Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

राजेन्द्र महतोको 'शंकास्पद छवि' यस्तो छ

\"Rajendra_mahato-400\"काठमाडौं । भारतले नेपालले बनाएको संविधान रुचाएन्, नाकाबन्दी गर्यो । उसको एउटै माग मधेसीमाथि अन्याय भयो भन्ने थियो । जब कांग्रेस, एमाले र एमाओवादी मधेसलाई सम्बोधन गर्नका लागि तीन बुँदे सहमति गर्दै तीन महिनाभित्र सीमांकन हेरफेर गर्न तयार भए लगत्तै भारतले समर्थन गर्यो ।   मधेसी मोर्चामा आवद्ध उपेन्द्र यादव, महन्थ ठाकुरहरु आश्वस्त भए र काठमाडौंका दुई पक्षीय तीन पक्षीय वार्तामा सहभागी भई राजनीतिक गतिरोधका लागि घोत्लिएका छन् । तर, कैलाली भदौमा जनता भड्काउनेदेखि तराई मधेसको आन्दोलनका शकास्दपद गतिविधि देखाउँदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई यी वार्ता र संवादमा रुची छैन ।   जब काठमाडौंमा निर्णायक हुने गरी वार्ता अघि बढ्छ तब राजेन्द्र महतोले तराईमा केही न केही हर्कत गरेकै हुन्छन् । वीरगञ्ज नाका होस् की, विराटनगर महतो सीमा पारी नै बस्छन् र नेपालपट्टी ढुंगा हान्छन् । भारतका बस्दा सजिलो हुने र उता खानेबस्ने व्यवस्था राम्रो हुने भएकोले उतै बसेर नेपालमा आन्दोलन गर्ने गरेको उनले सगर्व बताउँदै आएका छन् । शनिबार पनि उपेन्द्र र महन्थहरु कांग्रेस र एमाओवादीसँग मधेस आन्दोलनका लागि छलफलमा केन्द्रित भइरहेका बेला महतोले विराटनगर नाकामा उपद्रो मच्चाएका छन् ।   भारतले तीन दलको कदमलाई स्वागत गरी संविधान संसोधनले निकास दिने सार्वजनिक गरेपछि नाकामा अवस्था सहज हुदै गएको थियो तर, महतोको कमाण्डमा विराटनगरमा शनिबार भारतबाट आई ढुंगा हान्ने र नाकामा अवरोधको प्रयास भयो । प्रहरीले लाठिचार्ज गर्दा महतोको टाउकोमा उल्टै चोट लाग्न पुग्यो । आखिर यो महतो आफैंले निम्त्याएको परिणाम हो ।   उनी पनि वार्ता र संवादबाट तराई मधेसको आन्दोलन मत्थर गर्न चाहन्थे भने किन वार्तामा आउँदैनन् ? काठमाडौंको सट्टा किन उनलाई सीतामढी प्यारो हुन्छ ? आजकाल महतोमाथि तेर्सिने प्रश्न हो यो । पछिल्ला दुई तीन महिनादेखि महतो काठमाडौं आएकै छैनन् यस्तो हुनुको रहस्य आखिर के हो ? मोर्चाकै अरु नेता वार्ता र संवादमा बस्न हुने तर, महतोलाई यो सबैको जरुरत नहुने तर, वार्ता निर्णायक बन्दै जाँदा उनी किन एकएकवटा लफडा निम्त्याउँछन् ? अब मधेसी मोर्चामाथि प्रश्न छ, महतो मोर्चाभन्दा माथि छन् ? की अन्तैबाट उनी परिचालित छन् ।   महतोको यस्तै विवादास्पद हर्कतका कारण उनी बद्नाम बन्दै छन् भने यो बद्नामीमा मोर्चाको भूमिका र सन्देश के हो ? उपेन्द्र यादव र महन्थहरुले जवाफ दिनुपर्छ की पर्दैन ? महतोको अस्वभाविक हर्कतकै कारण काठमाडौंको सिनामंगलमा रहेको उनको घरमा झण्डै एक दर्जन प्रहरीले पहरा दिनुपरेको छ । आखिर उनीमाथि शंका नहुदो हो र सद्भाव हुन्थ्यो भने किन यस्तो जरुरत हुन्थ्यो ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies