दोलखा । चिसोले कठ्याङ्ग्रीएर दोलखामा थप तीनजना वृद्धवृद्धाको ज्यान गएको छ । दोलखामा एक साताभित्र मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । भूकम्पबाट घरविहीन भई अस्थायी रुपमा जस्ताको टहरामा बस्दै आएका वृद्धवृद्धा चिसोकै कारण मृत्युको मुखमा पुगेका हुन् ।
आजसम्म आएको तथ्याङ्कअनुसार थप तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा बुलुङ–८ का ६६ वर्षीय भक्तबहादुर मगर, मेलुङ–८ का वर्ष ६८ की विष्णुकुमारी श्रेष्ठ र मेलुङ–८ कै ७० वर्षीय जितबहादुर श्रेष्ठको मृत्यु भएको स्थानीय जानकारी दिए । उनीहरु अस्थायी रुपमा बनाएको जस्ताको टहरामा बस्दै आएका थिए ।
भूकम्पले घर लडेपछि अस्थायी टहरामा बास बस्दै आएका विष्णुकुमारी बिहान सुतेकै अवस्थामा मृत फेला परेको उहाँका छोरा विष्णुकुमार श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिनुभयो । छोरा विष्णुका अनुसार खानासँगै खाएर कटेरमा सुत्न जान लाग्दा मुटु चिसो भयो भन्दै भोलि थप ओड्ने किन्न अनुरोध गरेका थिए।
चिसो बढेपछि ग्रामीण भेगका स्वास्थ्य संस्थामा सिताङ्ग, रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हाडजोर्नी, जिउ दुख्ने, पखला लाग्ने, दम बढ्ने, स्वासप्रस्वासमा समस्या हुनेलगायतका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिए । तीमध्ये दीर्घरोगका अधिकांश बिरामी स्वास्थ्यचौकीमा नगई घरमै थलिएर बस्ने गरेको अनुगमनका क्रममा भेटिएको डा लम्सालको भनाइ रहेको छ ।
उले त्यस्ता किसिमका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजाने वातावरण बिरामीका आफन्तले बनाउन आवश्यक रहेको समेत बताए । सरकारले न्यानो कपडा खरिद गर्न दिने भनिएको रु १० हजार रकम ढिलाइ गर्दा पनि धेरै चिसोका बिरामीलाई समस्या परेको स्थानीयको भनाइ रहेको छ ।
जिल्लामा ८५ हजार भूकम्पपीडित परिचयपत्र बाँडिएपछि जिल्ला विकास समिति दोलखाले गृह मन्त्रालयलाई रु ८५ करोड माग गरेको भए पनि हाल रु ५० करोड मात्र आएको बताइएको छ ।
त्यस्तै भूकम्पमा घाइतेको व्यथा झनै कष्टकर रहेको छ । वैशाख १३ गतेको भूकम्पमा खुट्टा भाँचिएका लामीडाँडा–६ का ६८ वर्षीय श्रीराम बस्नेत यतिबेला दुःखद जिन्दगी बिताइरएका छन् । चिसोको समस्याले उहाँको भाँचिएको खुट्टा कटकट खाने, रातभरि दुख्नेलगायतका समस्याले छटपटिरहेका छन् । हालसम्म उहाँले सरकारले दिने भनिएको रु १५ हजारसमेत पाएका छैनन् । ।
उहाँ भन्छन्– “नागरिकता नभएकै कारण मलाइ रु १५ हजार दिएनन् । चालीस वर्षअघि रामेछापको बाम्ती घर भएका बस्नेत हाल लामिडाँडा–६, सिँगटीमा बसोबास गरिरएका छन् । उहाँ आफैँ ६८ वर्षका भए खुट्टा भाँचिएको छ, राम्रोसँग हिँडडुल गर्न सक्दैनन्, बेलाबखत उपचार गर्न काठमाडौँ जान्छन् ।
श्रीमती ७५ वर्षकी छन् घरमा अन्य कोही छैनन्, पाँचवटी छोरीको विवाह भएर गइसके, नागरिकता नभएकै कारण उहाँले भूकम्पपीडित परिचयपत्रसमेत पाउन सकेका छैनन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...



प्रतिकृया लेख्नुहोस्: