Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

प्रधिकरण र संविधान संशोधन विधेयक एकै पटक ल्याउने सभामुखको तयारी

\"Onsari-Gharti-Magar\"काठमाडौं । सभामुख ओनसरी घर्तीले दलहरुबीचमा सहमति भएमा आफु मंगलबारको बैठकमा प्रधिकरण र संविधान संशोधन विधेयक एकै पटक अघि बढाउन तयार रहेको बतएकी छिन् । उनले भनिन –‘ लामो समय देखी सत्तारुढ दल , प्रमुख प्र।ितपक्षि र आन्दोलनरतबीचमा प्रधिकरण र संविधान संशोधनको विषयमा सहमति जुट्न सकेको छैन । मलाई विश्वास छ मंगलबार बस्ने संसदको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले निकाश दिनुहुनेछ । सभामुख बनेपछि पहिलो पटक आफ्नो अध्यक्षतामा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको ाबैठक राख्दै सभामुख घर्तीले आठ महिनाअघि गएको भूकम्पबाट पीडित जनतालाई जाडोबाट मुक्त गर्न र भारतीय नाकाबन्दीबाट पीडित जनतालाई राहत दिन संविधान संशोधन विधेयक पारित गर्नुको विकल्प नभएको बताइन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुखले प्राधिकरण विधेयकपछि तत्कालै सोही दिन संविधान संशोधन विधेयकलाई आधा घन्टाको बीचमा टेबुल गराउने प्रतिबद्धता व्यक्त गरिन्। आफूले आह्वान गरेको बैठकमा तीन दलकै शीर्ष नेताहरूले मंगलबारदेखि बैठक सञ्चालन गराउनेमा आफूलाई आश्वस्त गराएको उनले बताइन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सभामुखले आह्वान गरेको बैठक सकारात्मक भएको बताए। उनले भने, ुदुवै विधेकयमा हामी गम्भीर छौं।ु प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान संशोधन विधेयकलाई उच्च प्राथमिकता दिनुपर्नेमा आफ्नो दल प्रतिबद्ध रहेको बताए। उनले एमाले र एमाओवादीबाट प्राधिकरण विधेयक पारित गर्नेभन्दा अरू कुनै कुरा नआएको पनि बताए। संविधान संशोधनलाई दोस्रो बैठकमा राखेपछि मधेसी मोर्चाले प्रवेश गर्न नदिने र त्यसलाई टेबुलसम्मको अवसर नदिने सोचमा सत्तापक्ष रहेको आरोप पनि पौडेलले लगाए। एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेसका सभापति सुशील कोइराला बैठकमा अनुपस्थित रहेको र मंगलबार संसद्को बैठकअघि नै निर्णय गरौं भन्ने प्रस्ताव कांग्रेसले राखेकाले सोमबार कुनै निर्णय हुन नसकेको बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy