मंसिर २४ गते, २०७२ बिहिवार 10th December, 2015 Thu१७:२४:२२ मा प्रकाशित
काठमाडौं । झण्डै हप्तादिन लामो भारत भ्रमण सकाएर नेपाल फर्केका मधेसी मोर्चाका नेताहरु हतास मनस्थितिमा रहेका छन् ।
भारत भ्रमणमा जानु अघि निकै हौसिएका मधेसी मोर्चाका नेताहरुले भारत भ्रमणमै रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग कुनै गोप्य सम्झौता भएको अनुमान लगाएका थिए । नीजि भ्रमण भन्दै भारत गएका थापाले एकाएक परराष्ट्रमन्त्री सूस्मा स्वराजसँग पटकपटक गरेको छलफलका आधारमा मधेसी मोर्चाका नेताहरुले उक्त अनुमान गरेको हुनसक्ने एक मधेसी नेताले खबरडबलीलाई बताए । तर भारत भएका सबैजसो भेटघाटमा भारतीय नेताहरुबाट मोर्चाले खाजेजस्तो न धारणा आयो न त थापासँग कुनै सम्झौता भएको नै पाए ।
बरु उल्टो भारतले अहिले केही मुद्धाहरुमा सहमति गर्न र बाँकी मुद्धाहरुलाई केही समय पर्खेर हेर्न सुजाएपछि नेताहरु हतास भएको बताईन्छ । भारतीय नेताहरुले नाकाबन्दीका कारण भारतको छवि अन्तराष्ट्रिय जगतमा बिग्रदै गएकोले अन्य बैकल्पिक आन्दोलनको विधि अपनाउन भनेको मोर्चाकै एक नेताले कार्यकर्तालाई बताउन थालेका छन् ।
सिमाकंनलाई मुख्य मुद्धा बनाएका नेताहरुलाई भारतीय नेताहरुले केही समय थाति राख्न भनेपछि उनिहरु विलखबन्दमा परेको बताइन्छ । एक मधेसी नेता भन्छन्, –‘अन्तमा भारतीय नेताहरुले पनि उनिहरुले दिएको पूर्व आश्वसन पूरा गरेनन् र मधेसी मागलाई वेवास्ता गरे ।’
ती नेताका अनुसार भारतीय नेताहरुले अन्य मुद्धाहरुमा समेत ‘बरु सहमती नगर्न तर नाका खुकुलो बनाउन’ भनेका थिए । सरकारले एकलौटी रुपमा सिमाकंन बाहेकका माग पुरा गरे आन्दोलनका कार्यक्रमहरु केही समयका लागी स्थगित गरेर जान समेत सुझाएको बुझिएको छ ।
उता आन्दोलन स्थलमा दिनानुदिन घट्दै गईरहेको कार्यकर्ताको उपस्थितिले समेत मोर्चाका नेताहरुलाई चिन्तित तुल्याएको ति नेताले बताए । भारतीय सुझाव, आन्दोलनको घट्दो सहभागीता र सिमाकंनमा पूनरावलोकन हुनै नसक्ने अवस्थाबाट नेताहरु आजित भईसकेका छन् ।
अर्कोतिर मोर्चाका नेताहरु एक्कासी दिल्ली दौडमा लागेपछि मधेस आन्दोलनका पक्षमा बोल्दै आएका बुद्धिजीविहरुसमेत अहिले बिच्किएका छन् । उनीहरुले दिल्ली दौडको समर्थन गर्ने र फेरी आन्दोलनको पक्षमा बोलिहाल्नसक्ने अवस्था समेत छैन भने आन्दोलनरत मोर्चाका कार्यकर्ता समेत नेताहरुको दिल्ली दौडप्रति टिप्पणी गर्न थालेका छन् ।
उनी भन्छन्, अहिले मोर्चाले कुनै पनि विषयमा सम्झौता नगरी सरकारले केही मागहरु सम्बोधन गर्नेतिर विषय अघि जान सक्छ । नेताहबिच मौखिक सहमति हुने र सरकारले सम्बोधन गर्ने अनि मोर्चाले केही समयका लागी आन्दोलन स्थगित हुनसक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: