Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

राजेश हमालले भने, ‘म त बच्चै छु’

\"13122015110504Rajesh_Hamal-600x0-400\"काठमाडौं । आफ्ना एक मित्र भेट्न खैरेनीटार आएका नेपाली चलचित्रका महानायक राजेश हमालले शनिबार सन्तान पाउने हतारो नभएको बताएका छन् । शुक्लागण्डकी ८ जाम्दी स्थित तिनखोले देवीको दर्शन गर्न यहाँ आएका महानायक हमालले आफू झनै बच्चा भएकोले छोराछोरीको हतारो नभएको बताए । ‘बच्चाको पनि बच्चा हुन्छ र भन्या, अझै बच्चै छुनि म त,’ उनले भने, ‘भर्खर भर्खर बिहे भाछ । त्यो त जिवनको क्रममा भइहाल्छ ।’ भर्खरै विवाह भएकोले सन्तान जन्माउने समय नभएको उनले बताए । सन्तान जन्माउने योजना बनाउनु भएको छैन ? भन्ने प्रश्नमा उनले आफू बच्चै भएको प्रतिकृया दिएका हुन् । शुक्ला ८ जाम्दीस्थित ४९ वर्षीय बसन्त घिमिरेलाई भेट्न यहाँ आएका महानायक राजेश हमालले स्थानीय तिनखोले देवी मन्दीरको समेत दर्शन गरे । स्थानीय मगर समुदायले प्रस्तुत गरेको कौरा नृत्यमा समेत उनी  छमछमी नाचे । तिनखोले देवी पूजा व्यवस्थापन तथा विकास समितिले हमालको स्वागतमा कार्यक्रम राखेको थियो । ‘मलाई नेपालका कुनाकाप्चा जस्तो सुन्दर ठाँउ अन्त लाग्दैन,’ उनले भने । उनले कोदोको ढिंडो, रोयोको साग, कुखुराको मासु, केराउ र मुलाको अचार मिठो मानेर खाए  । महानायक हमालले आफूले दक्षिण भारतीय चलचित्र युनिटसँग काम गरेको ‘बागमती’ चलचित्र हेरेर प्रतिकृया दिन समेत आग्रह गरे । दुई महिना अघि फिनल्याण्डबाट घर आएका घिमिरेलाई भेट्न भन्दै हमाल, गायकहरु हिमालसागर गौतम र तिलकबम मल्ल शुक्रबार नै खैरेनीटार आएका थिए । उनीहरुलाई खैरेनीटार स्थित व्यावसायी शंकरजंग गुरुङको घरमा बस्ने व्यवस्था मिलाइएको थियो । उनीहरु आईतबार मात्र काठमाडौं फर्कने छन् । तिनखोले देवी मन्दिर खैरेनीटार बजारबाट करिव ८ किलोमिटर उत्तरपुर्व खोचमा पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy