Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

इन्धन तस्करी गरेर गुजारा चलाउँदै सिमा क्षेत्रका बासिन्दा

मोरङ । पछिल्लो तीन महिनायता इन्धनको तस्करी सबैभन्दा बढी मौलाएको छ । अघोषित नाकाबन्दीले पर्याप्त इन्धन नभित्रिँदा नेपालमा पेट्रोलमात्रै होइन खाना पकाउने ग्यास, डिजेलको अभावको मौका छोपेर इन्धनको तस्करी बढेको हो । मोरङ भाथिगछका दिलचन साहको दैनिकी फेरिएको दुई महिना भयो । उनको एकाएक कमाइ बढेको छ । भारतीय सीमावर्ती बुधनगरका मनिराम राजवंशीको पनि काम फेरिएको अढाई महिना भयो । उनीहरु बिहान ५ बजे उठेर डिजेलसहित अन्य इन्धन बोकेर विराटनगरतर्फ आउँछन् ।  उनीहरुजस्ता धेरै व्यक्तिले सीमावर्ती खरकट्टाबाट पेट्रोल, डिजेल, ग्यास खरिद गरेर विराटनगर ल्याई बिक्री गर्ने दैनिकी बनेको छ । बन्दअघि दिलचन घर बनाउने राजमिस्त्रीको काम गर्दथे । ‘लामो बन्दले भोकभोकै बस्नुपर्ने अवस्था आएपछि विकल्पका रुपमा डिजेलको व्यापार गर्न थालेको हुँ” –उनले भने । ‘केटाकेटीलाई भोकै राख्नु त भएन नि ।’ राजमिस्त्रीबाट दैनिक ५०० कमाइ हुन्थ्यो उनको। तर अहिले दैनिक चार हजारसम्म आम्दानी हुने गरेको छ । दिलचनले भने – ‘गर्न सके दैनिक रु चार हजारसम्म कमाइ हुन्छ ।’ घर निर्माणमा मात्रै होइन उद्योग कलकारखानाका मजदुरहरू पनि तेल तस्करीमा जमेर लागेका छन् । इन्धनको कारोबारमा संलग्न हरिनगराका गुद्रे हेमरमका अनुसार एक लिटरमा कम्तीमा रु २० नाफा हुन्छ । ‘दुईपटकमा २०० लिटर ल्यायो भने रु चार हजार दिनको कमाइ हुन्छ ’ – औँला भाँच्दै उनले भने– ‘आखिर काम गरेर खाँदा के बिग्रिन्छ, आम्दानी पनि राम्रै भइरहेको छ ।’ सीमावर्ती क्षेत्रमा प्रतिलिटर १०० मा डिजेल पाइन्छ । उनीहरूले विराटनगरमा १२० देखि १२५ प्रतिलिटरमा बिक्री गर्छन् । सो क्षेत्रमा दैनिक एक सयभन्दा बढी व्यक्तिले इन्धन ल्याउने गरेको बेचन टुडुको भनाइ छ । पेट्रोल प्रतिलिटर रु १४० मा बिक्री गर्छन् । विराटनगर बसपार्कमा इन्धन तस्करको हरेक दिन बिहान मेला नै लाग्ने गरेको पाइन्छ । कोही ग्यासको मोलमोलाइ गरिरहेका भेटिन्छन् भने कोही पेट्रोल, डिजेल र ग्यासको अर्डर लिइरहेका हुन्छन् । कोही राजधानी जाने रात्रिबसमा ग्यास र इन्धनका ड्रम लोड गरिरहेका भेटिन्छन् । यसरी आउने इन्धन राजधानीका साथै इटहरी, धरान, धनकुटासहित पूर्वी पहाडी जिल्लामा समेत लगिने गरेको छ । मङ्गलबारदेखि विराटनगरबाट यातायात सञ्चालन भएपछि तस्करीको इन्धन बाहिर पठाउन सहज भएको छ । स्थानीयवासी रोशनराज बाना भन्नुहुन्छ – “पैसा तिरेपछि जति पनि इन्धन पाइन्छ ।  केही समययता इन्धन खरिद–बिक्री गर्ने हाटबजारजस्तो देखिन थालेको छ विराटनगर बसपार्क । सिलिन्डरसहितको भरेको ग्यासको रु छ हजार ५०० सम्म लिने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending