Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

राजेन्द्र महतोको स्वास्थ्यमा सुधार

\"rajendra-mahato\"मोरङ । रानी भन्सार क्षेत्रमा शनिबार भएको झडपका क्रममा टाउकोमा चोट लागेका सद्भावना अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा सुधार आएको छ ।

महतोको टाउकोमा गम्भीर चोट लागेको र उनको स्वास्थ्यअवस्था गम्भीर रहेको प्रचार भइरहेको बेला अस्पतालले भने महतोको स्वास्थ्य अवस्थामा सुधार भएको बताएको छ । अस्पतालका अनुसार महतोको टाउकोमा लागेको चोट सामान्य रहेको छ ।

अध्यक्ष महतोलाई यतिबेला बिराटनगरस्थित गोल्डेन अस्पतालको आइसियु कक्षमा राखिएको छ । टाउको र खुट्टामा चोट लागेका उनलाई १ नम्वर बेडमा राखिएको छ ।

अध्यक्ष महतो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आइरहेको अस्पताल प्रशासनले जनाएको छ । महतोको टाउकाको सिटिस्क्यान रिपोर्टसमेत आइसकेको छ ।

महतोको उपचारमा संलग्न डा।न्युरो सर्जन सुधन ढकालका अनुसार टाउकोमा चोट लागे पनि सिटी स्क्यान रिपोर्टमा समस्या देखिएको छैन । डा ढकालले भने टाउकोमा कुनै समस्या देखिएको छैन ।’

दुबै खुट्टामा चोट लागेको भनिए पनि महतोको खुट्टामा ब्यान्डेज नगरिएको र सामान्य अवस्थामै रहेको चिकित्सकले जानकारी दिए ।

चिकित्सकका अनुसार पिटाइका कारण महतोको शरीरका समस्या देखिएको छैन । तर, झडपमा परेपछि तनावका कारण ब्लड प्रेसरका साथै सुगरसमेत बढेकाले महतोलाई उपचार आवश्यक रहेको चिकित्सकको भनाइ छ ।

महतोको स्वास्थ्यबारे जानकारी दिँदै डा ढकालले  भने ‘हिजोको घटनाले उहाँ बढी तनावमा हुनुहुन्छ यस्तो अवस्थामा मानिसहरुसँग बढी हेलमेल गर्दा वा बोल्दा स्वास्थ्यमा समस्या हुन सक्ने भएकाले अहिले कसैसँग नबोल्न आग्रह गरिएको हो ।’ जोगवनी क्षेत्रमा शनिबार भएको झडपमा परी घाइते भएका ९ जना मोर्चाका कार्यकर्तामध्ये पाँचजना सामान्य उपचारपछि आइतबार घर फर्किएका छन् ।

अहिले गोल्डेन अस्पतालमा अध्यक्ष राजेन्द्र महतोसँगै केन्द्रीय सदस्य दिलिप धाडेवा र इन्द्रजीतकुमार शाह उपचाररत छन् । एकजना घाइतेलाई भने धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि भारतको सिलिगुडी लगिएको छ ।

झडपमा परी घाइेत भएकामध्ये तेन्जिङ लामालाई भारतको सिलगुडी लगिएको हो । उनको अवस्था गम्भीर रहेकाले गोल्डेन अस्पतालले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE