Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

विचित्रको मानव उत्पत्तिको इतिहास

\"eating-raw-food-750\"अफ्रिका एक समय अन्धकारको महादेश भनेर कहिलिएको महादेश । बहुसंख्यक काला जातिहरुको बासस्थान । नदी नाला तथा बिबिध जीवजन्तुहरुले भरिपूर्ण अपार जङ्गली भूभाग भएको महादेश ।संधै युद्ध र भोकमरीको समाचार बनिरहेको महादेश हो अफ्रिका । तर धेरैलाई थाहा नहुन सक्छ र अचम्म लाग्न सक्छ अफ्रिका त सम्पूर्ण मानव जातिको उद्गम थलो हो । बैज्ञानिकहरुले प्रमाणहरु जुटाई पटक पटक यो कुरालाई पुष्टी गरिसकेको छन् कि अफ्रिका नै मानव जातिको उदग्म थलो हो । सन् १८०९ मा फ्रान्सका जीवशास्त्री जीव वापटिष्ट लेमार्कले पृथ्वीमा भएका जीवहरु बाइबलमा लेखिए जस्तै अपरिवर्तनशील रहेको बताएका छन् । उनले जीवहरुद्धारा प्रयोगमा ल्याइने अंग बिकसित तथा बृद्धि हुने तर प्रयोगमा नल्याइने चाहीं कमजोर तथा सानो हुने बताएका छन् । यो गुण पछिल्ला पुस्ताहरुमा बंशाणुगत रुपमै सर्दै जाने बिचार उनको थियो । लेमार्कको बिचार ईश्वरद्धारा सम्पूर्ण जीवको उत्पत्ति भएको हो भन्ने बाइबलको बिचारमाथि प्रहार थियो । तर बाइबलको बिचारमाथि दोस्रो तथा निर्णायक प्रहार भने अर्का बैज्ञानिक इङल्याण्डका चाल्र्स डार्बिनले दिएका थिए । उनले सम्पूर्ण जीवहरु नै क्रमिक बिकासको बाटोबाट बिकसित भएको सिद्धान्त नै पेश गरेका थिए । उनले आफ्नो सिद्धान्तको पुष्टिका निम्ति जीवहरुको शारीरिक गुणहरुको तुलनात्मक बिश्लेषण, जीवावशेष, जमिनमुनि गाडिएर सयौं, हजारौं, लाखौं, करौडौं बर्षसम्म रहँदा तिनीहरुकको बाँकी रहेका अंशहरु वा छापहरुको तुलनात्मक बिश्लेषण लगायत अन्य थुप्रै प्रमाणहरु जुटाएका थिए ।
  उनले जीवहरु कुनै ईश्वरले एकसाथ सृष्टि गरेको नभई करौडौं बर्ष पहिले अजैविक रसायनहरुको सहयोगबाट अति सरल जीवहरुको उदय भई समय र परिस्थितिको तालमेलमा क्रमिक रुपमा जटिल र ठूला जीवहरुको बिकसित हुँदै मानव जातिसम्मको बिकास भएका प्रमाणहरु पेश गरे ।  
उनले जीवहरु कुनै ईश्वरले एकसाथ सृष्टि गरेको नभई करौडौं बर्ष पहिले अजैविक रसायनहरुको सहयोगबाट अति सरल जीवहरुको उदय भई समय र परिस्थितिको तालमेलमा क्रमिक रुपमा जटिल र ठूला जीवहरुको बिकसित हुँदै मानव जातिसम्मको बिकास भएका प्रमाणहरु पेश गरे ।   त्यसैले चाल्र्स डार्विनलाई बिकासबादी सिद्धान्तका पिताको रुपमा मानिन्छन् । उनै चाल्र्स डार्बिनले मानव जातिको बिकास बाँदरको पुर्खाबाट भएको हो अर्थात बाँदरको पुर्खा र मानव जातिको पुर्खा एउटै हो भन्ने तर्क प्रस्तुत गरे ।   उनले यो कुरा सन् १८७१ मा प्रकाशित उनको प्रसिद्ध पुस्तक The Descent of Man बल मा उल्लेख गरेका छन् । मानव जातिको उदय अपुच्छ बाँदरको कुनै पुर्खाबाट भएको हो भन्ने कुरा बैज्ञानिक चाल्र्स डार्बिनले नै भनिसकेका छन् ।
  बैज्ञानिहरुका अनुसार आजभन्दा एक करोड साठी लाखदेखि एक करोड दश लाख बर्ष पहिलेको समयअवधिमा भौगोलिक मिओनस कालमा जंगलै जंगलले भरिएको अफ्रिकाको उष्ण प्रदेशिय भूभागको हावापानीमा ठुलो फेरबदल आयो ।  
उनकै कुरालाइ अनुशरण गर्दै बैज्ञानिकहरुले खोज गर्दै जाँदा नयाँ–नयाँ तथ्यहरु पत्ता लागेका छन् । बैज्ञानिहरुका अनुसार आजभन्दा एक करोड साठी लाखदेखि एक करोड दश लाख बर्ष पहिलेको समयअवधिमा भौगोलिक मिओनस कालमा जंगलै जंगलले भरिएको अफ्रिकाको उष्ण प्रदेशिय भूभागको हावापानीमा ठुलो फेरबदल आयो । बर्षाको कमीले गर्दा उष्ण प्रदेशिय घना जंगलहरु क्रमश नष्ट हुँदै गए । ती भूभागहरु लामा लामा घाँसका फाँटहरुमा बदलिन थाले । अपुच्छ बाँदरहरुको अस्तित्वको लागि यो परिस्थितिले निकै ठूलो चुनौती खडा गर्यो । ती अपुच्छ बाँदरहरु रुखमाथि नै जीवन निर्वाह गर्दथे । तर पछिसम्म जंगलभित्र रुखमा नै जीवन निर्वाह गर्दै गरेका अपुच्छ बाँदरहरु त्यही रुपमा नै रही रहे र त्यो रुप अहिलेसम्म पनि निरन्तर रुपमा कायम रह्यो । प्रागमानवहरु दुई खुट्टाले हिंड्ने भएकाले उनीहरुको हात फुक्का भयो । त्यसकारण उनीहरु टाढा टाढासम्म खाद्यसामग्री सजिलै ओसार पसार गरी पछिको लागि जोगाउन समेत सकेन । यो घटना मानव बिकासमा महत्वपूर्ण घटना थियो । किनकि, मानवबाहेक अर्का जन्तुले खाद्य सामग्री जोगाउन सकिन्न । तर सन् १९९० अगाडिसम्म पनि बैज्ञानिकहरुले त्यस मानव उद्गमको सिद्धान्तको ठोस प्रमाण जुटाउन सकेका थिएनन् । बाँदर र मानवबीचको प्रागमानव जाति अष्ट्रोलोपिथेकस भएको कुरा स्वीकारे पनि बैज्ञानिकहरुले बाँदरबाट बिकसित सुरुको होमिनिड पुस्ता अष्ट्रोलोपिथेकस नै हो भन्ने कुरामा शंका गर्दै थिए । किनकि, सन् १९६६ मा आणविक जीवशास्त्री बैज्ञानिकहरु विन्सेट सारिच र अलन विल्सनले मानव र अपुच्छ बाँदर चिम्पाञ्जीका डि.एन ए हरु एकसाथ राखेर तुलनात्मक अध्ययन गरी हेर्दा ती दुईको साझा पुस्ता करिव ४० देखि ६० लाख बर्ष पहिलेको समयबीचको रहेको तथ्य पत्ता लगाएका थिए । अष्ट्रोलेपिथेसिनपछिको बिकसित प्रागमानव होमोहाविलिस हो । यो जातिका प्रागमानवहरु हाते औजार बनाउन तथा प्रयोग गर्नमा सिपालु थिए । वास्तवमा औजारको निर्माण र प्रयोग संगसंगै नै मानव संस्कृतिको पनि शुरुवात भयो । ढुङगे औजारको निर्माण गर्न होमोहाविलिसपछिको मानव जाति होमो इरेक्टस् बढी सिपालु देखिन्थ्यो । उनीहरुले करिव १५ लाख बर्ष पहिले पूर्वी अफ्रिकामा ढुङाको औजार बनाउने एउटा बिशेष किसिमको तरिकाको नै बिकास गर्यो । त्यो तरिकालाई आय्केउलियन् भनिन्छ । आय्केउलियन् तरिकाबाट निर्मित औजारहरुलाई आय्केउलियन् ढुंङाको औजार भनिन्छ । यो औजार सबैभन्दा पहिले फ्रान्सको आयकेउल भन्ने ठाउँमा भेट्टाइएको थियो । त्यसैले यसको नाम आयकेउलियन् औजार हुन गएको हो ।   आय्केउलियन औजारहरु उन्नत खालका थिए । ती हतियारहरु बिभिन्न खालका हुन्थे । कुनै ठूला त कुनै साना । ढुंङाको औजार बनाउन जानेपछि मानव स्वभावमा ठूलो परिवर्तन आयो । यही क्रममा उनीहरुले करिब साढे ७ लाख बर्ष पहिले आगोको आविष्कार गरेका तथ्यहरु फेला परेका छन् ।   आगोको आविष्कारपछि मानिसहरुको स्वभावमा उल्लेखनिय परिवर्तन आयो । किनकी आगो भएपछि उनीहरुले मासु र अन्य खानेकुराहरु पोलेर खान सिके । यसबाट उनीहरुले पोषिला खानेकुरा प्राप्त गरी आफनो स्वास्थ्यमा निकै सुधार ल्याए । साथै पोलेर खाने संस्कृतिको बिकाससंगै नै मानिसहरुले समुद्री जीवहरुको भोजन गर्न पनि थाले । आगोबिना समुद्री जीवहरुको भोजन सम्भव थिएन । आगोको आविष्कारपछि नै मानिसले आफनो भोजनमा मासुको अत्यधिक भागलाई समावेश गरायो ।  
मासु प्राप्त गर्न पुरुषहरु टाढा टाढा सम्म शिकार गर्न जाने र महिलाहरु बासस्थानमै बसिरहने संस्कृति शुरु भयो । सुत्केरी महिलाहरु लामो समयसम्म शिशुहरुको स्याहारसुसार गर्नका निम्ति बासस्थानमा नै बस्नु पर्ने बाध्यता थियो ।  
मासु प्राप्त गर्न पुरुषहरु टाढा टाढा सम्म शिकार गर्न जाने र महिलाहरु बासस्थानमै बसिरहने संस्कृति शुरु भयो । सुत्केरी महिलाहरु लामो समयसम्म शिशुहरुको स्याहारसुसार गर्नका निम्ति बासस्थानमा नै बस्नु पर्ने बाध्यता थियो । र ती महिलाहरुले आफना शिशुहरुको स्याहारसुसारबाट निस्केको फुर्सदको समय जंगल वरिपरिको बोटबिरुवाहरु खानयोग्य छन् वा छैनन् भन्ने परिक्षण गर्ने कार्य गर्न थाले र पछि त्यहीबाट बोटबिरुवा रोप्ने र उत्पादन गर्ने सीप सिके । संसारमा अहिले करिव साढे ७ खर्व मानव जनसंख्या रहेको छ । यसभित्र हजारौं किसिमका जाति, जनजातिहरु रहेका छन् । तर ती सबै एउटै आधुनिक मानव जाति होमे स्यापियन्स् भित्र पर्दछन् । बैज्ञानिकहरुले सुरुमा होमो स्यापियन्स्को उदय युरोपबाट भएको हो भनि मानेका थिए । तर करिब ५० हजार बर्ष पुराना होमो स्यापियन्स्का जीवावशेषहरु दक्षिण अफ्रिकाको क्लासिज नदीको मुखनेरको गुफामा भेटिएपछि त्यो कुरो गलत सावित भयो । अहिले बैज्ञानिकहरु अफ्रिकी देश इथियोपियाको ओमो भन्ने ठाउँमा भेटिएको होमो स्यापियन्स्का जीवावशेष नै सबैभन्दा पुरानो हो भन्ने मान्दछन् । यसरी बाँदरबाट पहिलो मानव पुर्खाको उद्गमदेखि आधुनिक मानव होमो स्यापियन्स्सम्म पनि सबै मानव पुर्खाहरु अफ्रिकामा नै उदय भएका हुन् भन्ने पुष्टी हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies