Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

यी हुन् भूकम्प पीडितलाई सरकारले बनाइदिने घरका नमूना

काठमाडौं । सरकारले भूकम्प पीडितहरुका लागि भूकम्प प्रतिरोधी ९ वटा घरका नमूना सार्वजनिक गरेको छ । घर बनाउन सरकारले दिने २ लाख रुपैयाँ अनुदान रकमबाट आफूलाई मन पर्ने नमूना रोजेर भूकम्प पीडितहरुले घर बनाउन सक्नेछन् । यदि २ लाख रुपैयाँ भन्दा बढी रकम लागेमा घरधनी आफैले ब्यहोर्नुपर्ने छ । शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियरहरुले खासगरी ग्रामीण क्षेत्रलाई लक्षित गरी तयार पारेका घरहरुका नमूना र विशेषता यसप्रकार छन् ।

नमूना नम्बर १

\"House-Model-No.-1\"यो भुइँतला मात्र भएको घर हो । यसमा करिब साढे दुई मिटर चौडाइ र साढे ४ मिटर लम्बाइका दुईवटा कोठा हुन्छन् ।

त्यस्तै डेढ मिटर चौडाइ र साढे ६ मिटर लम्बाईको बरण्डा हुन्छ ।

३ देखि ५ जनाको परिवारका लागि यो घर उपयुक्त हुने बताइएको छ ।

यस्तो घर बनाउँदा ढुंगाको गारोमा हरेक २–२ फिटमा सिमेन्टको बेस राखिएको छ ।

यो घर बनाउन २४ घनमिटर ढुंगा, १ सय ४१ बोरा सिमेन्ट र २४ घनमिटर बालुवा, ९ घनमिटर गिट्टी, २.२ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता लाग्नेछ ।

नमूना नम्बर २

\"House-Model-No.-2\"यो दोस्रो नमूना घरमा पनि भुइँतल्ला मात्र छ ।

यो घर १ देखि ३ जनासम्म सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ ।

यसभित्र साढे २ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइको एउटा कोठा हुन्छ ।

२.८५ मिटर चौडाइ र साढे ४ मिटर लम्बाइ भएको वरण्डा पनि हुन्छ ।

यो घर बनाउन २५ घनमिटर ढुंगा, ९२ बोरा सिमेन्ट, १४ घनमिटर बालुवा, ९ घनमिटर रोडा, करिब २ घनमिटर काठ र साढे ३ वण्डल जस्तापाता आवश्यक पर्छ ।

नमूना नम्बर ३

\"House-Model-No.-3\"

यो दुई तले घर हो । यो घर ४ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुने बताइएको छ ।

यसमा भुइँतला र माथिल्लो तलामा २–२ वटा कोठा हुन्छन् ।

यसका कोठाहरु २.६५ मिटर चौडाइ र ४.३ मिटर लम्बाइका हुन्छन् ।

भुइँतलाको वरण्डा भने डेढ मिटर चौडाइ र ६.३५ मिटर लम्बाइको हुन्छ ।

यो घर बनाउन ४८ घनमिटर ढुंगा, १ सय ८७ बोरा सिमेन्ट, २९ घनमिटर बालुवा, १० घनमिटर रोडा, साढे ४ घनमिटर काठ र झण्डै ५ बण्डल जस्तापाता खर्च हुन्छ ।

नमूना नम्बर ४

\"House-Model-No.-4\"यो दुई तले घर ३ देखि ७ जना सदस्य भएको परिवारका लागि उपयुक्त हुन्छ ।

यसको भुइँतला र माथिल्लो तलामा ३–३ वटा कोठा हुन्छन् ।

बरण्डा पनि भुइँतला र माथिल्लो तलामा हुन्छ ।

दुईवटा कोठा ३ मिटर लम्बाइ र ३ मिटर चौडाइका हुन्छन् ।

एउटा कोठा र बरण्डा २.१ मिटर चौडाइ र ३ मिटर लम्बाइको हुन्छ ।

यो घर बनाउन ७२ घनमिटर ढुंगा, २ सय बोरा सिमेन्ट, ४० घनमिटर बालुवा, १० घनमिटर रोडा, ११ सय ४१ किलो रड, साढे ४ वण्डल जस्तापाता र साढे ४ घनमिटर काठ आवश्यक पर्ने बताइएको छ ।

नमूना नम्बर ५

\"House-Model-No.-5\"यो दुईतले घर हो । यो घर ८ देखि १० जना सदस्य भएका परिवारका लागि उपुक्त हुन्छ ।

यसको दुबै तलामा दुई–दुई वटा कोठा र वरण्डा हुन्छन् ।

कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका हुन्छन् ।

वरण्डा भने ७.८ मिटर लामो र १.२१ मिटर चौडाइको हुनेछ ।

यो घर बनाउन ८६ घनमिटर ढुंगा, ३ सय ११ बोरा सिमेन्ट, ४८ घनमिटर बालुवा, २६ घनमिटर रोडा, १७ सय ९२ किलो रड, करिब ३ घनमिटर काठ र साढे ४ बण्डल जस्तापाता आवश्यक पर्छ ।

नमूना नम्बर ६

\"House-Model-No.-6\"यो पनि दुई तले घर हो । ८ देखि १० जनाको परिवारका लागि लक्षित गरी यसको डिजाइन गरिएको छ ।

यसको दुई तलामा २–२ वटा कोठाहरु ३.२२५ मिटर लम्बाई र ३.१५ मिटर चौडाइका हुन्छन् ।

यसको दुबै तलामा वरण्डा पनि निकालिएको छ । बरण्डाको लम्बाई ७.३ मिटर र चौडाई १.२५ मिटरको छ ।

यस्तो घर बनाउन ३८ घनमिटर ढुंगा, २ सय ५३ बोरा सिमेन्ट, ४९ घनमिटर बालुवा, ८ घनमिटर रोडा, साढे ५ घनमिटर काठ, साढे ४ बण्डल जस्तापाता र ७ सय ३ किलोग्राम रड आवश्यक पर्ने बताइएको छ ।

नमूना नम्बर ७

\"House-Model-No.-7\"यो साढे दुई तलाको घरको नमूना हो ।

तलका दुईवटा तलामा २.७ मिटर लम्बाई र त्यति नै चौडाइ भएका तीन–तीनवटा कोठा हुन्छन् ।

भुइँतला र माथिल्लो तलाको बरण्डा ६.५५ मिटर लम्बाई र १.१ मिटर चौडाइको हुनेछ ।

तेस्रो तलामा पनि केही खाली ठाउँ राखिएको छ ।

यस्तो घर बनाउन १ सय ३८ घनमिटर ढुंगा, ३ सय ६ बोरा सिमेन्ट, ५९ घनमिटर बालुवा, ११ घनमिटर रोडा, साढे ६ घनमिटर काठ, साढे ५ वण्डल जस्तापाता र ८७८ किलोग्राम रड आवश्यक पर्नेछ ।

नमूना नम्बर ८

\"House-Model-No.-8\"यो पनि साढे २ तलाको घरको नमूना हो । भूकम्प प्रतिरोधीहरुका लागि गाउँघरमा नै पाइने सामाग्रीको प्रयोग गर्न मिल्ने गरी बनाइएको डिजाइनमध्ये यो सबैभन्दा महंगो डिजाइन हो ।

यसमा ढुंगाको गारोमा आरसिसी स्ल्याब राखिएको छ ।

यसका दुईवटा तलामा दुईवटा कोठा र बरण्डा तथा माथिल्लो तलामा छत छ ।

यो घरमा कोठाहरु ३.३ मिटर लम्बाई र २.७ मिटर चौडाइका हुनेछन् ।

वरण्डा पनि ३.३ मिटर लम्बाई र २.१ मिटर चौडाइको हुनेछ ।

यस्तो घर बनाउन १ सय ३२ घनमिटर ढुंगा ५ सय ४ बोरा सिमेन्ट, ८१ घनमिटर बालुवा, ३१ घनमिटर रोडा, २ घनमिटर काठ र २८१४ किलोग्राम रड आवश्यक पर्दछ ।

नमूना नम्बर ९

\"House-Model-No-9\"शहरी विकास तथा भवन निर्माण विभागले अर्को एउटा घरको नमूना पनि बनाएको छ । माटो र ढुंगाको जडानबाट बनाउन सकिने एकतले घरको यो नवौ नम्बरको नमूना हो ।

यो घरमा तीनवटा कोठा र वरण्डा हुनेछन् । ३ मिटर लम्बाई र ३ मिटर चौडाइका दुईवटा कोठा यो घरमा हुन्छन् ।

अर्को एउटा कोठा र वरण्डा ३ मिटर लम्बाई र २.१ मिटर चौडाइको बनाउन सकिन्छ । यसमा माथिल्लो तलामा पनि थोरै खाली ठाउँ छ ।

यो घर बनाउन ५६ घनमिटर ढुंगा, ४१ घनमिटर माटो, साढे ७ घनमिटर काठ र १ सय ६१ वर्गमिटर स्लेट आवश्यक पर्ने विभागका इन्जिनियरहरु बताउँछन् ।

यो पनि पढ्नुस्

भूकम्प पीडितले घर बनाउन २ लाख अनुदान पाउने

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies