Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

चिसोले धनकुटामा एक जनाको निधन, पुर्वी पहाडको जनजीवन पनि प्रभावित

[caption id=\"attachment_52537\" align=\"alignleft\" width=\"640\"]\"file file photo[/caption] धनकुटा । धनकुटाको ताङ्खुवा गाविस वडा नं।(९ जोरपाटीमा चिसोले कठ्याङग्रिएर एक जनाको ज्यान गएको छ । जिल्लाको हात्तीखर्क गाविस वडा नं।(८ बस्ने ४४ वर्षीय नेत्रबहादुर रानाको जोरपाटी डाँडामा ज्यान गएको हो । स्थानीय ढुङ्गा खानीमा काम गर्ने मजदुर राना त्यहीँको ओडारमा बस्दै आएका थिए ।   बाक्लो तुषारो परेपछि एक्कासी बढेको चिसोले रानाको ज्यान गएको उनका भतिजा चेतराज रानाले बताए । जोरपाटी डाँडा समुन्द्री सतहबाट २२ सय मिटरको उचाइमा रहेको छ । चिसोले ज्यान गुमाएका रानाको जिल्ला अस्पताल धनकुटामा पोस्टमार्टम गरिएको छ ।   यसैबीच लगातार बढेको चिसोको कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । चिसोको कारण ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर,भोजपुर, संखुवासभा लगायतका जिल्लामा केही दिनयता अत्याधिक चिसो बढेको छ । मंसिरको दोस्रो सातादेखि यता एक्कासी जाडो बढेपछि यी ठाउँको जनजीवन प्रभावित भएको छ । चिसो मौसमका कारण विभिन्न विद्यालयका विद्यार्थीहरु बढी समस्यामा परेका छन् । ती जिल्लाका उत्तरी क्षेत्रका विद्यालयमा विद्यार्थीहरु कम मात्रामा हाजिर हुने गरेको सम्बन्धित विद्यालयले जनाएका छन् ।   चिसो मौसममा विद्यार्थीहरु तथा तेह्रथुमको बसन्तपुर, लसुने, शुक्रबारे, मोराहाङको जाँते, स्रिजुङको असिने लगायतका बासिन्दाको जनजीवन बढी प्रभावित भएको छ । यस्तै, भोजपुरको खेना, टेम्के क्षेत्र, पाँचधारे, छिनामुकु, कटुन्जे, बालाङ्खा, दामा लगायतका ठाउँको जनजीवन पनि प्रभावित भएको छ ।   यो समयमा बालबालिका र बृद्धबृद्धालाई चिसोले बढी सताउने भएकोले बाक्लो तथा न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । चिसो मौसममा विभिन्न रोगको संक्रमण हुने भएकोले तातो तथा ताजा खानेकुरा मात्र खान चिकित्सकले सल्लाह दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies