Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

\"Safकाठमाडौँ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली बङ्गलादेशको ढाकामा हुने मैत्रीपूर्ण खेल खेल्न आज त्यसतर्फ प्रस्थान गरेको छ ।

आगामी पुस २ गते हुने उक्त मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली उतैबाट साफ च्याम्पियनसिपका लागि भारतको केरला प्रस्थान गर्ने आज यहाँ आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । साफ च्याम्पियनसिप भने आगामी पुस ८ गतेदेखि सञ्चालन हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल आगामी पुस ८ गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल पुस १२ गते आयोजक भारतसँग खेल्नेछ ।

नेपाली टोलीलाई एन्फा अध्यक्ष श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्यसचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ गरे कार्यक्रममा राष्ट्रिय फुटबल टोलीका कप्तानको जिम्मेवारी पाएका अनिल गुरुङले साफ च्याम्पियनसिपमा नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सले प्रतियोगितामा राम्रो नतिजा ल्याउने बताउनुभयो । नेपालले सन् १९९३ मा तेस्रो स्थान हासिल गरेयता अहिलेसम्म फाइनल चरणसम्म पनि पुग्न सकेको छैन ।

प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्तान, माल्दिभ्स, भुटान श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । समूह ‘ए’ मा परेको नेपाल शीर्ष दुईभित्र पर्नसके सेमिफाइनलको यात्रा तय गर्नेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending