Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

छोरीको ब्वाइफ्रेन्ड आमाको श्रीमान

[caption id=\"attachment_49980\" align=\"aligncenter\" width=\"750\"]\"आमाछोरी\" आमाछोरी[/caption] एजेन्सी । आमा छोरीको सम्बन्ध पनि कस्तो । छोरीको ब्वाईफ्रेन्ड उडाएर छोरीकै अघि धुमधाम बिवाह गरेर देखाउने आमाको धोको । सुन्दा अनौठो लाग्ने यो घटना सत्य हो । अति विकसित पश्चिमा मूलुकको एउटा रोचक घटना हो यो । मानवीय सम्बेदनाको अन्त्य भएपछि समाज कस्तो बन्दै जाने रहेछ भन्ने एक उदाहणको रुपमा यस घटनालाई लिन सकिन्छ । ती अनौठो आमा छोरीको नाम म्यारी र डान्नी हो । आमाको धोको थाहा पाएपछि यता छोरीले पनि आमाको विहेमा नजाने घोषणा गरिसकेकी छिन् । आफ्नो पूर्वप्रेमी एन्टोनी किलाई आमाले उछिट्याएको उनलाई कम्ति चित्त दुखेको छैन । यद्यपि, आमा र प्रेमी दुवैबाट प्राप्त यो धोकालाई उनले माफी गरिसकेकी छिन् ।  उनी भन्छिन् ‘मैले छातिमा ढुंगा राखेर उहाँहरु दुवैलाई माफी दिएकी छु । तर, म बिहेमा जान्न । किनकी हामी तीनै जनालाई अप्ठेरो हुन्छ ।’ आमा र प्रेमीबीच अफेयर सुरु भएको थाहा पाउँदा डान्नीलाई निकै ठूलो आघात परेको थियो । एन्टोनी आफैंले एक दिन उनकी आमासित सेक्स गरेको बताइदिएका थिए । उनले आमा र प्रेमी दुवैलाई सम्झाइन् । तर, दुवैजना टसमस भएनन् । अन्ततः उनले आफैं आमाबाट टाढिने विचार गरिन् र शहर छाडेर हिँडिन् । एक वर्षपछि फेरि मन बुझाएर घर फर्किन् र आमासँगै बस्न थालिन् । ‘मलाई पहिले त उनीहरुले अपर्झट सेक्स गरेका होलान् वा हल्काफुल्का अफेयर होला झैं लागेको थियो । तर, बुझ्दै जाँदा उनीहरु गहिरो प्रेममा परिसकेका रहेछन् । मेरी आमा मेरो प्रेमीलाई छाड्नै नसक्ने भइसकेकी रहिछन् ।’ ‘आमा सबैको एकजना मात्र हुन्छ । आमाले नै यस्तो चोट देलिन् भन्ने कल्पना पनि थिएन । तर यसैको निहुँमा म आफ्नी आमालाई सँधैको लागि गुमाउन चाहन्न । त्यसैले सम्झौता गरेकी हुँ ।’ डान्नी र एन्टोनीबीच सन् २०११ को अक्टोबरमा प्रेम सुरु भएको थियो । त्यतिबेला उनी १७ वर्षकी थिइन् । एन्टोनीले उनलाई बच्चाजस्तो व्यवहार गर्थे । सिनेमा हेर्न लैजान्थे, गिफ्टहरु ल्याएर दिन्थे । औधी माया गरेझैं लाग्थ्यो डान्नीलाई । आमाले पनि एन्टोनीको खुब प्रशंसा गर्थिन् । डान्नीकी आमा म्यारीले छोरीको प्रेमीसित पहिले सेक्स र त्यसपछि प्रेम भएको बताएकी छिन् । डान्नीसित प्रेम सुरु भएको करिब ६ महिना पछि एन्टोनीलाई खुट्टामा चोट लागेर बेड रेस्ट गर्नुपर्ने भयो । त्यतिबेला उनी आफ्नी दिदीसित बस्दै आएका थिए । दिदीले स्याहार्न नभ्याउने भएपछि उनी डान्नीको घरमा बस्न आए । डान्नीको आमा छोरी तथा उनका दुई बहिनीहरु बस्थे । डान्नी आफ्नी बहिनीसित सुत्ने गर्थिन् भने म्यारी एक्लै सुत्थिन् । म्यारीका श्रीमान भने अर्की श्रीमती बिहे गरेर छुट्टै बस्दै आएका छन् । [caption id=\"attachment_49981\" align=\"alignnone\" width=\"750\"]\"एन्टोनी एन्टोनी[/caption] पहिलो रात एन्टोनी सोफामा सुतेका थिए । दोस्रो रात भने म्यारीले एन्टोनीलाई आफूसँगै सुत्न डाकेकी थिइन् जसलाई एन्टोनीले सजिलै स्वीकारे । ‘मैले उनीसित सेक्स गर्ने नियतले बोलाएकी थिइनँ,’ म्यारी दावी गर्छिन्, ‘अर्को खाट नभएकाले वाध्य भएर बोलाएकी थिएँ ।’ त्यहि रात उनीहरुबीच सबथोक भएको थियो । त्यसपछिका हरेक रातहरुमा उनीहरुले सँगै सुत्थे । तर डान्नीले यसबारे कुनै छनक पाइनन्  किनकी बिहान हुने बेला एन्टोनी सोफामै आएर पसारिन्थे । सेक्ससँगै उनीहरुबीच प्रेम बढ्न थाल्यो । डान्नी नभएका बेला उनी लामो समय रोमान्समा लिप्त रहन थाले । यो सबै कुरा डान्नीलाई कसरी सुनाउने भन्ने सल्लाह भयो । र एकदिन रोएको अभिनय गर्दै एन्टोनीले डान्नीलाई सबै कुरा सुनाए । डान्नी स्तब्ध भइन् र तत्कालै आमालाई फोन गरिन् । आमाले पनि स्वीकार गरेपछि उनलाई खपिसक्नु भएन । त्यहि दिन उनी पोकापन्तुरा बाँधेर घर छाडेर हिँडिन् र बाबुसँग बस्न थालिन् । यद्यपि बाबुलाई यसबारे केहि जानकारी नदिएको उनी बताउछिन् । एक वर्षसम्म उनी आमासित सम्पर्क्बिहिन रहिन् । बहिनीहरुसँग पनि । डान्नी हिँडेपछि उनीहरु झनै फुक्काफाल भए । बुवाको परिवारसित बस्ने क्रममा डान्नीको एक युवक ड्यामियोन अर्थ सित अफेयर सुरु भयो । उनी ड्यामियोनबाट गर्भवती समेत बनिन् । गर्भवती बनेको ६ महिनापछि ड्यामियोनसित उनको झगडा भयो र दुवै जना छुट्टएि । त्यसपछि उनले आफ्नी आमालाई सम्झिन् र फोन गरिन् । आमाले उनलाई घर फर्किन आग्रह गरिन् र डान्नी पनि तयार भइन् । ‘भेटमा हामी दुवैले विगतलाई विर्सेर एक अर्कालाई अंगाल्यौं र खुबै रोयौं,’ डान्नी भन्छिन् । अहिले आमा छोरीबीच अहिले सुमधुर सम्वन्ध छ । एन्टोनीका विषयमा उनीहरुबीच ठट्टा पनि चल्छ । ‘तिमी यस्ती तरुनी हुँदाहुँदै मलाई रोज्ने कस्तो मुर्ख है’ भन्दै खित्खिताउछिन् म्यारी । म्यारी चाहिन्छन् आफूहरुको विहेमा छोरी पनि उपस्थित भएको हेर्न । तर डान्नी यसका लागि तयार छैनन् । ड्यामियोनसित प्रेम टुटेपछि उनलाई अर्को केटा साथी चाहिएको छ यति बेला । यद्यपी अहिले उनको प्राथमिकता भने पेटको बच्चालाई सुरक्षित जन्म दिनु हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies