Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

उहिले यसरी खिचिन्थ्यो फोटो

\"history-of-photography-750\" पहिला–पहिला मानिसहरु कुनै व्यक्तिको तस्वीर उतार्नु प¥यो भने हातैलै उसको आकृति कागज वा कपडामा उतार्थे । यसमा जुन व्यक्तिको चित्र तयार पार्नुपर्ने हो, त्यो व्यक्ति कलाकारको अगाडि घन्टौंसम्म पनि एउटै मुद्रामा बसिरहनुपथ्र्यो । उक्त कार्य कठिनमात्र नभएर झर्कोलाग्दो पनि हुन्थ्यो । यसरी बनाइएको आकृतिमा लियोनार्दो द भिन्सीले बनाएको मोनालिसाको तस्वीर विश्व प्रख्यात छ । तर, जब समय बित्दै गयो, मानिसहरुले प्रकृतिमा घटेका सुक्ष्म घटनालाई पनि गहन अध्ययन गर्दै त्यसको विश्लेषण गर्न थाले । एघारौं शताब्दीताका मानिसले यदि कुनै अँध्यारो कोठामा एउटा सानो छिद्रबाट मात्र प्रकाशलाई भित्र छिर्न दिइयो भने त्यो प्रकाश परेको अर्को भित्तामा बाहिरको हल्का दृश्य देखिन्छ भन्ने कुरा थाहा पाए । त्यस्तो कोठाजस्तो उपकरणलाई क्यामेरा ‘अब्सक्युरा’ भनिन्थ्यो । [caption id=\"attachment_50759\" align=\"aligncenter\" width=\"750\"]\"पहिलो पहिलो डिजिटल फोटो[/caption] त्यसपछिका वर्षहरुमा त्यसमा पोख्त व्यक्तिहरुले एउटामात्र प्वाल भएको बक्स क्यामेरा अब्सक्युराको ढाँचामा निर्माण गरे । उनीहरुले खाली प्वालको साटो लेन्स प्रयोग गरे । जसले गर्दा चित्र स्पष्ट देखिन्थ्यो । तर, यस उपकरणको सहायताले तयार पारिएको आकृतिलाई पछिसम्म राख्न सकिँदैनथ्यो । सन् १७२७ मा प्रख्यात वैज्ञानिक जोहान हेलरिक स्कुल्जले एउटा नौलो तथ्य पत्ता लगाए । परीक्षणमा उनले चक, चाँदी र नाइट्रिक एसिड मिसाएर राखेको सिसीको मिश्रण प्रकाशको सम्पर्कमा आउँदा कालो भएको पाए । त्यस्तै, सन् १८२६ मा अर्का वैज्ञानिक जोसेफ नाइसफोर निप्सेले एउटा कागजलाई प्रकाश संवेदनशील रसायनमा डुबाएर क्यामेरा अब्सक्युरा अर्थात् अँध्यारो बक्सभित्र राखेर उक्त उपकरणलाई झ्यालमा राखे । त्यसको परिणामस्वरुप उनले उक्त कागजमा झ्यालबाहिरको दृश्यको हल्का आकृति उत्रिएको पाए । त्यो आकृति सम्भवतः विश्वकै पहिलो सुरक्षित ‘फोटोग्राफिक’ आकृति थियो । [caption id=\"attachment_50761\" align=\"aligncenter\" width=\"750\"]\"संसारको संसारको पहिलो रंगीन फोटो[/caption] निप्सेले गरेको महान् उपलब्धिको एउटा नराम्रो पक्ष भनेको उनको फोटो नेगेटिभ हुनु हो । अर्थात् आकृतिमा भएको सबै सेतो कालो तथा सबै कालो सेतो हुने गथ्र्यो । त्यसपछि लुइस ड्यागुइरेले निप्सेको फोटोको कालो भाग सेतो र सेतो भाग कालो अर्थात् पोजेटिभ आकृति बनाउन सफल भए । तर, जब उनले त्यो फोटो प्रकाशमा ल्याएर हेर्थे एकछिनपछि उक्त आकृति कालो हुँदै जान्थ्यो । लगातार परीक्षण गर्दै जाँदा सन् १८३७ मा उक्त बनेको आकृतिलाई बिग्रन नदिन ‘पिक्सर’ भन्ने रासायनिक संयन्त्र पत्ता लगाए । त्यो प्रविधिबाट बनेको फोटो आकृतिलाई ‘ग्यागुइरियो टाइप’ भनिन्थ्यो । \"process2_large-2-750\" १९ औं शताब्दीको आगमनसँगै फोटोग्राफीमा नौला–नौला प्रयोग परीक्षणहरु भए । यसको सुरुताका सिसाको पातलो पत्तामा प्रकाश सम्वेदनशील रसायनको लेप लाएर सफा, स्पष्ट, र पोजेटिभ आकृति बनाइन्थ्यो । यसैक्रममा सन् १८७० मा जर्ज इस्टम्यानले कागजमा रसायनको लेप लगाएर बेर्दै तस्वीर लिन मिल्ने फिल्म तयार गरेर सिसाको पत्तामा आकृति बनाउने पद्धतिलाई पछि धकेलिदिए । त्यसपछि सन् १८८८ मा इस्टम्यानले पहिलो आधुनिक, हल्का र सजिलै बोकेर हिँड्न मिल्ने कोडाक क्यामेरा बनाए । २०औं शताब्दीमा आएर क्यामेराको ठूलो विकास र प्राविधिक उन्नति भयो । २०औं शताब्दीमा रंगीन फोटोको निर्माणका लागि फोटोग्राफिक फिल्ममा रसायनहरुको विभिन्न तह राखिएका हुन्छन् । जुन छुट्टाछुट्टै रुपमा रातो हरियो र नीलो रंगप्रति संवेदनशील हुन्छन् । त्यसले गर्दा सबै रंगका तस्वीरहरु बन्न सक्छन् । तर, हिजोआज जति पनि फोटोसम्बन्धी प्रविधिहरु छन्, ती सबैको सैद्धान्तिक आधार एउटै छ, त्यो हो निप्सेले बनाएको पहिलो फोटोग्राफिक आकृति । फोटोग्राफी भन्नाले कुनै वस्तुको आकृति क्यामेराको सहायताले फिल्म वा त्यस्तै मिल्दो वस्तुमा उतार्नु बुझिन्छ । फिल्मलाई प्रकाश संवेदनशील रसायनद्धारा लेपन गरिएको हुन्छ । जुन विशेष गरी चाँदीको लवण हुन्छ । जस्तै ‘सिल्भर ब्रोमाइड’ । क्यामेराको लेन्सबाट भित्र पसेको प्रकाशले फिल्ममा भएको सिल्भर ब्रोमाइडको सुक्ष्मदानामा उत्तेजना पैदा गर्दछ । जसको मात्रा त्यसमा परेको प्रकाशमा निर्भर गर्दछ । ‘डेभलपिङ’ गर्दा उत्तेजित दानाहरु कालो रंगमा परिणत हुन्छन् । त्यसैले प्रकाश बढी परेको भाग कालो देखिन्छ । सिल्भर ब्रोमाइड प्रकाशतिर संवेदनशील भएकोले बाँकी उत्तेजित नभएका सुक्ष्मदानाहरुलार्ई हटाउनुपर्छ नभए पूरै फिल्म नेगेटिभ कालो हुन जान्छ । त्यसैले यी दानाहरुलाई अझ बिग्रन नदिन ‘सोडियम थायोसल्फेट’को कडा घोलमा फिल्मलाई धोइन्छ । यस प्रक्रियालाई ‘फिक्सिङ’ भनिन्छ । जसको फलस्वरुप नेगेटिभ बन्दछ । यसबाट पोजेटिभ आकृति बनाउनका लागि नेगेटिभलाई प्रकाश संवेदनशील कागजको माथि राखि प्रकाशको कडा पुञ्ज पारिन्छ र नेगेटिभ जसरी नै ‘प्रोसेसिङ’ गरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies