Khabar Dabali २७ मंसिर २०८१ बिहीबार | 12th December, 2024 Thu
Investment bank

मुलुकलाई शान्ति र अहिंसा चाहिएको छ – कोइराला

काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा अहिले सत्य, शान्ति र अहिंसाको आवश्यकता रहेकाले बौद्ध धर्मावलम्बीलाई शान्ति र अहिंसाको सन्देश फैलाउन आग्रह गरेका छन् । बौद्ध धर्मका प्रसिद्ध तीर्थस्थलको भ्रमणपछि भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको बौद्ध दर्शन प्रवद्रन तथा गुम्बा विकास समितिका पदाधिकारी एवम् धर्मगुरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले गौतम बुद्धको जन्मभूमि नेपालमा यतिखेर द्वन्द्व, हिंसा र विवाद नभई अहिंसा, शान्ति र सहमतिको आवश्यकता रहेको बताए । “मुलुकमा सधैँ आन्दोलन मात्र भएकाले गरिबी, अभाव र दुःख हट्न सकेन, “प्रधानमन्त्री कोइरालाले भने, “अहिले जनताले शान्ति, अमनचयन र समृद्धि खोजेकाले कसैले पनि आन्दोलन गर्न हुँदैन ।” नयाँ बन्ने संविधानले मात्र विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने र सबै जातजाति, धर्म, लिङ्ग, क्षेत्र र वर्गका हकअधिकारलाई सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबैको सहयोगको अपेक्षा गरे । सो भेटमा समितिका पदाधिकारीले वार्षिक कार्यक्रम ‘३९औँ बौद्ध दर्शन अध्ययन भ्रमण कार्यक्रम’को अनुभव सुनाउँदै गुम्बा, विहार, छ्योर्तेन, कोइबोलगायत ऐतिहासिक धरोहरको सम्वद्र्धन र संरक्षणसम्बन्धी ऐन कानुनको निर्माणलगायत माग गरेका थिए । समितिका कार्यकारी निर्देशक नरेन्द्रकुमार गुरुङले बौद्ध शिक्षासम्बन्धी पर्याप्त शैक्षिक सामग्री एवम् अनुदानको व्यवस्था हुनुपर्ने, गुम्बाका जग्गा तत्काल गुम्बाको नाउँमा कायम हुनुपर्नेलगायत माग गर्दै मुलुकमा ६१ जिल्लाका दुई हजार १९२ गुम्बा समितिमा दर्ता भएको र करिब चार हजार गुम्बा समितिमा दर्ता गर्न बाँकी रहेको जानकारी गराए । सरकारले ३९ वर्षदेखि नेपालका ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक महत्वका गुम्बाविहार, बहाल, बहिल, तथा छ्र्योतेनको संरक्षण र सम्वद्र्धनका लागि लामा, भिक्षु धर्मगुरुलाई भ्रमणको व्यवस्था मिलाउँदै आएको छ । बुद्धको जन्मथलो लुम्बिनीलगायत भारतका बोधगया, सारनाथ, कुशीनगर, लुदुकवा, सुजता, कुटी, गया, वैशाली, राजगीर, नालन्दालगायत प्रसिद्ध तीर्थस्थलको भ्रमण गरेको सा टोलीमा १६ जिल्लाका २१ लामा एवम् आनी र समितिका कर्मचारीको सहभागिता थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy