Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

अब गुड्छ पानीबाट मोटरसाइकल !

\"water_use_bike_404095751-750\"   एजेन्सी । पेट्रोलको हाहाकारमा तपाईले महिनौ भईसक्यो होला मोटरसाइकल कुदाउन नपाउनु भएको । अब चिन्ता नगर्नुहोस्, तपाईँको समस्यालाई समाधान गर्न भारतका एक विद्यार्थीले तपाईँलाई आश्चर्यमा पार्ने प्रविधिको विकास गरेका छन् । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार त्यहाँको चन्डीगढको सेक्टर (२२ मा रहेको सरकारी मोडल स्कुलका १० कक्षाका एक विद्यार्थीले पानीबाट मोटरसाइकल चल्ने प्रविधिको विकास गरेका हुन् । १० कक्षामा अध्यननरत छात्र नित्याशिष भण्डारीले भौतिक विज्ञानका शिक्षक अजय गुप्ताको निगरानीमा पानीबाट मोटरसाइकल गुड्ने प्रविधिको विकास गरेका हुन् । उनले निर्माण गरेको प्रविधिको भारतीय सरकारले गरेको एक प्रदर्शनीमा समेत उनले राखिसकेका छन् । नित्यले बनाएको यो सानो भाँडोलाई आफ्नो मोटरसाइकलमा पनि जोडेका छन् । यो भाँडोमा दुई लिटर भन्दा बढी पानी अट्दैन । उनले मोटरसाइकल पानीबाट कुदाउन लिए अक्सी हाइड्रोजन सेलको तीनवटा इन्जिनमा फिट गरेका छन् । जसले पानीलाई अक्सी हाइड्रोजन ग्यासमा बदलिदिन्छ । पानीबाट चल्ने मोटरसाइकल स्टार्ट गर्न भने पेट्रोलकै आवश्यकता पर्छ । मोटरसाइकल स्टार्ट भएपछि तुरुन्तै ग्यासले काम गर्न थाल्छ । त्यपछि इन्जिनमा जति ग्यास उत्पन्न हुन्छ, त्यति नै खर्च भइरहन्छ । नित्याशिषले यो भाँडोलाई कारमा समेत लगाउन सकिने बताएका छन् । जसले साना कार सजिलै चल्न सक्छन् । यो भाँडाको अर्को खास कुरा भनेको पिउने पानीकै जरुरी पर्दैन । यसलाई चलाउन समुद्री पानी या डिस्टिल वाटर पनि प्रयोग गर्न सकिन्छ । यो मोटरसाइकल समुद्री पानीबाट २ सय ५० किलोमिटर सम्म गुड्न सक्छ । पेट्रोलले चल्ने मोटरसाइकलको इन्जिन चल्दा धुवाँ निक्लन्छ भने यो भाँडा हालिएको बाइकको साइलेन्सरबाट पानी निस्कन्छ । यो प्रविधि सफल भएमा वातावरण प्रदुषित हुनबाट समेत जोगिने बताइन्छ । नित्यले यो भाँडो तयार पार्न एक हजार ९ सय भारतीय रुपैयाँ खर्च गरेका थिए । यो प्रविधि जडान गरेको मोटरसाइकलको गति ५० किलोमिटरसम्म हुने बताइएको छ । भाँडोमा हालिएको पानी सकिएमा पानीमात्रै बदल्नुपर्छ । पेट्रोलको आवश्यकता पर्ने छैन । तर यो भाँडोमा दुई लिटर भन्दा बढी पानी अट्न सक्दैन । नित्यले यसअघि सोलार एयर कन्डिसन समेत बनाइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies