Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

संविधान संशोधनमा कांग्रेस, एमाओवादी, मोर्चाको सहमति प्रयास असफल

\"barta\"काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ घटक एकीकृत नेकपा माओवादी र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शनिबार भएको वार्तामा संविधान संशोधनको विषयमा सहमतिको प्रयास खोजिएको छ । कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा द्विपक्षीय र त्रिपक्षीय गरी झण्डै पाँच घण्टा भएको छलफलमा संविधान संशोधनको विषयमा सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेको नेताहरुले बताए । यसअघि दर्जनौं पटक भएका वार्तामा जस्तै शनिवार पनि दलका नेताहरुले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । हरेक पटकको वार्ता सकारात्मक भएको बताउने गरेका नेताहरुले शनिवारको वार्ता पनि सकारात्मक भएको प्रतिक्रिया दिए । मधेस समस्या सल्टाउन भन्दै दलहरुले द्विपक्षीय तथा त्रिपक्षीय वार्ताहरु गर्दै आए पनि मुल मुद्दामा गम्भीर छलफल नभएको मोर्चाका नेताहरुले बताए । मधेसमा चार महिनाभन्दा बढी समयदेखि जारी आन्दोलन र मोर्चाको मागको विषयमा नै द्विपक्षीय र त्रिपक्षीय वार्ता केन्द्रित थियो । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले वैठक संविधान संशोधन विधेयककै बारेमा केन्द्रित भएको बताए । मोर्चाका नेता तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दा प्रमुख दलका नेताहरु गम्भीर नभएको बताए । मधेस मुद्दाहरु सम्बोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उनले बताए । मधेस आन्दोलन र सदनको आन्दोलन दुवै जारी राख्ने उनले बताए । वार्तामा कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मधेसी मोर्चाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्र यादव लगायतका नेताहरु सहभागी थिए । तीन दलको छलफल अघि कांग्रेस र मार्चाका नेताहरुबीच छुट्टै छलफल भएको थियो । आइतबार पुनः दलहरुले सहमति प्रयास जारी नै राख्ने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy