Ntc summer Offer
Khabar Dabali १२ पुष २०८१ शुक्रबार | 27th December, 2024 Fri
Investment bank

बाबुरामले ओछ्यानबाटै लगाए प्रचण्डमाथि ९ आरोप

\"bauram\"काठमाडाैं । एमाओवादी अध्यक्ष प्रचण्डलाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयाेजक डा. बाबुरााम भट्टराईले ९ वटा आरोप लगाएका छन् । सुनियोजित दुष्प्रचारको प्रतिवाद भन्दै भट्टराईले आज बिहान तीन नबज्दै ओछ्यानबाटै फेसबुक स्टाटसमार्फत यस्तो आरोप लगाएका हुन् । उनका आरोप यस्ता छन् । यद्यपी उनले प्रचण्डको नाम लिएका छैनन् । तर, सकेत उनीतिरै नै छ । सुनियोजित दुष्प्रचारको प्रतिवाद हामीले नयाँ शक्ति निर्माण अभियानको क्रममा अरुवारे नकारात्मक टीकाटिप्पणी गरेर समय खर्चनु सट्टा आफ्ना सकारात्मक सोच, योजना र कार्यक्रम जनसमक्ष सम्प्रेषण गर्न जोड दिने संकल्प गरेकाछौं र त्यसमा हामी दृढ रहन चाहन्छौं। तर केही मान्छेहरूले र खाशगरी हिजो संगै काम गरेका एकजना स्थापित नेताले निरन्तर रूपमा हाम्रा विरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या अभियान चलाइरहेका छन्। हिट्लरको प्रचारमन्त्री ग्वेवल्सले \'झुटो कुरा सय चोटि दोहोर्याए पछि साँचो लाग्न थाल्छु भने झैं र संस्कृत नीतिशास्त्रमा \'मौनम् सम्मति लक्षणम्\' भने झैं चूप लागेर बस्दा आम जनसमुदायमा भ्रम पर्ने खतरा हुन्छ। त्यसैले कसैमाथि नाजायज आक्रमण गर्न हैन आफ्नो जायज प्रतिरक्षा गर्न हामीले अहिले केही बोल्नै पर्ने भएको छ। बाहिर ुमाओवादु को नाउँ जमेर भित्र \'खाओवाद\' को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डोर्याउन अग्रणी भूमिका खेल्ने ती महानुभावलाई हाम्रा केही प्रतिप्रश्न छन् : १. २६ बर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पुर्याउनमा मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा रहेका वैद्य र बाबुरामको हुन्छ ? २. द्वन्दात्मक भैतिकवाद अनुसार कुनै वस्तुरघटनारव्यक्तिको विकास र विनासको मुख्य कारण आन्तरिक हुन्छ, वाह्य पक्ष सहायक मात्रै हुन्छ भन्ने कुरालाई तपाईं मान्नुहुन्छ कि हुन्नरु यदि मान्नुहुन्छ भने तपाईंलाई मन नपर्ने सबै कुरा ुवाह्य शक्तिु कै कारणले हो भन्ने दुराशयपूर्ण रटान वारम्वार किन लगाउनुहुन्छरु त्यो कुन सिद्धान्त र मान्यताभित्र पर्छरु ३. हालैको \'कान्तिपुर\' को अन्तर्वार्तामा \'थिंग्स आर् नट ह्वाट दे सिम\' भन्दै नयाँ शक्ति अभियन्ताहरुलाई ुवाह्य शक्तिु संग जोडेर हिलो छ्याप्ने दुस्साहस गर्नु भन्दा पहिले तपाईंले आफ्ना ुविदेशी प्रभुु हरुसंगको सम्बन्धलाई खुला र पारदर्शी बनाउने आँट गर्नु पर्दैनथ्योरु तपाईंका पटकपटकका सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केकानिम्ति थिए र को कोसंग के के भएको थियो भन्ने जानकारी तपाईं जस्तो ुदेशभक्तुले सोझा नेपाली जनतालाई गराउनु पर्दैनरुसमकालीन नेपालका कुनै पनि पार्टीका शीर्ष नेताहरूमध्ये विदेशी दूत र एजेन्सीहरूसंग सबभन्दा बढी उठवस र लेनदेन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरालाई अरुसंग आँखा जुधाएर खण्डन गर्न सक्नुहुन्छरु संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैले विन्तिपत्र हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो चपाएर उम्कन पाइन्छ ? ४. गत भदौमा २ दिन पर्खेर आन्दोलनकारीहरूको चित्त बुझाएर संविधान जारी गरेको भए कुन आकाश खस्थ्यो वा कुन विदेशीले के वहानामा नाकावन्दी गर्न सक्थ्योरु आफ्नो स्वार्थमा धक्का लागे विदेशीको हौवा खडा गर्ने तर आफ्नो स्वार्थ सिद्धि गर्न चाहिं विदेशी सामु लम्पसार पर्ने यो कस्तो राष्ट्रवाद होरुअहिले पनि तपाइँ पुनस् प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने ठान्नुहुन्छ ? ५. \'लिनप्याओवादी\' र \'आलोकप्रवृत्ति\' को सधैं पार्टीभित्र शिकार हुँदै आएको व्यक्तिलाई अहिले तपाईंले उल्टै ुलिनप्याओवादीु भन्ने धृष्ठता गर्नु ुकागले आफ्नो नाम आफै काड्छु भनेजस्तो भएन ररु आखिर ुआलोकप्रवृत्तिुको पुनरावृत्ति तपाईंकै वैठक कोठा भित्रबाट मात्रै पटक पटक भैरहनुलाई संसारले कसरी बुझ्ने होला ? ६. अहिले संविधान बनेको जश बोकेर सत्ताको भर्यांग चढ्ने दाउमा तपाईं हुनुहुन्छ भन्ने कसलाई थाहा छैन ररु तर त्यसक्रममा संविधानसभा र संविधानका वास्तविक अभियन्तालाई संविधानविरोधी भनेर मिथ्या प्रचार गर्नुभन्दा पहिले २०६७ सालको चर्चित पालुंगटार बैठकमा विद्रोहको लाइन लिने वैद्यसंग ुएकताु प्रधान र शान्ति तथा संविधानको लाइन लिने बाबुरामसंग ुसंघर्षु प्रधान भन्नु तपाईंको गल्ती रहेछ भनेर स्वीकार गर्नु पर्छ कि पर्दैनरु अन्यथा ुजता काफल पाक्यो उतै चरी नाच्योु भन्ने उखान तपाईंमा किन लागू नहुने ? ७. त्यत्रो त्याग र वलिदानको जगमा निर्मित माओवादी आन्दोलन पछिल्लो चरणमा तपाईंकै नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि हैनरु हैन भने अझै पनि बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छरु तपाईं प्र म बन्नकोनिम्ति सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन भएको छैनरु चर्चामा आएका दूर संचार घोटाला, लडाकु शिविर घोटाला आदि कैयन् भ्रष्टाचार प्रकरणवारे आम कार्यकर्ता र जनतालाई सुसूचित हुने अधिकार छ कि छैनरु कि ुमाओवादु को रामनामी जपे पछि सबै खत माफ हुन्छ  ? ८. विचार(प्रवृत्तिगत ुप्रेमु सत्ताका खेलाडी के पी ओलीसंग तर पुराना कार्यकर्ता भुलाउन ुविवाहु को प्रस्ताव चाहिं विचरा वैद्यसंग गर्ने पर्वृत्तिलाई के भन्ने होलारु मार्क्सवाद(लेनिनवाद(माओवादको खोल ओढेर पुरानै सत्ता, शक्ति र सम्पत्तिको घिनलाग्दो खेल खेल्ने यो प्रवृत्तिलाई ुजडसूत्रिय(अवसरवादु ९ मयनmबतय(यउउयचतगलष्कm० नभने के भन्नेरु वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति यही हो कि ? ९. त्यसैले तपाईं आफु शिशाको घरमा बसेर अरुको परालको झोपडीमा ढुंगा नहान्नु नै वेश हुन्छ किरु ुनयाँ शक्ति अभियानु यो फोहरको दलदलमा फसेको समकालीन राजनीति भन्दा माथि उठेर नयाँ उन्नत सोच र जनमुखी तथा पारदर्शी आचरण सहितको वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने सचेतन पहल हो भनेर बुझ्नुपर्ला कि ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy