Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

जिल्ला अदालत म्याग्दीद्धारा चालु आवमा १७६ थान मुद्दा फर्स्यौट

म्याग्दी, म्याग्दी जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७१/७२ को हालसम्म १७६ थान मुद्दा फर्स्यौट गरेको छ । अदालतमा गत वर्ष जिम्मेवारी सरी आएका १०३ थान सहित गत साउन देखि फागुन सम्म २५८ वटा मुद्दा दर्ता भएका थिए । यस वर्ष १५५ वटा मुद्दा थपिएका हुन् । जिल्ला अदालतले आयोजना गरेको सञ्चारकर्मी भेटघाट कार्यक्रममा मंगलबार श्रेष्तेदार गोकर्णराज पन्तले यस वर्ष १७६ थान मुद्दाको फैसला गरिसकेको जानकारी दिए । उनका अनुसार फैसला भएका मध्य ७१ थान सम्बन्ध बिच्छेदका मुद्दा रहेका छन् । यसैगरी ७७ वटाको मिलापत्र भएको छ । अदालतमा १५ महिना भन्दा पुराना मुद्दा नरहेको जनाइएको छ । पञ्चवर्षिय रणनितिक योजना तयार गरि कार्यान्वयन गर्न थालेपछि छिटो फैसला भएको हो । अदालतले जिल्ला प्रहरी कार्यालयसंग समन्वय गरेर फैसला कार्यान्वयनका लागि जोड दिएको छ । पछिल्लो एक महिनायता ९ वटा मुद्दाका अभियुक्तहरु पक्राउ गरि फैसला कार्यान्वयनमा प्रहरीले सहयोग गरेको छ । अदालतमा सेवाग्राहीको सुबिधा र छिटो छरिटो न्याय सम्पादनका लागि प्रबिधिको उपयोग र पुर्वाधार तयार गर्ने काम भैरहेको जिल्ला न्याधिस गायत्रीप्रसाद रेग्मीले बताए । उनका अनुसार छिटो न्याय सम्पादन गर्ने उद्देश्यले ९ प्रकृतिका मुद्दाको प्रतिवादी उपस्थित भएको अवस्थामा निरन्तर सुनुवाई गरेर १० दिनमै फैसला पनि गरिएको छ । यसैगरी गरिब र असाहयका लागि निशुल्क कानुनी सहयता पनि उपलब्ध गराइएको छ । सो अवसरमा न्यायीक शब्दावली र अदालतको कार्ययोजनाका विषयमा जिल्ला न्यायधिक गायत्रीप्रसाद रेग्मी र जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवत्ता गोविन्द गिरीले सञ्चारकर्मीहरुलाई जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: