Khabar Dabali १७ आश्विन २०७९ सोमबार | 3rd October, 2022 Mon

विश्व बिजेता नेपोलियन बोनापार्टको रोचक जीवन कहानी

Napoleon4-750नेपोलियन बोनापार्टको जन्म अगस्ट १५, १७६९ मा भएको थियो । उनको खास नाम नेपोलिओनी दी बुओनापार्ते हो । उनी एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्सको सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए। सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखे। उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरिए। उनी युरोपको इतिहासमा लगातार रूपमा सबभन्दा मानिएका तथा विवादमा आएका नेता रहेका छन् । सर्वसाधारणको हकमा नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन्। उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेस गरिएका छन् । नेपोलियन कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। उनका पुर्खाहरू इटालेली राज घरानाका थिए जो १६ औं सताब्दीमा कोर्सिका आएर बसे । राम्रो शैक्षिक योग्यता प्राप्त गरेका उनी अध्ययनमा गहिरो रुचि राख्दथे। नेपोलियन कोर्सिकाली लवजमा उत्कृष्ट फ्रेन्च भाषा बोल्दथे। कट्टरपन्थी ज्याकब्लिन गुटका समर्थक उनको सैन्यकलाले तिब्र गतिमा ख्याति पाउन सफल भयो। उनले सन् १७९६ देखि १७९९ सम्म इटाली तथा इजिप्टमा चलाएको चर्चित सैन्य अभियानपश्चात उनी क्रान्तिको नेताको रूपमा उदाए । Napoleon-2-750नेपोलियन सन् १७९९ मा शक्ति हत्याउन सफल भए र उनी फ्रान्सको केही बाहेक नियन्त्रणमा राख्दै प्रथम कन्सुलको रूपमा आफूलाई स्थापित गरे। सन् १८०४ मा उनलाई फ्रान्सेली जनताको सम्राटको रूपमा राज्याभिषेक गरियो। उनले पोप तथा क्याथोलिक चर्चसँग राम्रो सम्बन्ध स्थापित गरेर धार्मिक शक्तिबाट खतरामुक्त रहे। क्रान्तिको समयमा देश निकाला गरिएकाहरूलाई फिर्ता आउन अनुमति दिएर उनले फ्रान्समा नयाँ खालको अभिजात वर्ग सुरु गरे। उनले लगातार रूपमा धेरै लडाइँ लडे जसलाई नेपोलियनकालिन (नेपोलियोनिक) युद्धको नामले पनि चिनिन्छ। फ्रान्सेली साम्राज्यका विरुद्ध निरन्तर परिवर्तन भइरहने गठबन्धनहरूसँगका ती युद्धहरू अत्यन्तै जटिल पनि थिए। सन् १८१५ मा उल्म तथा अस्ट्रालिजको विजयसँगै उनले तेस्रो गठबन्धनलाई समाप्त पार्दै पुरानो रोमन साम्राज्य समाहित गरेर कनफेडरेसन अफ द राइनको स्थापना गरे। यद्यपी सन् १८०५ को अक्टोबरमा ट्राफल्गरमा उनको जलसेना ध्वस्त भयो भने बेलायतले फ्रान्सेली समुद्रतटमा जलनाकाबन्दी लगायो। त्यसको जवाफमा उनले बेलायतसँग युरोपेली व्यापारमा कटौति गर्न महादेशीय प्रणाली लागू गरे। फ्रान्सेली साम्राज्यका विरुद्ध चौथो गठबन्धन पनि बनेको थियो तर सन् १८०६ मा जेना (अयुर्स्टेड तथा सन् १८०७ मा भएको अर्को लडाइँमा यो परास्त भयो। यी लडाइँमा भएको फ्रान्सको जितकै कारण प्रसिया टुक्रियो र पोलिस राज्य पुन अस्तित्वमा आयो। नेपोलियनले सन् १८०९ पाँचौं गठबन्धनलाई पनि वाग्राममा हराउँदै युरोप महादेशभर आफ्नो दबदबाकायम राख्न सफल भए। नेपोलियनले पटक पटक बनेका विभिन्न गठबन्धनलाई चिर्दै तथा मित्र राष्ट्रहरूको आफूतिरको झुकावलाई कायम राख्दै फ्रान्सको बर्चश्व कायम राखे। उनले यसका लागि फ्रान्सका उपनिवेसका रूपमा रहेका अन्य युरोपेली राष्ट्रहरूमा आफ्नै परिवारका सदस्यहरूलाई शासक नियुक्त गरेका थिए । Napoleon-3-750नेपोलियन सन् १८०२ देखि १८०५ सम्म राष्ट्रपति थिए, सन् १८०५ देखि १८१४ सम्म इटालीका राजा भए, सन् १८०३ देखि १८१३सम्म स्विस महासंघका मध्यस्थकर्ता तथा सन् १८०६ देखि १८१३सम्म राइनको संरक्षक थिए। सन् १८१७ को अन्त्यमा नेपोलियनले पोर्चुगललाई पनि महादेशीय प्रणालीमा आउन बाध्य बनाउने कोशिस गरे। अर्को वर्ष उनले आफ्नै भाइ जोसेफ बोनापार्टलाई स्पेनको राजा बनाए। उनका यिनै कदमले प्रायद्विपीय युद्ध निम्त्यायो जुन अत्यन्त हिंश्रक गुरिल्ला विवादको लागि चिनिन्छ। यहि युद्धले बेलायती सेनाको पनि सामना गर्नु पर्यो भने यसकै कारण फ्रान्सको स्रोत तथा सामर्थ्यमा ह्रास आयो। महादेशीय नाकाबन्दीलाई लागू गराउन उनले सन् १८१२ मा रुसको हस्तक्षेप सुरू गरे जुन अन्त्यमा गएर सैन्य विफलतामा परिणत भयो। यही अभियानका क्रममा रोगका कारण उनको महासेनाको ठूलो हिस्सा ध्वस्त भयो। त्यसपछि धेरैजसो युरोपेलीदेशहरू उनको विपक्षमा उभिए। सन् १८१३ को अक्टोबरमा लेइप्जिगमा भएको युद्धमा छैटौँ गठबन्धनले उनलाई परास्त गर्यो र फ्रान्सलाई कब्जा गर्यो। नेपोलियनलाई सन् १८१४ को अप्रिलमा राज्य त्याग्न बाध्य पारियो। अन्त्यमा देश निकाला गरेर उनलाई एल्बा टापुमा पठाइयो। त्यसपछि सन् १७९२ देखि फ्रान्सको कब्जामा रहेका भूमि फिर्ता भए अनि पहिलाका शासक बर्बोनहरूले शक्ति प्राप्त गरे। Napoleon5-750सन् १८१५ मा उनले एल्बा टापुबाट भागेर पुन शक्ति प्राप्त गरे तर त्यो लगभग १०० दिनका लागि मात्र रह्यो। आखिर उनी वाटरलुको युद्धमा पराजित भए। जीवनका अन्तिम ६ वर्ष उनले दूर्गम सेन्टहेलेना टापुमा बेलायती नजरबन्दीमा काटे। उनी फ्रान्सेली जनताका लागि उन्नाइसौं सताब्दीभरका महान नायक थिए। उनकै ख्यातिको प्रभावले उनका भाञ्जा नेपोलियन तृतीय सन् १८४८ देखि १८७० सम्म फ्रान्सको शासक भए। प्रारम्भिक जीवन तथा शिक्षा नेपोलियनका पिता कार्लो बुओनापार्ते फ्रान्सका राजा लुई सोह्रौंको अदालतका लागि कोर्सिकाका प्रतिनिधि थिए। नेपोलियन सन् १७६९ अगस्ट १५ तारिखका दिन बाबु कार्लो मारिया दी बुओनापार्ते र आमा मारिया लेटिजिया रामोलिनोका साहिला छोराको रूपमा कासा बुओनापार्तेमा रहेको पुर्ख्यौली घरमा भएको थियो। कासा बुओनापार्ते तत्कालिन कोर्सिका टापुको राजधानी अजाक्सिओ सहरमा अवस्थित छ। उनी बुओनापार्ते दम्पतिका चौथो सन्तान र तेस्रो छोरा थिए। उनको जन्मभन्दा एक वर्षअघि मात्र त्यो टापु गणतन्त्र जेनोआबाट फ्रान्समा सारिएको थियो। उनलाई नेपोलिओनी दी बुओनापार्ते नामाकरण गरियो। उनी बीसवर्ष पुगेपछि मात्र केही फ्रेन्च जस्तो सुनिने नेपोलियन बोनापार्ट नाम उनी आफैंले राखेका थिए । Napoleon_Wagram-750यो कोर्सिकाली बुओनापार्ते परिवारका पुर्खा इटालीको टस्कनीका मध्यम वर्गीय परिवारका थिए। उनीहरू लिगुरियाबाट सोह्रौं सताब्दीमा त्यस ठाउँमा आएका थिए। उनका बाबु नोबाइल कार्लो बुओनापार्ते एक मुख्तियार थिए। कार्लो सन् १७७७ मा फ्रान्सका राजा लुइस सोह्रौँका लागि कोर्सिकाका प्रतिनिधि चुनिए। नेपोलियनको बाल्यकाल मुख्यतया उनकी आमाबाट प्रभावित रह्यो। आमा लेटिजिया रामोलिनोको कडा अनुशासनले एउटा चकचके बालक सरल स्वभावको बालकमा परिवर्तन भयो। नेपोलियनकी मामाघरकी हजुरआमाले स्विस फेस्च परिवारमा दोस्रो विवाह गरिन्। नेपोलियनका सौतेनी हजुरबुबा कार्डिनल जोसेफ फेस्च केही वर्ष बोनापार्ट परिवारको संरक्षक पनि भए। उनका जोसेफ नाम गरेका एक दाजु तथा भाइबहिनीहरू लुसिएन, एलिसा, लुइस, पाउलाइन, क्यारोलाइन जेरोम थिए। जोसेफभन्दा पहिला जन्मेका एक बालक र बालिकाको शैसवावस्थामै मृत्यु भयो। नेपोलियनले रोमन क्याथोलिकको रूपमा बप्तिस्मा लिए । प्रारम्भिक सैनिक जागिर कोर्सिकाका राष्ट्रवादी नेता पास्कल पाओली, रिचार्ड कस्वेले १७९८ मा बनाएको तस्वीर सन् १७८५ सेप्टेम्बरमा अध्ययन पूरा गरेपछि बोनापार्टलाई सहायक सेनानीको रूपमा ला फेर रेजिमेन्टमा पठाइयो। उनले सन् १७८९ मा क्रान्तिको थालनि हुनुभन्दा पहिलासम्म भ्यालेन्स र अक्जोनमा सुरक्षा दिए। यो अवधिमा उनले करिब दुई वर्षको बिदा कोर्सिका तथा पेरिसमा बिताए। एक कट्टर राष्ट्रवादी बोनापार्टले सन् १७८९ मा कोर्सिकाली नेता पास्कल पाओलीलाई यस्तो पत्र लेखे ः देश शक्तिहीन हुँदै गएको बेलामा मेरो जन्म भयो। तीसहजार फ्रान्सेलीहरूले हाम्रो स्वतन्त्रताको मुकुटलाई रगतको आहलमा डुबाएर हाम्रा स्रोत साधनमा डकारी रहेका थिए। त्यस्तो नितान्त अस्वीकार्य दृष्य पहिलो पटक मेरो मनमा बिझेको थियो। उनले कान्तिका सुरुका वर्षहरू कोर्सिकामै बिताए । त्यतिबेला उनी शाही शासन पक्षधर, कान्तिकारीहरू तथा कोर्सिकाली राष्ट्रवादीहरूमा चलेको तीन पक्षीय जटिल संघर्षमा होमिए। उनले कान्तिकारी ज्याकब्लिन गुटको समर्थन गरी कोर्सिकाली लडाकु सेनामा प्रमुख सेनानीको दर्जा पाए। उनले स्यम्सेवकको दस्ताको नेतृत्व पनि प्राप्त गरे। बिदाको समयभन्दा धेरैसम्म अनुपस्थित रहेर फ्रान्सेली सेनाको विरुद्धमा कोर्सिकामा भएको विद्रोहमा सम्लग्न भएता पनि सन् १७९२ को जुलाईमा फ्रान्सेली सेनामा उनको बढुवा भयो र उनी सह(सेनानी भए। उनी कोर्सिका फिर्ता आए र पाओलीसँग विवादमा फसे। पाओलीले फ्रान्ससँग छुट्टिने निर्णय गरी नेपोलियनको नेतृत्वमा फ्रान्सेलीसेना रहेको सार्डि्नियाली टापु ला मादालेनामा सन् १७९३ को फेब्रुअरीदेखि हतियारसहितको विद्रोह सुरुगरे। पाओलीसँगकै खटपटका कारण त्यही वर्षको जुनमा नेपोलियन र उनको परिवार फ्रान्सको मुख्य भूमिमा बसाइँ सर्यो। सन् १७९४ जुलाईको थर्मिडोरियाली प्रतिकृयापछि रोबेस्पिएरेहरूको पतन भयो। यस लगत्तै बोनापार्टलाई पनि रोबेस्पिएरे दाजुभाइसँग सम्बन्ध भएको आरोपमा नाइसमा रहेको घरमै नजरबन्दीमा राखियो भनिएको पनि पाइन्छ। तर नेपोलियनका स्वकीय सचिव बौरिएन्नेले आत्मकथा लेखनका क्रममा यसको खण्डन गरे । बौरिएन्नेका अनुसार एल्पको सेना र इटालीको सेनाबीचको इर्श्याका कारण उक्त नजरबन्दी भएको थियो । नेपोलियनले आफू निर्दोष भएको दावी गर्दै सरकारी प्रतिनिधिहरू स्यालिसेटी तथा अलबित्तेलाई पत्र लेखेपछि उनलाई कुनै गलत काममा सम्लग्न नभएको भन्दै नजरबन्द मुक्त गरियो। उनलाई दुई हप्ताभित्रै मुक्त गरिएको थियो। उनको युद्ध कौशलका कारण उनलाई फ्रान्सको अस्ट्रियासँगको युद्धमा इटालेली किल्लाहरूमा आक्रमणको योजना बनाउन आग्रह गरियो। उनी बेलायतीहरूबाट कोर्सिका फिर्ता ल्याउने अभियानमा पनि सम्लग्न भए तर बेलायती जलसेना रोयल नाभीले फ्रान्सेलीसेनालाई फर्कन बाध्य बनायो। बोनापार्टले देसिरी क्लारीसँग बिहेको कुरा छिने। देसिरी उनकी भाउजु (जोसेफ बुओनापार्तेकी श्रीमती) जुली क्लारीकी बहिनी थिइन्। मार्सेइलेसका क्लारीहरू धनि व्यापारिक परिवारका थिए। सन् १७९४ को अप्रिलमा उनलाई मध्यपश्चिमी फ्रान्समा अवस्थित भेन्डीमा भएको गृहयुद्धमा सम्लग्न पश्चिमी सेनामा पठाइयो। आन्ध्र महासागरीय टापु भेन्डीमा राष्ट्रवादीहरूको प्रतिक्रान्तिका कारण त्यतिबेला गृहयुद्ध चलिरहेको थियो। त्यहाँ आर्टिलरी जनरलको पद खाली नभएकोले उनलाई सानो गस्ती टोलीको प्रमुख बनाएर पठाइयो जुन उनको पहिलाको पदभन्दा तल्लो स्तरको थियो। उनले नयाँ स्थानमा नजानको लागि स्वास्थ्यस्थिति खराब भएको भन्दै बिरामी बिदाको निवेदन दिए। उनलाई नागरिक सुरक्षा समितिको नापी तथा नक्शा विभागमा सरुवा गरियो तर उनले सुल्तानको सेवा गर्नका लागि कन्स्ट्यानटिनोपोलमा जाने चाहना व्यक्त गरेका थिए त्यो पूरा हुन सकेन। यो समयमा उनले एउटा छोटो रोमान्टिक उपन्यास लेखे। क्लिसन एट इउगेनाई शीर्षक दिइएको उक्त उपन्यासमा बोनापार्टले देसिरीसँगको आफ्नो सम्बन्धको समानान्तर हुनेगरी एउटा सिपाही र उसकी प्रेमिकाको जीवनलाई कथानक बनाएका छन्। भेन्डीको गृहयुद्धमा बोनापार्ट सन् १७९४ को सेप्टेम्बरमा भेन्डीको अभियानमा खटाइएको पदमा जान नमानेका कारण बोनापार्टको नाम जनरलको सूचीबाट हटाइयो। त्यसपछि उनले आर्थिक समस्या तथा तल्लो स्तरको जागिर झेल्नुपर्यो। अक्टोबर ३ मा पेरिसका राष्ट्रवादीहरूले नेसनल कन्भेन्सनका विरुद्ध विद्रोहको घोषणा गरे। थर्मोडरियाली प्रतिकृयाका एक नेता पाउल बारासले तोउलनमा नेपोलियनले देखाएको सैन्य कौशल थाह पाएका थिए। त्यसैले उनले तुइलेराइज दरवारमा कन्भेन्सनको सुरक्षार्थ खटिएको विशेष सैन्य दस्ताको जिम्मा नेपोलियनलाई दिए। तीन वर्षअघि त्यहाँ राजाका स्विस गार्डको हत्याकाण्ड देखेका उनले हतियार भण्डारले नै यसको रक्षा गर्छ भन्ने बुझेका थिए। उनले घोडचडी सैन्य अधिकृत जोअचिम मुरतलाई ठूला तोप हत्याउने आदेश दिए र सन् १७९५ अक्टोबर ५ मा आक्रमणकारीहरूलाई धपाउन तिनको प्रयोग गरे। १४०० राष्ट्रवादीहरू मारिएपछि बाँकी त्यहाँबाट भागे। उन्नाइसौँ सताब्दीका इतिहासकार थोमस कार्लिलले फ्रेन्च रिभोलुसनस् अ हिस्ट्री शीर्षकको पुस्तकमा नेपोलियनले चोकहरू खाली गराउन ’ह्विफ अफ ग्रेप सटको प्रयोग गरे भनेर लेखेका छन्। राष्ट्रवादीहरूले भोगेको पराजयले फ्रान्सको सरकार नेसनल कन्भेन्सनमाथिको खतरा टल्यो र यसले बोनापार्टलाई आकस्मिक ख्याति मात्र नभएर सम्पति तथा नयाँ सरकारको तर्फबाट नयाँ पदमा नियुक्ती मिल्यो। मुरतले उनकी एउटी बहिनीसँग बिहे गरे र नेपोलियनको माताहतमा जर्नेलको रूपमा जागिर खाए। बोनापार्टलाई आन्तरिक कमान्डरमा पदोन्नती गरियो र उनलाई इटालेली सेनाको कमान्ड दिइयो। नेपोलियन केही हप्ताभित्रै बारासकी भूतपूर्व श्रीमती जोसेफाइन दी बिउहार्नाइससँग गहिरो मायामा फसे। बोनापार्टले पहिले कुरा छिनेकी देसिरी क्लारीसँग सम्बन्ध तोडेपछि सन् १७९६ को मार्च ९ मा उनीहरूले विवाह गरे। नेपोलियनको रहस्यमय मृत्य उनको मृत्यु पेटको क्यान्सरले भएको हो भनी उनको मृत्युको प्रमाणित कागजपत्रमा Dr. Antommarchi ले हस्ताक्षर गरेका थिए । उनको मृत्युको कारण पेटको क्यान्सरबाट भयो भन्दा केही मानिसहरूले विश्वास गरे तर केही मानिसहरूले त्यो मृत्यु कुनै प्राकृतिक मृत्यु नभएर विषको प्रयोग गरी हत्या गरिएको हो भनी भन्थें तर बिना कुनै कारण । नेपोलियनको हत्या गर्न कुन त्यस्तो विष प्रयोग गरियो, जुन स्वादरहित थियो । जुन विष प्रयोग गरी उनको हत्या गरियो, त्यो ज्यादै नरम थियो किनकी त्यसको असर एक्कासी नदेखिएर क्रमशः असर गरी उनको अन्त्य भयो । त्यस्तो विस्तारै असर गर्ने विष आखिर के हो ? यसरी विस्तारै असर गर्ने विष हो – आर्से्निक । नेपोलियनको हत्या गर्न आर्से्निक नै प्रयोग गरिएको थियो । तर कसरी ? यसरी कुनै प्रमाण बिना पनि मानिसहरूले उनको हत्या आर्से्निकबाट नै भयो भन्थे । तथापि यसको खोजमा जाँगर कसैले देखाएन । तर १ सय ४० वर्ष पछाडि स्टकटाउनका दुई भौतिकशास्त्री डा. स्मीथ र डा. फर्सउडले यसप्रति केही जाँगर देखाए । यी दुई भौतिकशास्त्रीहरूको खोजलाई अगाडि बढाउन बोनापार्टको शरीरको कुनै भाग अति आवश्यक भएकाले अर्का स्वीडेनवासी भौतिकशास्त्री बासेनले बोनापार्टको कपाल लिएर खोज शुरू गरे । नेपोलियनको त्यो अमूल्य कपाललाई लिएर खोज शुरू भयो किनकि मानिसको शरीरमा चाहिने तत्वहरूमध्ये आर्से्निक नामक एक तत्व छ, जुन मानिसको कपालमा गएर बसेको हुन्छ । नेपोलियनको कपाललाई एलुमिनियम (Aluminium) को सिलिण्डरमा बन्द गरी युरेनियम रियक्टरमा राखेर परीक्षण गरियो । परीक्षणको अन्त्यमा नेपोलियनको हत्या गर्न आर्से्निक नै प्रयोग गरियो भनी निश्चित रूपले भन्न सकिने भयो । साधारण तवरले जति आर्से्निक मान्छेको कपालमा पाइन्छ, त्योभन्दा तेह्र गुणा ज्यादा आर्से्निक नेपोलियनको कपालमा पाइयो र उनलाई विस्तारै(विस्तारै आर्से्निक ख्वाएको थियो भनेर निश्चित समेत भयो । यसरी नेपोलियन बोनापार्ट प्रथमको हत्याको कारण खुल्यो ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page