Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

अनौठो माया : ५६ वर्षदेखि ओछ्यानमा थलिएकी श्रीमतीको हेरचाह गर्दै ८४ वर्षे एक वृद्ध

\"1155917193_1450582114\"हिन्दी चलचित्र माझीमा श्रीमतीको दुर्घटनाबस पहाडबाट लडेर मृत्यु भएपछि उनैको सम्झनामा २२ वर्षसम्म पहाड फोडेर बाटो बनाएको कथा हामी हे¥यौं । त्यस्तै अनौठो कथा एक चिनिया जोडीको रहेको छ । जहाँ एक ८४ वर्षे बृद्ध ५३ वर्ष देखि ओछ्यानमा थलिएकी आफ्नो श्रीमतीको हेरचाह गरिरहेका छन् । वास्तव मै प्रेम अचम्मको छ । माया प्रेमका लागि गरिने बाचाहरु धेरै धेरै सुन्ने गरेका छौं । तर वास्तविक जीवनमै लागु गर्ने एकदमै थोरै मात्र मानिसहरु हुन्छन् । भनिन्छ प्रेम भनेको प्राप्ति मात्र होइन् समर्पण पनि हो र यही भनाईलाई शिरोधार्य गरेर केही मानिस प्रेम प्राप्तिका लागि पुरै जिन्दगी समर्पण गर्ने गर्छन् ।   तर, यहाँ एक वृद्धले रेकर्ड कायम गर्दै प्रेम प्राप्तिका लागि अहिलेसम्म आफ्नो जीवन श्रीमतीका नाममा समर्पण गरेका छन् । चीनका ८४ वर्षीय दू युआंफा अहिले पनि आफ्नो जीवन श्रीमतीकै लागि खर्चिरहेका छन् । उनी पछिल्लो ५६ वर्षदेखि बिस्तरामा प्यारालाइसिसका कारण थलिएकी आफ्नी पत्नी जोउ यूआईको हेरचाह गरिरहेका छन् । २० वर्षको उमेरमा उनकी पत्नीको पुरै शरीर नचल्ने भएको थियो ।   जागिर पनि छाडिदिए युआंफा यतिका वर्षदेखि मात्र आफ्नी श्रीमतीको हेरचाँह गरिरहेका छन् । जोउको हेरचाँहमा उनले कुनै कमी गरेका छैनन् । त्यसकारण उनले आफ्नो जागिर पनि छाडिदिए । पूर्वी चीनको सुनजियाऊमा बस्दै आएका युआंफाले पत्नी थला परेको केही महिनापछि १९५९ मा बतौर कोइला खानीबाट जागिर छाडेका थिए । पाँच महिना अघि मात्रै विवाह भएको जून समयमा जोउ थला परिन् त्यो समयभन्दा पाँच महिना पहिला मात्रै दुबैको विवाह भएको थियो । युआंफा नजिकैको सहर ताइआनमा कोइला खानीमा काम गरिरहेका थिए र त्यही बेला उनको नाममा एउटा चिट्ठी आयो । जसमा उनकी पत्नीको स्वास्थ्य अवस्था ठीक नभएको र बिस्तराबाट उठ्न सकिरहेकी छैनन् भनेर लेखिएको थियो । जब उनी घर पुगे तब उनले थाहा पाएकी जोउको पूरै शरीर थला परेको छ र उनी आफ्नो हातले कुनै पनि सामान उठाउन सक्दिनन् । युआंफालाई डाक्टरले बताए की उनकी पत्नी अब पुरै जिन्दगी बिस्तराबाट उठ्न सक्ने छैनन् । जब जोउको पुरै शरीरले काम गर्न छाड्यो त्यसपछि युआंफाले पुरै जिन्दगी पत्नीको हेरचाहमा समर्पण गर्ने निर्णय लिए ।   दोस्रो विवाह गर्न साथीहरुको प्रस्ताव अस्विर साथीहरुले दोस्रो विहे गर्न र जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउन दिएको सुझाव उनले मानेनन् । त्यसपछि उनले आफ्नो जागिर छाडेर दिन–रात पत्नीको हेरचाहमा लागे ।   पत्नीको उपचारका लागि युआंफाले के–के मात्रै गरेनन् ? आफ्नो र पत्निको पेट भर्न पछिल्लो ६ दशकदेखि युआंफा खेतीकिसानी गरिरहेका छन् । उनी जोउलाई आफै खाना खुवाउछन् । उनको बेड बदल्छन्, कपडा बदल्छन् र हरेक सानो–सानो कुराको ख्याल राख्छन् युआंफा । उनले पत्नीलाई ठीक पार्न र उपचारका लागि धेरै उपाय अपनाए, कैयौं आयुर्वे्दिक औषधि खुवाए, डाक्टर र अस्पतालहरु पुगे तर, सफल भएनन् । आज पनि यदि उनलाई पत्नीको रोग ठिक गर्ने उपाय बताए युआंफा पहाड़ सम्म पुगेर आफै जडीबुटी खोज्न पुग्छन् । र पहिला आफू चाखेर फेरि श्रीमतीलाई खुवाउँछन् । किनकि जडीबुटीमा विषादी हुनसक्छ ।   छिमेकी र स्थानीय प्रशासनको पनि सहयोग युआंफाले आफ्ना छिमेकीलाई यति प्रभावित पारेका छन् कि हरेक मानिस उनलाई सहयोग गर्न चाहन्छन् । छिमेकी र मित्रहरु अधिकांश घरमा आवश्यक सामाग्री र औषधि बोकेर आउने गर्छन् । चीनको स्थानीय प्रशासनले पनि यो जोडीलाई चाँहिने अति आवश्यक आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यो जोडी प्रेममा त्याग कसरी गर्ने भनेर सिकाएको सरोकारवाला बताउँछन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies