Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

इन्धन अभावमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको काम ठप्प

\"bidhut\"बेनी । भारतीय नाकाबन्दीका कारण म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका ७१ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको छ । म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम इन्धन अभावमा ठप्प भएको हो । उत्तरी म्याग्दीको नारच्याङमा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेका बेला भारतीय नाकाबन्दीले निर्माण साम्रगीलाई आवश्यक पर्ने इन्धनको अभाव भएपछि काम रोकिएको छ । सुरुङ, इन्टेक, पावर हाउसमा प्रयोग गरिएको मेसिनमा डिजेलको अभाव भएपछि दुई महिना अगाडि आयोजना बन्द गरी कर्मचारीलाई घर पठाइएको घलेम्दी खोला जलविद्युत् आयोजनाका कार्यालय प्रमुख विमल रिजालले बताए । आयोजनास्थलसम्म एक्स्टेन्सन लाइनसमेत नपुगेकाले अन्य प्रयोजनका लागिसमेत जेनेरेटरसहितका उपकरणमा समेत डिजेलको आवश्यकता पर्ने गरेको छ । जिल्लावासीको सक्रियतामा निर्माण भइरहेको आयोजनाको ३०० मिटर सुरुङ खनिएको छ । सडकसहित अन्य आवश्यक निर्माण कार्यलाई समेत तीव्रता दिइरहेको अवस्थामा इन्धनको अभाव भएपछि समस्या भएको अध्यक्ष किशोर सुवेदीको भनाइ छ । करोडौँको नोक्नासी हुने देखिएपछि महँगोमा भए पनि इन्धन खरिद गरेर निर्माणकार्यलाई अगाडि बढाउने आयोजनाले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE