NTC Banar
Khabar Dabali ११ चैत्र २०७९ शनिबार | 25th March, 2023 Sat

इन्धन तस्करी गरेर गुजारा चलाउँदै सिमा क्षेत्रका बासिन्दा

मोरङ । पछिल्लो तीन महिनायता इन्धनको तस्करी सबैभन्दा बढी मौलाएको छ । अघोषित नाकाबन्दीले पर्याप्त इन्धन नभित्रिँदा नेपालमा पेट्रोलमात्रै होइन खाना पकाउने ग्यास, डिजेलको अभावको मौका छोपेर इन्धनको तस्करी बढेको हो । मोरङ भाथिगछका दिलचन साहको दैनिकी फेरिएको दुई महिना भयो । उनको एकाएक कमाइ बढेको छ । भारतीय सीमावर्ती बुधनगरका मनिराम राजवंशीको पनि काम फेरिएको अढाई महिना भयो । उनीहरु बिहान ५ बजे उठेर डिजेलसहित अन्य इन्धन बोकेर विराटनगरतर्फ आउँछन् ।  उनीहरुजस्ता धेरै व्यक्तिले सीमावर्ती खरकट्टाबाट पेट्रोल, डिजेल, ग्यास खरिद गरेर विराटनगर ल्याई बिक्री गर्ने दैनिकी बनेको छ । बन्दअघि दिलचन घर बनाउने राजमिस्त्रीको काम गर्दथे । ‘लामो बन्दले भोकभोकै बस्नुपर्ने अवस्था आएपछि विकल्पका रुपमा डिजेलको व्यापार गर्न थालेको हुँ” –उनले भने । ‘केटाकेटीलाई भोकै राख्नु त भएन नि ।’ राजमिस्त्रीबाट दैनिक ५०० कमाइ हुन्थ्यो उनको। तर अहिले दैनिक चार हजारसम्म आम्दानी हुने गरेको छ । दिलचनले भने – ‘गर्न सके दैनिक रु चार हजारसम्म कमाइ हुन्छ ।’ घर निर्माणमा मात्रै होइन उद्योग कलकारखानाका मजदुरहरू पनि तेल तस्करीमा जमेर लागेका छन् । इन्धनको कारोबारमा संलग्न हरिनगराका गुद्रे हेमरमका अनुसार एक लिटरमा कम्तीमा रु २० नाफा हुन्छ । ‘दुईपटकमा २०० लिटर ल्यायो भने रु चार हजार दिनको कमाइ हुन्छ ’ – औँला भाँच्दै उनले भने– ‘आखिर काम गरेर खाँदा के बिग्रिन्छ, आम्दानी पनि राम्रै भइरहेको छ ।’ सीमावर्ती क्षेत्रमा प्रतिलिटर १०० मा डिजेल पाइन्छ । उनीहरूले विराटनगरमा १२० देखि १२५ प्रतिलिटरमा बिक्री गर्छन् । सो क्षेत्रमा दैनिक एक सयभन्दा बढी व्यक्तिले इन्धन ल्याउने गरेको बेचन टुडुको भनाइ छ । पेट्रोल प्रतिलिटर रु १४० मा बिक्री गर्छन् । विराटनगर बसपार्कमा इन्धन तस्करको हरेक दिन बिहान मेला नै लाग्ने गरेको पाइन्छ । कोही ग्यासको मोलमोलाइ गरिरहेका भेटिन्छन् भने कोही पेट्रोल, डिजेल र ग्यासको अर्डर लिइरहेका हुन्छन् । कोही राजधानी जाने रात्रिबसमा ग्यास र इन्धनका ड्रम लोड गरिरहेका भेटिन्छन् । यसरी आउने इन्धन राजधानीका साथै इटहरी, धरान, धनकुटासहित पूर्वी पहाडी जिल्लामा समेत लगिने गरेको छ । मङ्गलबारदेखि विराटनगरबाट यातायात सञ्चालन भएपछि तस्करीको इन्धन बाहिर पठाउन सहज भएको छ । स्थानीयवासी रोशनराज बाना भन्नुहुन्छ – “पैसा तिरेपछि जति पनि इन्धन पाइन्छ ।  केही समययता इन्धन खरिद–बिक्री गर्ने हाटबजारजस्तो देखिन थालेको छ विराटनगर बसपार्क । सिलिन्डरसहितको भरेको ग्यासको रु छ हजार ५०० सम्म लिने गरेका छन् ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page