Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नोवल शान्ति पुरस्कार बितरण गरिँदै

\"nobel-ceremony\"काठमाडौं । विश्वको एक प्रसिद्ध र प्रतिष्ठित मानिएको नोवेल शान्ति पुरस्कार बिहीबार नर्वेको राजधानी ओश्लोमा वितरण गरिँदै छ । ओश्लोमा सो पुरस्कार वितरणका लागि विशेष समारोहको आयोजना गरिएको छ । ट्युनिसियाका चारवटा संस्थालाई सो पुरस्कार प्रदान गरिएको घोषणा यसअघि नै भइसकेको छ ।

ती संस्थाले ट्युनिसियाको सङ्क्रमणकालीन राज्य व्यस्थालाई व्यवस्थित गरी प्रजातान्त्रिक शासनका रुपमा स्थापित गर्ने कार्यमा सहयोग पु¥याएका थिए ।

उनीहरुको यो प्रयासको अनुशरण मध्यपूर्वी दुई देश सिरिया र लिबियामा पनि हुन सक्ने अपेक्षाका साथ ती संस्थालाई पुरस्कृत गरिएको बताएका थिए ।

सिरिया र लिबियामा पनि सन् २०११ मा ट्युनिसियामा जस्तै आन्दोलन सुरु भएको थियो । तर प्रजातान्त्रिक शासनको अवस्था यी दुई देशमा भने देखिँदैन ।

टुनिसियाली मानवअधिकार समूहका प्रमुख अब्देस्तर बिन मौसाले नर्वेको राजधानी ओश्लोमा भने– हतियार कहिल्यै पनि समाधान होइन र जस्तोसुकै अवस्थामा पनि वार्ताको विकल्प छैन ।

उक्त मानवअधिकारवादी समूह पनि नोवेल पुरस्कारबाट पु्रस्कृत हुने संस्थामध्येको एक हो । उनले भने– रगत या लडाकू यी कुनैपनि समाधानका साधन होइनन् ।

ओश्लोमा बिहीबार मध्यान्हमा सो पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ । नर्वेका राजा ह्यारोल्ड तथा विश्वका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितिमा सो पुरस्कार वितरण गरिने छ ।

नोवेल कमिटीले सो पुरस्कार वितवरणको कार्यक्रमको भव्य तयारी गरेको बताइएको छ । पुरस्कार ग्रहण गर्नका लागि ती चारैवटा संस्था ओश्लो पुगेका छन् ।

तीन महिना अगावै घोषणा गरिने सो पुरस्कारको वितरण हरेक वर्ष विश्व मानवअधिकार दिवस, डिसेम्बर १० का दिन, अर्थात आजै वितरण गर्ने गरिन्छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies