काठमाडौँ । राष्ट्रिय जागरण अभियान नेपालले नेपालको पारवहन अधिकारलाई कुण्ठित गरी अत्यावश्यकीय सामग्रीको सहज ओसारपसार माथि भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको जनाउँदै भारत सरकारलाई चाँडोभन्दा चाँडो नाकाबन्दी खुलाउन आग्रह गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक डा उपेन्द्र देवकोटाले भूपरिवेष्टित देशले निर्वाधरुपमा पाउनुपर्ने पारवहन अधिकार सुनिश्चित गर्न सरकारले अन्तर्राष्ट्रिय तहमा दबाब दिनुपर्ने बताए।
उनले भने आन्दोलनकारी दलका सम्भव भएका माग छलफल र प्रक्रियाबाट पूरा गर्नुपर्छ । मुलुकको आन्तरिक मामिलामा विदेशीको हस्तक्षेपकारी भूमिका निम्तिन दिन हुन्न ।
भारत सरकारको संलग्नतामा विकास भएको तराईको अशान्ति र नाकाबन्दीमा नेपाली समाजलाई विखण्डन गरी जलस्रोत, सुरक्षा, विदेश नीति र तराई नियन्त्रण गर्ने स्वार्थ लुकेको पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका देवकोटाको भनाइ थियो । विभिन्न क्षेत्रमा भएका असमान सन्धि सम्झौता समयानुसार परिमार्जन गर्नुपर्ने पनि उनले बताए ।
लामो समयदेखि जारी मधेस आन्दोलनले विद्यार्थीको पठनपाठन तथा अन्य क्षेत्रमा समेत प्रभाव परी अर्थतन्त्रमा प्रतिकूल बन्दै गएकामा अभियानले चिन्ता प्रकट गरेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: