Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

एमालेको कार्यकर्ता भेला ‘कर्मकाण्डी’ मात्रै

\"CPN-UML-sauraha\"चितवन । नयाँ संविधानमा असन्तुष्टी राख्दै मधेसमा आन्दोलन जारी रहँदा नेकपा एमालेले चितवनमा बोलाएको विशेष कार्यकर्ता भेला ‘कर्मकाण्डी’ मात्रै भएको छ । संविधानसभाबाट नयाँ संविधान जारी, आफ्नै पार्टीको सरकार तथा नयाँ राष्ट्रपति समेत आफ्नै पार्टीबाट हात पारेको एमालेले मधेसमा चर्किएको मधेस आन्दोलनबारे समिक्षा गर्न र आफ्ना कार्यकर्ताहरुमा नयाँ उत्साह प्रदान गर्न भन्दै विशेष राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो । चितवनको सौराहामा आइतबारदेखि शुरु भएको एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेला मंगलबार सकिँदैछ । मंगलबार सकिने भेला केवल ‘छेपाराको धानी’ भएको छ । भेलामा सहभागी एमालेका तराई–मधेसका सांसदहरुले मधेसलाई हेर्ने दृष्टिकोणका बारेमा पार्टी नेताहरु स्पष्ट नभएको भन्दै आलोचना गरेका थिए । मधेस र मधेसीलाई बुझ्ने सवालमा आफ्नै पार्टीका नेताहरुमा समस्या देखिएको भन्दै ती सांसदहरुले नेताहरुलाई गुनासो गरेका थिए । राष्ट्रिय कार्यकर्ता भेला भनिए पनि एमालेले आफ्ना पार्टीका मधेसी तथा थारु नेताहरुको मधेस सम्बन्धी धारणा बुझ्न कै लागि भेला बोलाएको एक नेताले बताए । उत्साहका साथ भेलामा कार्यकर्ताहरू अाए पनि केवल कर्मकाण्डी मात्रै भएकाे एक सहभागीले बताए । भेलाले सीमांकनको नयाँ संरचना अनुसार पार्टी कमिटी गठन गर्ने भएको छ । जसअनुसार नवलपरासी जिल्लालाई टुक्र्याइएको छ । मधेस आन्दोलनकाबारेमा तीन छुट्टाछुट्टै प्रतिवेदन भेलामा पार्टी मधेस आन्दोलनका बारेमा पार्टी महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल र सचिव प्रदीप ज्ञवालीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका थिए । पार्टी महासचिव ईश्वर पोखरेलले ‘तराई मधेशका समस्या र समाधानको दृष्टिकोण’ विषयक प्रतिवेदन पेश गरेका थिए भने उप महासचिव घनश्याम भुसालले पनि भेलामा सोही शीर्षकको प्रतिवेदन पेश गरेका थिए । सचिव प्रदिप ज्ञवालीले ‘तराई मधेशमा विद्यमान समस्या’ विषयमा अर्को छुट्टै प्रतिवेदन पेश गरेका थिए । भेलामा मंगलबार ती तीन वटै प्रतिवेदनमाथि छलफल गर्न नौ वटा समूह बनाएको छ । प्रतिवेदनमाथि नौ वटा समूहले छलफल गरिरहेको एमाले जनाएको छ । तराई मधेसका २२ जिल्लाका २ सय ७० नेता तथा कार्यकर्ताहरु सहभागी कार्यकर्ता भेलामा समुहगत छलफलका लागि ९ जना टोली नेता छानिएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । नौ समूहको टोली नेता मधेसी र थारु भेलामा प्रस्तुत प्रतिवेदनहरुमाथि छलफल गर्न बनाइएको नौ टोलीका टोली नेता भने मधेसी र थारुलाई मात्र बनाइएको छ । टोली नेतामा महफुज अन्सारी, रामप्रित पासवान, शत्रुघन महतो, जयप्रकाश थारु, लामणी चौधरी, बैजनाथ चौधरी, शान्ता चौधरी र सत्यनारायण शाह रहेका छन् । भेलामा प्रदिप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव कमिटी र ढकालको संयोजकत्वमा बहस नोट कमिटी गठन गरिएको छ । भेलामा तराईका २२ जिल्लाका २७५ सांसद, जिल्ला अध्यक्ष, इन्चार्ज, अञ्चल संयोजक, इन्चार्ज, केन्द्रीय नेतालगायतको सहभागिता छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy