Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

राप्रपाको विवाद सल्टियो, चन्द बने अध्यक्ष

\"lokendra-bahadur-chand\"काठमाडौं । लामो समयपछि पार्टी नेतृत्वमा लुछाचुँडीमा रुमल्लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विवाद सल्टिएको छ । पार्टीको १९ महिना लामो विवाद नेता लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष सुम्पिएपछि टुंगिएको हो । राप्रपा नेता सूर्यबहादुर थापाको निधनपछि नेता चन्द र निवर्तमान अध्यक्ष पशुपति शमसेर राणाबीच चक्रिय प्रणाली अनुसार अध्यक्ष बन्ने सहमति भएको थियो । उक्त सहमतिमा थापा पुत्र सुनिल थापाले पनि सहमत भएका थिए । शनिवार बसेको राप्रपाको केन्द्रीय समिति बैठकले असन्तुष्ट खेमाको नेतृत्व गरेका नेता लोकेन्द्रबहादुर चन्दलाई अध्यक्षको जिम्मेवारी हस्तान्तण गरेपछि अव एकतावद्ध भइ अघि बढ्ने नेताहरुले प्रतिवद्धता जनाएका छन् । यसअघि नै भएको सहमतिअनुसार चन्दले अबको ६ महिना पार्टीको नेतृत्व सम्हाल्नेछन् । शनिवारको केन्द्रीय समिति बैठकमा दुवै पक्षका अधिकांश नेताहरुको सहभागिता थियो । केन्द्रीय समिति वैठकले अबको दुई अध्यक्षको पालो सकिएपछि डेढ वर्षमा अधिवेशन गर्ने निर्णय भएको छ । बैठकले १८ महिनापछि पार्टीको अधिवेशन गर्ने निर्णय भएको पार्टी प्रवक्ता किरण गिरीले जानकारी दिए । चक्रिय प्रणाली अनुसार अध्यक्ष बन्ने सहमति अनुसार अबको चन्दपछि नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी नेतृत्व सम्हाल्नेछन् । दुई वर्षअघिसम्म दुई छुट्टाछुट्टै अस्तित्वमा रहेका राप्रपाको २०७० सालमा एकता अधिवेशन भएको थियो । एकता महाधिवेशनमा चक्रिय प्रणाली अनुसार पार्टीको नेतृत्व लिने सहमति भएपनि कार्यान्वयन नभएको भन्दै चन्दले आफैलाई अध्यक्षको स्वघोषणा गरेका थिए । उनले लोहनी, ध्रुवबहादुर प्रधानलगायतका नेताहरुको साथ लिएर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy