Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

सनसनीपूर्ण खुलासा : मानिसको रगत पिउनेहरु चिहानघाटदेखि नाइट क्लवसम्म

\"blood\"   एजेन्सी । सुन्दै अचम्म लाग्ने घटनाहरु संसारमा हुने गरेको छ । रगत पिउनु सुन्दै अनौठो र दिगमिग लाल्ने विषय हो । सामान्यतः हामीले जनावरहरुले आलो रगत पिउने गरेको सुनेका छौं । तर यो बखर भने कुनै जंगली जनावरले रगत पिउने खबर होइन । यो मान्छेले मान्छेको काँचो रगत पिउने खबर हो । तपाईलाई विश्वास नलाग्न सक्छ, तर यो सत्य हो । प्राप्त समाचार अनुसार अमेरिकामा मानिसको रगत नियमित सेवन गर्ने लत नै रहेको जनाइएको छ । मानिसहरू मान्छेकै रगत किन पिउँछन् ? यो प्रश्न निकै नै गम्भीर छ । हामी सोंच मग्न हुन्छौं यदी यसरी नै रगत पिउने लत बढ्दै गयो भने दुनियाँ के होला ? एकदिन अमेरिकाको न्यू ओरलिन्सको फ्रेन्च क्वार्टर क्षेत्रमा जोन एडगर ब्राउनिङले रक्तदानको कार्यक्रम सुरु गरेका थिए । मानिसले मानिसको रगत पिउने घटना त्यहीबाट सुरुवात भएको अनुमान गरिन्छ । ब्राउनिङको पिठ्यु अल्कोहलले सफा गरियो, त्यसपछि डिस्पोजल छुरी त्यो सफा गरेको पिठ्यूमा घुसारियो । जहाँबाट रगत निस्कन सुरु भयो, त्यसपछि एक व्यक्तिले पिउन थाले । यो घटनाको स्मरण गर्दै ब्राउनिङले भने, ‘उसले मेरो रगत थोरै पिए भने काटिएको शरीर सफा गरिदिएपछि मल्हमपट्टि गरिदिए ।’ ब्राउनिङ त्यतिबेला मात्र छक्क परे, जतिबेला रगत टेस्ट गरिसकेपछि रगतमा म्याटेलिक तत्वको मात्रा कम भएको जानकारी गराए । रगतको स्वादबाट तपाईंको खानपान, शरीरमा पानीको मात्रा र रगत समूह तय हुन्छ । वास्तवमा ब्राउनिङ लुइजियाना राज्यको विश्वविद्यालयका अनुसन्धानकर्ता हुन् । उनी न्युओरलिन्स रियल भेम्पायर समुदायमा भइरहेको अनुसन्धानसँग सम्बन्धित छन् । अमेरिकामा रहेका यी हजारौं मानिस जोसँग रगत पिउने लत बसेको छ । सुरुमा ब्राउनिङ रगत सेवनलाई एक किसिमको तान्त्रिक गतिविधि अथवा कुनै धार्मिक परम्परा ठान्थे । उनको यो भ्रम रगत सेवन गर्ने मानिस नभेटुन्जेलसम्म रहिरह्यो । जब उनी रक्तदाताका रूपमा प्रस्तुत भए, तब रगत सेवन गर्ने व्यक्तिलाई भेटेपछि यो भ्रम हट्यो । उनले भेटेका रगत पिउने व्यक्तिहरू कोही पनि अलौकिक शक्तिमा विश्वास राख्दैन थिए । रगत सेवन गर्ने व्यक्ति विचित्रकै हुँदा रहेछन् । रगत सेवन गर्ने ती व्यक्तिहरूले लामो समयसम्म रगत सेवन गर्न पाएनन् भने उनीहरूमा मसलन, थकान, टाउको दुख्ने, सहनै नसक्ने गरी पेट दुख्ने विरामी हुँदा रहेछन् । मान्छेको रगत सेवन गर्न पाए भने उनीहरू सञ्चो हुँदा रहेछन् । ब्राउनिङ भन्छन्, ‘अमेरिकामा हजारौं मानिस यस्तो गर्छन् यो केवल संयोग मात्र होइन, सनकका रूपमा पनि गर्छन् ।’ यी व्यक्तिको लक्षण र व्यवहार कुनै तिलस्मी जादूभन्दा कम रोचक छैन । रगत सेवन गर्ने जुन व्यक्ति ब्राउनिङको सम्पर्कमा आएका थिए, तिनले नाम बद्लेर रगत सेवन गरेका थिए । इतिहासमा त्यस्तो कुनै समय पनि थियो, जुनबेला मानिसको रगतलाई अचुक औषधिका रूपमा प्रयोग गरिन्थ्यो । उदाहरणका लागि १५औं शताब्दीको अन्त्यमा पोप इनोसेन्ट अष्ठमलाई युवाको रगत पिलाएर युवा अवस्थामा फर्काउने प्रयास दुईपटक गरिएको थियो । युवाजस्तो शक्ति आउँछ भनेर त्यसबेला चिकित्सकले तीन युवाको तातो रगत पिलाएर मरणासन्न पोपलाई बचाउने प्रयास गरेका थिए । पछिल्लो समय क्षारे रोगीलाई समेत मान्छेको रगत सेवन गर्न लगाइयो । फाँसी दिने ठाउँमा यस्ता रोगीहरू एकत्रित हुन थाले, ताकि उनीहरूलाई तुरुन्तै तातो रगत भेटियोस् भनेर । इडाहो स्टेट विश्वविद्यालयका समाजशास्त्री डिजे विलियम्सका अनुसार संसारका विभिन्न स्थानमा यसरी रगत सेवन गर्ने समूह बसेका छन् । यस्तै, डरहम विश्वविद्यालयका रिचर्ड सुगले हालै काप्र्स मेडिसिन अर्थात् लासबाट औषधि नामको पुस्तक लेखेका छन् । उनी मानिसको रगत पिउने मान्छेका बारेमा पनि पुस्तक लेख्दैछन् । युवा अवस्थामा मान्छेको रगत सेवन गरियो भने दीर्घायू हुन्छ भन्ने भावना १८औं र १९औं शताब्दीमा प्रचलित थियो । पछिल्लो समयमा यो प्रचलन विस्तारै हराउँदै गयो । इन्टरनेट सुरु हुनुभन्दा अगाडि रगत सेवन गर्ने समूह विभिन्न स्थानमा थिए, एकअर्कालाई चिन्दैन थिए, तर पछि सामाजिक सञ्जालले उनीहरूलाई एकीकृत गराइदिएको छ । \"Vampire-750-640\" मानिसको रगत सेवन गर्ने मानिसहरूको बानी व्यहोरा विशेष किसिमको हुन्छ । रगत पिउने पेसेवर नर्स, बार स्टाफ वा सेक्रेटरी सामान्य जागिरे जीवन बिताइरहेका पनि  हुन्छन् । ती व्यक्ति कोही चर्च जाने क्रिस्चियन हुन्छन् भने अन्य धर्म मान्नेहरू पनि हुन्छन् । यस्ता व्यक्ति धेरैपटक रगत कारोबार हुने रेडक्रसमा समेत भेटिएका छन् । मानिसको रगत सेवन गर्न बानी परेका मार्टिकस भन्छन् ‘हामी चिहान ढुकेर मात्र बस्दैनौं, नाइट क्लबमा पनि हुन्छौं ।’ त्यस्तै केही कम्पन हुन्छन्, जसका लागि रगत पिउनु मनोवैज्ञानिक आवश्यकता पर्छ । मानिसको रगत पिउने समूहलाई पनि त्यही किसिमले बुझ्ने गर्दछन् ब्राउनिङ । यस्तैमध्ये १३÷१४ वर्षका एक युवक पनि थिए, जो रगत पिउन पाएनन् भने आफूलाई कमजोर महसुस गर्दछन् । एकदिन ती युवकले आफ्नो साथीसँग झगडा ग¥यो, झगडापछि साथीलाई चोट लाग्यो, चोट लागेको ठाउँबाट रगत बग्न थाल्यो, त्यही बेला उसले थुतुनो गाडेर रगतको स्वाद लियो । त्यो रगतको स्वादले उसको प्यास तत्काललाई मेटियो, तर झन् बढी आकर्षित ग¥यो । मानिसको रगत सेवन गर्ने एक सिजेको दाबीअनुसार सात ग्लास रगत पिएपछि उनीहरूको पञ्चतन्त्रले स्वतस्फूर्तले काम गर्न सुरु गर्छ । सिजेका नजिकका मित्र किनिसिया भन्छन् ‘रगत नपिई एक साताभन्दा बढी बस्न सकिँदैन । तलतल सुरु भइहाल्छ ।’ रगत पिउनुलाई किनिसिया सामान्यजस्तो महसुस गर्छन् । उनी भन्छन्, ‘रगत पिएपछि आफूलाई सतप्रतिशत आराम महसुस गर्छु । रगत सेवनपछि दुई सातासम्म शरीर चंगाजस्तो महसुस हुन्छ ।’ यस्ता व्यक्तिहरूले विशेष किसिमको औजार साथैमा बोकेका हुन्छन् । उनीहरू त्वचा सफा गर्न एन्टिसेप्टिकको प्रयोग गर्छन् । हात वा शरीरको अन्य भागमा कसेर बाँध्ने रबर वा धागो पनि उनीसँगै हुन्छ । सियो र रगत राख्ने एउटा भाँडो पनि उनीहरूले साथैमा राखेका हुन्छन् । यति मात्र होइन, चिकित्सकीय नजरमा उनीहरू सजग हुन्छन् । एकअर्कामा संक्रमण नफैलियोस् भनेर बेलाबेलामा उनीहरू स्वास्थ्य जाँच पनि गराइरहेका हुन्छन् । कोही त्यस्ता व्यक्ति पनि भेटिएका छन्, जो अत्याधुनिक चिकित्सीय जानकारी राख्छन् । मानिसको रगत सेवन गर्ने केही व्यक्ति रगतमा औषधि या चिया मिश्रण गरेर पनि पिउँछन् । रहस्यमय त के छ भने यसरी रगत सेवन गर्ने व्यक्तिको स्वास्थ्यमा कुनै गम्भीर असर देखिएको छैन । ब्राउनिङ भन्छन्, ‘रगत सेवन गर्ने जति व्यक्ति भेटें, उनीहरूको स्वास्थ्यमा कुनै असर देखिनँ ।’ तर केही जानकारहरूका अनुसार रगत सेवन गर्ने व्यक्तिको स्वास्थ्य मानसिक रोगसँग जोडिएको हुन्छ । जे भए पनि रगत सेवन गर्ने व्यक्तिहरूको लत र यसका लक्षणको कारणबारे खोजी गर्नु अहिलेको आवश्यकता भएको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies