्दै लाखौं भ्रष्टाचार गरेको ठहर गर्दै विश्व फुटवलको नियमनकारी निकाय फिफाले १० वर्ष प्रतिबन्ध र २१लाख जरिमानाको फैसला गर्यो ।   फिफाले कारबाही गर्नुअघि संसदको सार्वजनिक लेखा समितिले गणेश थापाले ५८ करोड रूपैयाँ भ्रष्ट्राचार गरेको ठहर गर्दै कारवाही गर्न निर्देशनसमेत दिएको थियो ।   फिफाबाटै कारबाहीमा परेका र लेखा समितिले कारबाही गर्न सिफारिस गरेका थापार्ला पुरस्कार स्वरुप तत्कालिन संविधानसभाको सदस्य बनाइयो । हाल उनी संसद सदस्य छन् ।   वैशाखमा विनाशकारी महाभूकम्प गएर पीडित बनेकाहरुलाई खरिद गरी ल्याइएको त्रिपालमा समेत ठूलो भ्रष्टाचार भयो । भूकम्पका बेला त्रिपाल खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै सहरी विकास मन्त्रालयका दुई उपसचिव होमनाथ भट्टराई र रामकृष्ण गुरागाईँ सहितका कर्मचारीहरु मुछिए ।   राज्यकोषको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गर्नेहरुमा थुप्रै मन्त्रीदेखि सांसदहरु छन् । भ्रष्टाचारका तमाम घटनाहरु छन् ।   पछिल्लो समय नेपाल आयल निमगका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भारतले नाकाबन्दी गरेको बेला चरम इन्धन संकट उत्पन्न भएको बेलामा पनि अनियमित तरिकाले ठेक्का पट्टा र इन्धन बाँडेको खुलासा भयो । खड्कालाई सरकारले नै कारबाहीको तयारी गर्दा अख्तियार प्रमुख कार्कीले उल्टै बचाउने कार्य गरेका छन् ।   संविधानमा अख्तियारले सार्वजनिक पद धारण गरेका या गरिसकेका व्यक्तिहरूमाथि पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान गरी कैफियत भेटिएमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गर्न पाउने व्यवस्था छ । तर, राज्यको लाभको पद धारण नगरेको ब्यक्तिमाथि अख्तियारले छानबिन गर्न पाउने संवैधानिक व्यवस्था नभए पनि अख्तियार प्रमुख कार्कीले ब्यक्तिगत इगोका कारण त्यस्ता ब्यक्तिहरुलाइ पनि भ्रष्टाचारको आरोप लगाउने कारबाही प्रक्रिया अघि बढाउनुले पनि उनको नियममा खोट रहेको आशंका गर्ने गरिएको छ ।   विप्लवको नजरमा कार्की नै भ्रष्टाचारी विप्लव नेतृत्वको नेकपा माओवादीले भ्रष्टाचार र कालाबजारीको विरोधमा अभियान नै चलायो । उसले अख्तियार आफै भ्रष्टाचारी भएको ठहर नै गर्यो । अख्तियार आफै भ्रष्ट भएको ठहर गर्दै अन्य ठूला भ्रष्टाचारीलाई उसले कारबाही गर्न नसक्ने घोषणा नै गरेको थियो ।   पछिल्लो समय अख्तियारले १२ जना पूर्वमन्त्री, तीन सचिवसहित २९ जना प्रभावशाली ब्यक्तिहरुमाथि राज्यकोषको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ । पूर्वमन्त्रीहरु  विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा, टेकबहादुर थापा घर्ती, कृष्णबहादुर महरामाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।   यस्तै, पूर्वमन्त्रीहरु ल्हारक्याल लामा, वंशीधर मिश्र, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, निलम केसी खडका लगायतले अख्तियारले बयानका लागि बोलाएको छ । ठूला ठूला भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई कारबाही नगरिएको भन्दै आलोचना हुने गरेको अख्तियारले त्यस्ता नामुद भ्रष्ट ब्यक्तिहरुलाई कारबाही गरेमात्रै अख्तियारले सम्मान पाउनेछ ।   खास गरी ठूला भ्रष्टाचारमा संलग्नहरुको जालो अख्तियार कर्मचारीसम्म नै हुने गरेको छ । त्यसैले त्यस्ता ठूला भ्रष्टाचारीहरुलाई अख्तियारले कारबाही गर्न चासो नदिने गरेको आशंका सवत्र छ । त्यसैले ठूलो भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियारले खुट्टा कपाउँनु हुँदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending