Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मनोज गजुुरेल भन्छन्, ‘हास्यकलाकारसँग केटीहरु नजिक पर्नै डराउँछन्’

\"IMG_3609-750\" काठमाडौं । नेपाली हास्यब्यङ्ग्य क्षेत्रमा सुपरिचित नाम हो मनोज गजुरेल । हास्यब्यङ्ग भित्र राजनैतिक विचार घुसाएर व्यङ्ग्य गर्न सिपालु गजुरेलको बारेमा  धेरैलाई लाग्न सक्छ, सबैलाई हँसाएर चर्चामा रहेको कलाकारको पछि केटी निकै होलान् । तर उनले केटीहरु नजिक हुनै नचाहेको तथ्य खुलासा गरेका छन् । लभ गरेरै विहे गर्न सफल गजुरेलको नजिक केटीहरु पर्नै डराउँने गरेको उनले बताए । उनले भने, “खासमा मसँग केटीहरू नजिक हुनै डराउँछन् । कुराकानीका क्रममा थाहा पाएको छु, अधिकांश हास्यव्यंग्य कलाकारले मेरै अवस्था भोगेका रहेछन् । मन पराउने फ्यान केटी त धेरै भए, तर नजिक हुन सबै नै डराए । कुनै मोडमा मसँग नजिक हुन खोजेजस्तो गर्ने, तर फेरि डराउने केटीहरूको मनोविज्ञान बुझ्दा दुईवटा कारण पहिल्याएको छु ।” \"maxresdefault-750\" उनले हास्य कलाकारहरुसँग नजिक हुन डराउनुको दुइवटा कारण यसरी खोले, “ फ्यानहरूलाई केवल हाँसो नै हो भन्ने पर्दो रहेछ । कोही केटी नजिक भएर ‘तपाईं मन पर्छ’ भनिन् र मैले ‘ओके’ भनेँ भने पनि तिनले हाँसोमा उडाएजस्तो ठान्ने रहिछिन् । त्यस्तै, कुनै वेला आफैँले कोही केटी मन पराउँदा पनि विश्वास दिलाउन नसकिएका घटना छन् । मैले ‘सिरियस’ कुरा गरे पनि उनीहरूले जोक ठानिदिए ।” उनले केटीहरू नजिक हुन डराउनुको कारण हास्य व्यङ्ग्य पेसा रहेको बताए ।  केटीहरुसँग सिरियस कुरा ग¥यो भने हाँसो–मजाककै रुपले लिने गरेको उनी बताउँछन् । हास्य कलाकारसँगको सम्बन्ध गोप्य रहन सक्दैन भन्ने डरले नै केटीहरूले विश्वास नगरेको मनोविज्ञान उनले पाएको बताए । जोकरसँगका सबै कुरा जोक नै हुन्छन् भन्ने सोचाइ अधिकांश केटीको हुने गरेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies