काठमाडौँ । तोकिएको पोसाक नलगाउने ६६ कर्मचारी कारबाहीमा परेका छन् । सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा राष्ट्रिय सतर्कता केन्द्रले बिहिबार कार्यालय समय सकिने समयमा गरेको अनुगमनका क्रममा तोकिएको पोसाक नलगाई सिंहदरबार प्रवेश गर्ने कर्मचारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्ने कर्मचारीमा गृह मन्त्रालयका पाँच, अर्थका सात र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका छ कर्मचारी छन् । यस्तै पोसाक नलगाउने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका तीन, सहकारी तथा गरिबी निवारणका दुई र ऊर्जा मन्त्रालयका सात कर्मचारी छन् ।
केन्द्रका अनुसार सिँचाइ मन्त्रालयका दुई, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका छ, शिक्षा मन्त्रालयका १३, सूचना तथा सञ्चार प्र्रविधि मन्त्रालयका १४ र सहरी विकास मन्त्रालयका एक कर्मचारी छन् । तोकिएको पोसाक नलगाई कार्यालय आउनेमा एक सहसचिव, १० उपसचिव, १५ शाखा अधिकृत र ४० सहायकस्तरका कर्मचारी छन् ।
सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयमा सरकारी कर्मचारी हो कि बिचौलिया हो छुट्याउन नसकिएको भन्दै आपत्ति प्रकट गरेपछि केन्द्रले बिहिबारदेखि स्थलगत अनुगमन गरी पोसाक नलगाउने कर्मचारीलाई कारबाही गर्न सुरु गरेको हो । पोसाक नलगाउने कर्मचारीलाई सचेत गराउने र सम्बन्धित कार्यालय प्रमुखलाई कारबाहीका लागि सिफारिस गरिने केन्द्रका सहायक प्रवक्ता रुद्रप्रसाद पौडेलले जानकारी दिए।
सामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्माले बुधबार नै पोसाक नलगाई कार्यालय आउने कर्मचारीलाई कारबाही गरिने जानकारी दिनुभएको थियो ।
विशेष गरी सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयमा कर्मचारीले तोकिएको पोसाक नलगाई बसेका कारण बिचौलिया र कर्मचारी छुट्याउन नसकेको भन्दै गुनासो आएपछि सामान्य प्रशासन मन्त्रालयले आवश्यक कारबाही गरिदिन केन्द्रलाई आग्रह गरेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: