Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

मण्डपमै बेहुलीले लिइन् बेहुलाको आइक्यू टेस्ट : बेहुलो फेल, बिहे रद्द

\"Arranged-marriage-750\"   एजेन्सी । संसार बिचित्रको छ । नेपाली समाजमा जस्तो जुनि भर कहिल्यै नदेखेको परपुरुषसँग विवाह गरेर मारे पाप पाले पुन्य भन्ने जमाना अब पुरानो हुँदै गएको छ । मागी विवाह हुने गरेको हाम्रो जस्तो नेपाली समाज विस्तारै प्रेम विवाह तिर अग्रसर भएको छ । तर विकसित दुनियाँ मात्रै होइन छिमेकी मूलुक भारतमै एउटा यस्तो घट्ना भएको छ जुन हामी कल्पना गर्न सक्दनौं । बिवाह गर्न भनि धुमधामका साथ जन्ति लिएर आएको दुलाहालाई दुलहीले नै आईक्यू टेस्ट लिएकी छिन् । यहाँ यहाँसम्मकी आई क्यू टेस्टमा दुलाहा फेल भएपछि विवाह नै रद्ध गरियो ।  बेहुलो फेल भएपछि बिहे नै रद्ध भयो र जन्तीहरु दुलही नलिइकनै फर्कियो । छिमेकी देश भारतको उत्तरप्रदेशस्थित मैनपुरीको घटना हो यो । आइक्यु टेष्टमा हुनेवाला बेहुलो फेल भएको भन्दै बेहुलीले विवाह मण्डपबाटै बिहे भंग भएको घोषणा गरिन् । बेहुलीको नाम खुसबु सक्सेना र बेहुलाको नाम ओमविर सिंह हो । ओमविरले स्नातक पास गरेको बताइएको थियो । सोमबार बिहे समारोह चलिरहेको थियो । ओमविरले बिहेको जग्गेमा पण्डितले भन्न लगाएका मन्त्रहरु पनि राम्ररी पढ्न नसकेपछि बेहुली खुसबुलाई शंका लाग्यो । ओमविरले मन्त्र राम्रोसँग भन्न नजानेको भनेर खुसबुलाई उनीहरुले साथीहरुले पनि सुनाएका थिए । त्यसपछि खुसबुले हुनेवाला दुलाहाको गणितको आइक्यु परीक्षा लिने निधो गरिन् । उनले विहे मण्डपमै परीक्षा सुरु गरिन् । उनले ओमविरलाई मोबाइलमा आफ्नो नम्बर डायल गर्न भनिन् तर ओमविरले मोबाइल नम्बर पूरै सम्झिनै सकेनन् । साथै उनले ६९ र ७९ बीच कतिको अन्तर हुन्छ ? भन्ने प्रश्नको जवाफ पनि दिन सकेनन् । वास्तवमा खुसबुले आफ्नो हुनेवाल लोग्ने निकै लोद्दर भएको भेउ पाएपछि ओमविरका बाउ तथा भाइसँग एउटा सर्त राखिन् मण्डपमै । आफुले एउटा परीक्षा लिने र त्यसमा पास भएमात्र ओमविरसँग बिहे गर्ने । उनले ओमविरलाई केही सिक्का दिएर त्यसको संख्या जोड्न पनि लगाइन् । त्यसमा पनि ओमविर पास हुन सकेनन् । ओमविरलाई एउटा टचस्क्रिन फोन दिएर त्यसलाई प्रयोग गर्न लगाउँदा पनि ओमविरले सकेनन् । फोनको एप्स देखेरै ओमविर अलमलमा परे । त्यसपछि खुसबुले दह्रो मन गरेर ओमविर सँग बिहे नगर्ने फैसला गरिन् । ओमविर तथा उनका बाउ लगायतले खुसबुलाई सम्झाउने धेरै कोसिस गरे । तर उनले मानिनन् । अन्ततः दुलही नलिइकनै बेहुलो सहित जन्तीहरु रित्तो हात फर्किनुपर्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies