Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

खुल्ने भयो सदन, नाकाबन्दी खुल्ला की नखुल्ला ?

काठमाडौँ । तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकलाई पारित गर्न सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ, प्रमुख प्रतिपक्षी र मोर्चाबीच बिहिबार भएको संयुक्त बैठकमा मोर्चाले व्यवस्थापिका–संसद्को बैठकमा विधेयक पारित गर्न सदनमा कुनै अवरोध नगर्ने जनाएको हो । लामो समयदेखि सदन अवरुद्ध हँुदा प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधनसम्बन्धी विधेयक पारित हुन सकेको छैन ।

बैठकपछि उपप्रधानमन्त्री भीमबहादुर रावलले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसम्बन्धी प्राधिकरण गठन गर्ने सन्दर्भमा अगाडि बढाइएको विधेयकलाई पारित गर्न मोर्चाका तर्फबाट कुनै अवरोध नगर्ने उहाँहरुले जानकारी गराएको र यसलाई सरकारले सकारात्मक रुपमा लिएको बताए।

रक्षामन्त्री रावलले संविधान संशोधनसम्बन्धी सदनमा दर्ता भएको प्रस्तावका सम्बन्धमा बिहिबार प्रारम्भिक छलफल भए पनि त्यसबारे मोर्चासँग शुक्रबार छलफल गरेर अगाडि बढ्ने निर्णय भएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मोर्चाले अवरुद्ध संसद् खोलेर भूकम्पसम्बन्धी विधेयकलाई पारित गर्न दिने निर्णयले सकारात्मक सन्देश गएको बताए। उनले सदनमा प्रस्तुत संविधान संशोधनसम्बन्धी विधेयकले मोर्चाका कतिपय मागलाई सम्बोधन गर्ने बताउँदै छलफलले कुरा नमिलेका विषयमा सहमति गरी अघि बढ्न सहज हुने बताए ।

“सदन त प्रतिपक्षको हो, यो बन्द हुँदा प्रतिपक्षले बोल्न पाउँदैन, त्यसैले सदन सधैँ खुला राखौँ र संशोधन विधेयकलाई छलफलमा ल्याएर अगाडि बढाऔँ, सीमाङ्कनको विषयलाई केही समय लाग्न सक्छ, नाकाबन्दी खोलेर देशलाई सहज वातावरणमा ल्याऔँ भन्ने हाम्रो प्रस्ताव रह्यो, हामीलाई विश्वास छ, सदन निरन्तर रहन्छ र क्रमशः वार्ताबाटै अहिलेको असहज परिस्थितिको चाँडै अन्त्य हुन्छ”– नेता पौडेलले भने ।

मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सदनमा प्रस्तुत भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक सहज रुपमा अगाडि बढोस् र अर्को सीमाङ्कनसम्बन्धी विधेयक एकैसाथ अगाडि बढोस् भन्ने आफूहरुको धारणा रहेको उल्लेख गरे ।

तर मोर्चाको घटक फोरमका अध्यक्ष उपेन्द्र यादवले सदनको अवरोध हटेपनि मोर्चाका अन्य सङ्घर्षका कार्यक्रम भने यथावत् रहेने बताइसकेका छन् । भारतीय पक्षले वार्ताबाट समस्याको समाधान खोज्न सुझाव दिएर पठाएपछि आन्दोलन कमजोर हुने विश्लेषण गरिएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy