Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

स्पार्टकस : जसले रोमको साम्राज्य डगमगाई दिए, पढ्नुहाेस् काे हुन् स्पार्टकस

दास युग आदिम साम्यवादपछिको समाज व्यवस्थाको एउटा चरण हो । दास युगमा पनि ठूला ठूला विद्रोहहरु भएका थिए । इतिहास पढाउने शासकहरुले मात्र मालिकहरुको इतिहास पढायो । दासहरु सदा इतिहासको ओझेल पानामा कैद भएर बसे । इतिहासमा भएका महान दास विद्रोह मध्ये स्पार्टकसको नेतृत्वमा भएको दास विद्रोहलाई अमर इतिहासको रुपमा लिइन्छ ।
स्पार्टकसको संघर्षको कथा आज सम्पूर्ण मानव जातिका लागि एक उदाहरण बनेको छ ।
उनको बारेमा ऐतिहासिक तथ्यहरु निकै कम मात्रामा छन् । प्रसिद्ध अमेरिकी साहित्यकार हावर्ड फास्टले एउटा ऐतिहासिक उपन्यास लेखेका छन् । जसको शिर्षक दिइएको छ ‘आदि विद्रोही’ (The Ancient Rebel) उक्त उपन्यास विश्वभर विभिन्न भाषामा उपलब्ध छ । उनको बारेमा ऐतिहासिक विवरणहरु आउन बाँकी छ । भनिन्छ, उनी निपुण सैन्य नेता थिए । स्पार्टकसको संघर्षको कथा आज सम्पूर्ण मानव जातिका लागि एक उदाहरण बनेको छ । प्राचीन रोममा दासहरु राख्ने, किनबेच गर्ने चलन थियो । दासहरु बजार बस्तु जस्तै किनबेच हुने गथ्र्यो । यसैबीच इसापूर्व ७१ र ७३ को बीचमा रोममा दास बिद्रोह भयो । जसको नेतृत्व स्पार्टकसले गरेका थिए । आदिम साम्यवादी समाजको जग भर्खरै भत्किएर तत्कालिन समाजमा साना ठूला विद्रोहहरु हुने गर्दथे । तर दास मालिकको विरुद्ध यति ठूलो संख्यामा दासहरु संगठित भएर लडेको त्यो नै पहिलो विद्रोह थियो । \"slaves-spartacus\" युनान र स्पेनका खानीहरुमा दासहरुले पटक पटक विद्रोह गर्थे  । जसले त्यहाँका राज्यहरु नराम्रोसँग हल्लिन्थे । रोमन राज्य पूर्ण रुपमा दास व्यवस्थामा आधारित थियो । रोमन राज्यको नीति भने आक्रमणकारी थियो । वरपरका कयौं कमजोर र साना राज्यहरुमा उपनिवेश बनाउथ्यो । जसको कारण दासहरुको संख्यामा बृद्धि भइरहन्थ्यो । उपनिवेश कायम गरेका राज्यहरुबाट आएका दासहरुसहित रोमनसँग धेरै नै संख्यामा दासहरु जम्मा भए । रोम दासहरुको ठूलो मालिक भयो । एक प्रकारले ब्यापारिक केन्द्र नै बन्न पुग्यो ।  दासहरु नै रोमका उत्पादनका साधनका रुपमा रहन थाले । उत्पादनका साधनका रुपमा रहेका दासहरुले पटक पटक दास विद्रोह गरे । तर रोम साम्राज्यले दबाइ नै रह्यो । त्यही विद्रोहको सिलसिलामा ठूलो दास विद्रोह भयो, जसको नेतृत्व स्पार्टकसले गरेका थिए ।   को थिए स्पार्टकस ? \"hqdefault\"स्पार्टकसको को थिए भन्ने आधिकारिक प्रमाण नभेटिए पनि इतिहासकारहरुका अनुसार उनी खान्दानी दासकै सन्तान अथवा उनको पुर्खा नै दास थिए भनिन्छ । उनी एक थे्रसियन थिए । विकिपिडियाका अनुसार उनी त्यहाँका जनजाति थिए र उनको पत्नी पनि जनजाति थिए भनिएको छ । उनी पहिला रोमको सेनामा भर्ति भएका थिए । रोमको सेना बन्न इन्कार गरेर उनले सैन्य जीवन त्यागी दिए । त्यसपछि उनी फेरि दास नै भए ।
  सैन्य जीवन त्यागेपछि २३ वर्षका हट्टा कट्टा लक्का जवान स्पार्टकस मिश्रको खानीमा अहोरात्र काम गर्न थाले ।
सैन्य जीवन त्यागेपछि २३ वर्षका हट्टा कट्टा लक्का जवान स्पार्टकस मिश्रको खानीमा अहोरात्र काम गर्न थाले । त्यस सुनखानीमा मालिकहरु एथेन्सबाट पनि दासहरु किनेर ल्याउने गर्दथे । किनकी थे्रसका दासहरु सो कामका लागि राम्रो ठानिन्थे । काम गर्दा गर्दै उनलाई त्यहाँबाट किनेर ग्लेडिएटर बनाउन कापुआ लगियो । ग्लेडिएटर भनेको दासहरुबीच रक्ताम्य हुने गरी लडेका र आफू आफै टुक्रा टुक्रा हुने गरी लडिरहेका दासहरु मालिकहरुले रमाइलो मानी हेर्ने एउटा खेल हो । जहाँ उनीहरु टिकट किनेर उक्त खेल हेर्ने गर्दथे । स्पार्टकसलाई सो खेलका लागि प्रशिक्षण दिन थालियो । त्यही प्रशिक्षणकोबीचमै उनी आफ्ना साथीहरुसहित भागेर विसु वियस पर्वत पुगे । रोमका दास मालिकहरुकाविरुद्ध लड्न शक्ति बटुल्न थाले । दासहरुलाई संगठित गर्न थाले । दासहरुको संख्या हेर्दा हेर्दै सयौंबाट हजारौं पुग्यो । हुँदा हुँदा त्यो संख्या छोटो समयमै ९० हजार पुग्यो । खानीमा काम गर्दा गर्दा आफै फलाम जस्ता भएका दासहरु अव लड्नका लागि तयार हुन थाले । उनले घरेलु साम्रगीको कुशल प्रयोग गरेर असामान्य रणनीति बनाए । सुरु सुरुमा लुकिछिपी आक्रमण गरेपछि उनीहरु दिउँसै रोमन राज्यका किल्लाहरुमा धावा बोल्न थाले ।
   
रोमका ठूला ठूला सेनापतिहरुलाई पराजित गरी स्पार्टकस आफ्ना कैदी दासहरुलाई छुटाउँदै अघि बढिरहे । उनी लड्दा लड्दै आल्पस पहाड तर्फ लागे । बीच बाटोमा आठ वटा ठूला ठूला मुठभेडहरु भए । रोमको सैन्यदलसँग लड्दै उनी निरन्तर पहाडतर्फ बढिरहे । भयानक रक्तपात र संग्राम चल्यो । अन्ततः ४० हजार भन्दा बढि योद्धाहरुका बलिदानका बावजुद स्पार्टकस पराजित हुनुप¥यो । \"Bscap0000\" \"Tod_des_Spartacus_by_Hermann_Vogel\"दुश्मनको आक्रमणबाट खुट्टामा गहिरो चोट लागेका उनी एक हातमा ढालले आफूलाई छेक्दै अर्को हातमा तरबार नचाउँदै निरन्तर लडिरहे । लड्दा लड्दै उनले वीरगति प्राप्त गरे । उनले हारे तर जितेर हारे । उनको बलिदान हजारौं वर्षसम्म पनि मजदुर किसान श्रमजीवी, सर्वहारा वर्ग एक अर्थमा आजका दासहरुको प्रेरणाको स्रोत बनिरहे । उनी एउटा चम्किलो तारा बने । जसले आजका दासहरुका निमित्व प्रेरणाको स्रोत बनिरहेका छन् । माक्र्सले भनेका छन्– ‘स्पार्टकस प्राचीन समयको सम्पूर्ण इतिहासमा सबभन्दा प्रमुख व्यक्तित्वका रुपमा देखा परेका छन् । उच्च चरित्रका एक महान सेनापति प्राचीन जमानाका सर्वहाराका एक सच्चा प्रतिनिधि हुन् ।   आजको समय र समाजलाई हेर्दा यस्तो लाग्छ, आज दुनियाँलाई २१ औं शताब्दीको स्पार्टकस चाहिएको छ । जसले पुँजीवादी साम्राज्यवादीका सारा दृष्य अदृष्य साङ्लाहरु चुँडालेर दुनियाँलाई समानता, स्वाधिनता र वास्तविक स्वतन्त्रताको संसारमा पु¥याउन अगुवाई गरोस् । यो शताब्दीमा कोही जन्मेलान् नयाँ स्पार्टकस ? \"Spartacus_the_slaves_revolt-1o2xv02\"     सन्दर्भ स्रोतः स्पार्टकस आदी विद्रोही, हावर्ड फास्ट                इन्छुक त्रैमासिक, कृष्णदास श्रेष्ठ            विकीपिडिया डटकम र अन्य वेवसाइटहरु  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies