Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

मधेसका जायज माग पुरा गर– खड्का

\"purnaबागलुङ्ग । नेपाली काङ्गेसका सहमहामन्त्रि पुर्ण बहादुर खड्काले मधेसका जहाज माग पुरा गर्नका लागि ढिला गर्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन बागलुङ्ग शाखाको १४ औ साधारण शभालाई आज बागलुङ्गमा संबोधन गर्दै उनले भारतिय नाकाबन्दी भारत र नेपाल दुबै देशको लागि घातक भएको बताए । भारत र नेपालको संबन्ध उचाईमा राख्न चाहने दुबै मुलुकका नागरिक लाई नाकाबन्दीले दुखी बनाएको भन्दै काङ्गेस नेता खड्काले तत्काल नाका खुल्ला गर्न आग्रह समेत गरे । दलहरु बिच धुव्रीकरण बढ्दैजादा मुलुकमा थप समस्या पैदा हुदैजाने चर्चा गर्दै उनले संबिधान कार्यान्वयनका लागि सबै दल एक हुनुपर्नेमा जोड दिए । संबिधानले व्यवस्था गरेका अधिकारहरु कार्यान्वयनका लागि दलिय सहमतिको बिकल्प छैन, पुर्व संचार एबं गृहमन्त्रि समेत रहेका खड्काले भने, मधेस लगायत अन्य समस्या समाधानका लागि अव संबिधान संशोधन गरेर अगाडी बढ्नुपर्दछ । उनले प्रधानमन्त्री केपी ओलीले बिगतमा गरेका सहमति र सम्झौतलाई लत्याएर सत्ता टिकाउनका लागि मन्त्रीमण्डल बिस्तार गरेको आरोप समेत लगाए । उनले संचारमाध्यममा भएका समस्या समाधान गर्नका लागि दल र सरकार जिम्मेवार बन्नुपर्ने बताए । कार्यक्रममा नेपाली काङ्गेसका केन्द्रिय सदस्य एबं सांसद रत्ना सेरचन, नेपाली काङ्गेसका जिल्ला पार्टी सभापति एबं सांसद प्रकाश शर्मा पौडेल, र अर्का सांसद ज्ञान कुमारी छन्त्यालले संबिधानको कार्यान्वयनका लागि संचारमाध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने चर्चा गर्दै संबिधानले स्थायित्व पाउन सकेमात्र  प्रेस जगत सुरक्षित हुने बताए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेस पौडेल, पश्चिमाञ्चल संयोजक प्रदिप काफ्ले, केन्द्रिय सदस्य दिलिप पौडेल, धौलागिरी संयोजक ज्ञानेन्द्र गौतम,गण्डकी अंचल संयोजक टंङ्क अधिकारी, प्रेस युनियन बागलुङ्गका संस्थापक अध्यक्ष धिर प्रताप सिहं, लोकतान्त्रिक छापा माध्यमका केन्द्रिय उपाध्यक्ष ओम प्रसाद घायल, पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल महिला सघंका अध्यक्ष शकुन्तला शर्मा, प्रेस चौतारीका अध्यक्ष उमाकान्त शर्मा र क्रान्तिकारी पत्रकार सघं बागलुङ्गका अध्यक्ष कोपिला कडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा  प्रेस युयिननले स्थापना गरेको २ वटा छुट्टाछुट्टै पुरस्कार बाट दुईजना पत्रकार लाई पुरस्कृत गरिएको छ । बागलुङ्गका कर्ण बहादुर हमाल र होम बहादुर हमालले आफ्ना मातापिता नारायण उपाध्याय र आमा मान कुमारी उपाध्यायको नाममा स्थापना गरेको नारायणमान प्रेस युनियन पत्रकारिता पुरस्कार र प्रेस युनियनका संस्थापक अध्यक्ष धिर प्रताप सिहंले आफ्ना मातापिता तारादेबी सिहं र चुर्णमान सिहंको नाममा स्थापना गरेको तारादेबीचुर्णमान पत्रकारिता पुरस्कार जिल्लामा क्रियासिल २ पत्रकारलाई प्रदान गरिएको छ । नारायणमान पत्रकारिता पुरस्कार बाट सयपत्रि एफएम एबं नवसन्देश अनलाईनका सम्पादक एबं नागरिक दैनिकका संबाददाता दिलिप पौडेल र तारादेबीचुर्णमान प्रेसयुनियन पत्रकारिता पुरस्कार बाट कान्तीपुर संबाददाता प्रकाश बराललाई पुरस्कृत गरिएको हो । पौडेल र बराललाई काङ्गेस सहमहामन्त्रि खड्काले नगद जनही १० हजार सहित सम्मान पत्र र दोशल्ला ओडाएर सम्मान गरेका थिए  । त्यसैगरी नेपाल प्रेस युनियन बागलुङ्ग शाखाले युनियनका पुर्व सभापति सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेको छ । प्रेस युनियन बागलुङ्गका संस्थापक अध्यक्ष धिर प्रताप सिहं, पुर्व अध्यक्ष जगन्नाथ आचार्य, दुर्गादक्त आचार्य र निवर्तमान अध्यक्ष दिलिप पौडेललाई काङ्गेस सहमहामन्त्रि खढ्काले सम्मान पत्र सहित दोसल्ला ओडाएका थिए । । कार्यक्रम नेपाल प्रेस युनियन बागलुङ्गका सभापति नरेस कंडेलको अध्यक्षता, उपाध्यक्ष प्रदिप पन्तको स्वागत मन्तव्य र सचिव संगम घर्तिको संचालनमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE