NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

एमाओवादीसँग एकता गर्न किन मानेनन् वैद्यले ?

  prachanda_mohan baiddhyaकाठमाडौं । एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबीच हुने भनिएको एकता प्रक्रिया फेरि ओझेलमा परेको छ । पछिल्लो समय माओवादी विभाजनले गर्दा शक्ति कमजोर भएको ठहर गर्दै दुई माओवादीले एकताको पहल थाले पनि एकता प्रक्रिया फेरि ओझेलमा परेको छ । एकीकृत नेकपा माओवादीको पछिल्लो केन्द्रीय समिति वैठकले वैद्य माओवादीसँग एकता गर्ने म्याण्डेट दिएको छ भने वैद्य माओवादीले पनि एमाओवादीसँग तत्काल एकता गर्नका लागि अध्यक्ष वैद्यलाई नै अधिकार दिएको छ । तर क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले नै एमाओवादीसँग तत्काल एकता गर्न नमानेपछि एकता प्रक्रिया ओझेलमा परेको स्रोतले बताएको छ । विचारमै कुरा मिलेन नयाँ संविधान जारी भएपछि अब नयाँ कोर्षमा मुलुक अघि बढेको निश्कर्ष निकालेको वैद्य माओवादीको केन्द्रीय समितिले नै एमाओवादीसँगको एकता प्रक्रिया अघि बढाउने निर्णय गरे पनि वैचारिक रुपमै कुरा नमिलेपछि एकता प्रक्रियाले मुर्त रुप लिन नसकेको वैद्य माओवादीका नेताहरु बताउँछन् । एमाओवादीसँगको एकताका लागि आफूहरुले लिखित रुपमा नै ६ बुँदे प्रस्ताव पेश गरे पनि एमाओवादीले गम्भीरतापूर्वक नलिएको क्रान्तिकारी माओवादीका नेता देव गुरुङ बताउँछन् । वैचारिक रुपमा नै कुरा मिल्न नसकेकोले एकता प्रक्रिया अघि बढ्न नसकेको उनले स्पष्ट गरे । ‘पार्टी एकता हुने भनेर बाहिर हल्ला खल्ला मात्रै भएको छ’ वैद्य माओवादीका नेता गुरुङ भन्छन्, ‘एकताका लागि विचारको प्रश्न नै मुख्य हो । विचारको कुरा नै मिलिसकेको छैन भने कसरी एकता हुन्छ ?’ ‘उसले (एमाओवादी) गम्भीरतापूर्वक यो विषयलाई वर्कआउट गरेकै छैन,’ वैद्यका प्रभावशाली नेता गूङ भन्छन्, ‘दस्तावेजमा कहाँ सहमत, कहाँ असहमत भन्ने कुरा मुर्त रुपमा आउनु प¥यो नि ।’ Prachanda_baidhyaसमस्या दुबै माओवादीभित्र एकीकृत नेकपा माओवादी नयाँ संविधानसमेत जारी भइसकेको अवस्थामा जारी प्रक्रियाबाट पछि हट्न चाहेको छैन भने वैद्य माओवादी नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खाएको निश्कर्षमा छ । एकीकृत माओवादीले हेटौंडा महाधिवेशको निर्णय करेक्सन गर्नुपर्छ भन्नेमा वैद्य माओवादी छन् भने एमाओवादीले अहिलेकै प्रक्रियाबाट अघि बढ्नपर्ने बताउँदै आएको छ । ‘उहाँहरु जनवादी क्रान्ति नै पूरा भइसक्यो । अब समाजवादी क्रान्ति गर्ने हो भन्दै यही ब्यवस्थाको रक्षा गर्दै जाने भन्नुहुन्छ’, गुरुङ भन्छन्, ‘गणतन्त्र स्थापना हुनु सकारात्मक होला तर सिष्टम परिवर्तन भएकै छैन ।’ एकताका लागि युवा दबाब कायमै क्रान्तिकारी शक्तिहरु छिन्नभिन्न हुँदा माओवादी आन्दोलन नै कमजोर भएको भन्दै दुवै माओवादीका युवा नेताहरुले भने जसरी भए पनि पार्टी एकता गर्नुपर्नेमा पार्टी नेतृत्वलाई जोड दिँदै आएका छन् । विगतका कमजोरीहरुलाई सच्याउँदै पार्टी एकतावद्ध गरी अघि बढ्नपर्ने एकीकृत माओवादीका युवा नेताहरुको मत छ । वैद्य माओवादीका युवा नेताहरु पनि पार्टीले कुनै नयाँ योजना र विचार अघि सार्न नसकेकोले एकता गर्नुको विकल्प नभएको बताउँछन् । ‘माओवादी शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैन’, वैद्य माओवादीका युवा नेता रामदीप आचार्य भन्छन्, ‘नमिलेका कुराहरुलाई मिलाउँदै जाने गरी मिल्ने विन्दुबाट सहमति खोज्नुपर्छ ।’ सवालः नयाँ संविधान दुई माओवादीले एकतावद्ध भइ अघि बढ्नुको विकल्प नभएको भन्ने गरे पनि ब्यहारिक रुपमा एकता कठिन रहेको दुवै स्वीकार्छन् । ठूलो संघर्ष र त्यागबाट संविधानसभामार्फत नयाँ संविधान जारी गरिएकोले आफूहरुको ठूलो यो ठूलो उपलब्धी भएको एमाओवादीको ठहर छ । त्यसैले उसले प्राप्त उपलब्धीलाई रक्षा गर्दै अघि बढ्नुपर्ने बताउँछ भने माओवादीहरुले नै अस्वीकार र बहिष्कार गरेको संविधान प्रतिगामी भएको भन्दै वैद्य माओवादीले नयाँ संविधान जलाएर प्रतिकात्मक विरोध जनाइसकेको छ । दुवै माओवादीकोबीचको एकताका लागि एउटाले ठूलै त्याग गर्नुपर्ने देखिन्छ । जसका लागि कि एकीकृत माओवादीले अहिलेको जारी प्रक्रिया गलत भएको भन्दै बाहिरिनुपर्छ कि वैद्य माओवादीले अहिलेको प्रक्रियालाई स्वीकार गर्दै संविधान संशोधन लगायतका नमिलेका विषयलाई विलाउँदै लैजाने विषयमा सहमत हुनुपर्छन । अन्यथा दुई माओवादीबीचको एकता टाढाको विषय रहेको माओवादीकै नेताहरु बताउँछन् ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page