Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

२०१५ मा बलिवुडमा क–कसले मच्चाए धुम ? को को भए सफल ?

एजेन्सी । सन् २०१५ हामीबाट केही दिनपछि विदा हुँदैछ । बिदा हुँदै गरेको वर्षलाई लिएर बलिवुड फिल्म नगरीमा विभिन्न चर्चा चलिरहेको छ । २०१५ कस कसका लागि फलदायी भयो ? को को यस वर्ष चर्चाको शिखरमा रहे ? चर्चा चलिरहेकै अवस्थामा बलिवुड फिल्म उद्योगका लागि २०१५ फलदायी भएको विभिन्न भारतीय समाचार माध्यमले बताएका छन् । अरु वर्षहरु भन्दा यो वर्ष फिल्म उद्योगमा केही राम्रा फिल्महरु बने । दर्शक र समिक्षकहरुको मन जित्न सफल भए । बलिवुड फिल्म क्षेत्रका रहेका सयौं हजारौं कलाकारहरु मध्ये कस कसले धुम मच्चाए ? कुन कुन कलाकार यस वर्ष चर्चामा रहे ? यसबारे छोटो चर्चा गरौं । सलमान खानः \"salman-khan-kick-750\" गत वर्षहरु जस्तै यस वर्षपनि बलिवुडमा तिन खानको वर्चस्व रह्यो । जस मध्ये सलमान खान यस वर्ष अझ बढि चर्चा रहे । उनी अभिनित फिल्महरु त त्यतिकै हिट भए नै त्यस सँगसँगै यस वर्षको अन्ततिर उनको जीवनसँग जोडिएको मुद्धाले पनि उनलाई चर्चाको शिखरमा पु¥यायो । उनी अभिनित फिल्म ‘बजरंगी भाईजान’ र ’प्रेम रतन धन पायो’ ले बक्स अफिसमा करोडौं रुपैयाँ कलेक्सन ग¥यो । शाहरुख खानः \"shahrukh-khan-latest-hd-wallpapers-images-download-handsome-boy-hd-wallpaper--750\" सलमान खान पछि २०१५ मा शाहरुख खानले बलिवुडमा धुम मच्चाएका छन् । आफ्नो जन्मदिनको उपलक्षमा आयोजित कार्यक्रममा उनले असहिष्णुताको बारेमा जब बोले उनको समर्थन र विरोधमा पुरै भारत भर हंगामा भयो । अर्का अभिनेता आमिर खानसमेत तानिए । यस घटना सगँसँगै उनको फिल्म ‘दिलवाले’ सुपरहिट भयो । काजोल र उनको मिलेको जोडी ‘माइ नेम इज खान’ पछि सो फिल्ममा दर्शकहरुले हेर्न पाए । त्यस्तै उनी र सलमान खान बीचको ७ वर्ष देखिको सितयुद्ध भूलेर उनीहरुले दोस्ती समेत सुरु गरे । आमिर खान \"aamir-khan-dangal-759-750\" बलीवुडका तीन अस्ति मध्ये आमिर खान एक हुन् । आमिरको पनि चर्चा यस वर्ष कम रहेन । आमिरको यस वर्ष कुनै नयाँ फिल्म नआए पनि उनी चर्चाको शिखरमा रहन सफल भए । शाहरुख खानले असहिष्णुताको बारेमा बोलेपछि उनले पनि बोले र उनी सबै भन्दा बढि विवादमा तानिए पनि । यसको अलावा उनको २०१६ मा रिलिज हुने फिल्म ‘दंगल’का कारण चर्चामा रहन सफल भए । बाबा गुरमीत राम रहीम सिंहः \"c76b4170---copy-selected_650_122914030535-750\" २०१५ को सुरुवातमा उनको फिल्म ‘एमएसजी २ ’ को सीक्वल युटूव मार्फत सार्वजनिक भयो । धार्मिक बाबाहरुको भेषमा तयार भएको फिल्मले धार्मिकताको विषय बोकेको छ । यसको विरोध र समर्थन दुबै भयो । विरोध र समर्थन विच उनी २०१५ भर चर्चाको शिखरमा रहन सफल भए । रणवीर सिंह \"ranveer-singh बलिहुडमा पछिल्लो समय उदाएका अभिनेता हुन् रणवीर सिंह । उनको फिल्म ‘दिल धडक्ने दो’ यस वर्ष हिट भयो । साथै वर्षको अन्ततिर बनेको फिल्म ‘बाजीराव मस्तानी’ बाट समेत उनले निकै चर्चा बटुले । यस सँगसँगै वर्षको शुरुवाततिर ‘एआईबी’ को एउटा कार्यक्रममा अश्लीलता फैलाएको आरोपमा समेत उनी मुछिए । करण जौहर \"353751-karan-1-750\" निर्माता निर्देशक करण जौहरको लागी यो वर्ष त्यति राम्रो नभएपनि उनी चर्चामा आउन भने सफल भए । उनले यस वर्ष कुनै सफल फिल्म ल्याउन सकेनन् । यस वर्ष रिलिज भएको फिल्म ‘बांबे वेलवेट’ दर्शकले त्यति रुचाइएन् । उनी ‘एआईबी’ को विवादमा समेत तानिए । तर सुपरहिट फिल्म ‘बाहुबली’को उनीपनि निर्माता भएका कारण बाहुबलीको सफलताको श्रेय उनले पनि लिए । दीपिका पादुकोण \"deepika_padukone_2-wide-750\" अभिनेत्री दिपिका पादुकोणका लागि यो वर्ष सफल वर्षका रुपमा रह्यो । उनले क्वीन अभिनेत्रीको छबीलाई यसवर्षपनि कायम नै राखिन् । दीपिकाले यस वर्ष तीन सुपरहिट फिल्महरु पीकू, तमाशा, बाजीराव मस्तानी, दिएर आफ्नो उपस्थितिलाई मजबुत नै बनाइन् । वर्षको सुरुतिर सामाजिक सञ्जालमा आएको एउटा क्लीवेज तस्वीरबाट उनी विवादमा तानिएकी थिइन् । उनले त्यसको कडा प्रतिवाद समेत गरेकीथिइन् । प्रियंका चोपडाः \"priyanka_chopra_20-wide-750\" दीपिकापछि यस वर्ष सफलता बटुल्नेमा अर्की सुन्दरी अभिनेत्री प्रियंका चोपडा रहेकी छिन् । उनले यस वर्ष दुईवटा हिट फिल्महरु ‘दिल धड्कने दो’ र ‘बाजीराव मस्तानी’ थिईन् । साथै उनले हलिवुडको एउटा टीवी शोमा सहभागिता जनाएर किनै प्रशंसा बटुलिन् । अनुष्का शर्माः \"anushka-sharma-photos-images-26047-750\" अभिनेत्री अनुष्का शर्माले यस वर्ष फिल्म एनएच १० मा काम गरिन् । यसबाट उनले निकै चर्चा बटुलिन् । साथै क्रिकेटर विराट कोहलीसँग सम्बन्धका कारण पनि थप चर्चामा आईन् । विश्वकपमा भारत पराजित भएपछि क्रिकेटर कोहलीसँग जोडेर उनलाई विभिन्न आरोप लगाइएको थियो । कंगना राणौत \"235555-kanganaranaut-750\" यो वर्ष अभिनेत्री कंगना राणौत र ऐश्वर्या राय पनि खुब चर्चामा आइन् । ऐश्वर्याले फिल्म ‘जब्बा’ बाट बलिवुडमा कमब्याक भइन् भने कंगनाले ‘तन वेड्स मनु रिटर्न्स’ बाट चर्चा बटुलिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: