Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

२०१५ मा बलिवुडमा क–कसले मच्चाए धुम ? को को भए सफल ?

एजेन्सी । सन् २०१५ हामीबाट केही दिनपछि विदा हुँदैछ । बिदा हुँदै गरेको वर्षलाई लिएर बलिवुड फिल्म नगरीमा विभिन्न चर्चा चलिरहेको छ । २०१५ कस कसका लागि फलदायी भयो ? को को यस वर्ष चर्चाको शिखरमा रहे ? चर्चा चलिरहेकै अवस्थामा बलिवुड फिल्म उद्योगका लागि २०१५ फलदायी भएको विभिन्न भारतीय समाचार माध्यमले बताएका छन् । अरु वर्षहरु भन्दा यो वर्ष फिल्म उद्योगमा केही राम्रा फिल्महरु बने । दर्शक र समिक्षकहरुको मन जित्न सफल भए । बलिवुड फिल्म क्षेत्रका रहेका सयौं हजारौं कलाकारहरु मध्ये कस कसले धुम मच्चाए ? कुन कुन कलाकार यस वर्ष चर्चामा रहे ? यसबारे छोटो चर्चा गरौं । सलमान खानः \"salman-khan-kick-750\" गत वर्षहरु जस्तै यस वर्षपनि बलिवुडमा तिन खानको वर्चस्व रह्यो । जस मध्ये सलमान खान यस वर्ष अझ बढि चर्चा रहे । उनी अभिनित फिल्महरु त त्यतिकै हिट भए नै त्यस सँगसँगै यस वर्षको अन्ततिर उनको जीवनसँग जोडिएको मुद्धाले पनि उनलाई चर्चाको शिखरमा पु¥यायो । उनी अभिनित फिल्म ‘बजरंगी भाईजान’ र ’प्रेम रतन धन पायो’ ले बक्स अफिसमा करोडौं रुपैयाँ कलेक्सन ग¥यो । शाहरुख खानः \"shahrukh-khan-latest-hd-wallpapers-images-download-handsome-boy-hd-wallpaper--750\" सलमान खान पछि २०१५ मा शाहरुख खानले बलिवुडमा धुम मच्चाएका छन् । आफ्नो जन्मदिनको उपलक्षमा आयोजित कार्यक्रममा उनले असहिष्णुताको बारेमा जब बोले उनको समर्थन र विरोधमा पुरै भारत भर हंगामा भयो । अर्का अभिनेता आमिर खानसमेत तानिए । यस घटना सगँसँगै उनको फिल्म ‘दिलवाले’ सुपरहिट भयो । काजोल र उनको मिलेको जोडी ‘माइ नेम इज खान’ पछि सो फिल्ममा दर्शकहरुले हेर्न पाए । त्यस्तै उनी र सलमान खान बीचको ७ वर्ष देखिको सितयुद्ध भूलेर उनीहरुले दोस्ती समेत सुरु गरे । आमिर खान \"aamir-khan-dangal-759-750\" बलीवुडका तीन अस्ति मध्ये आमिर खान एक हुन् । आमिरको पनि चर्चा यस वर्ष कम रहेन । आमिरको यस वर्ष कुनै नयाँ फिल्म नआए पनि उनी चर्चाको शिखरमा रहन सफल भए । शाहरुख खानले असहिष्णुताको बारेमा बोलेपछि उनले पनि बोले र उनी सबै भन्दा बढि विवादमा तानिए पनि । यसको अलावा उनको २०१६ मा रिलिज हुने फिल्म ‘दंगल’का कारण चर्चामा रहन सफल भए । बाबा गुरमीत राम रहीम सिंहः \"c76b4170---copy-selected_650_122914030535-750\" २०१५ को सुरुवातमा उनको फिल्म ‘एमएसजी २ ’ को सीक्वल युटूव मार्फत सार्वजनिक भयो । धार्मिक बाबाहरुको भेषमा तयार भएको फिल्मले धार्मिकताको विषय बोकेको छ । यसको विरोध र समर्थन दुबै भयो । विरोध र समर्थन विच उनी २०१५ भर चर्चाको शिखरमा रहन सफल भए । रणवीर सिंह \"ranveer-singh बलिहुडमा पछिल्लो समय उदाएका अभिनेता हुन् रणवीर सिंह । उनको फिल्म ‘दिल धडक्ने दो’ यस वर्ष हिट भयो । साथै वर्षको अन्ततिर बनेको फिल्म ‘बाजीराव मस्तानी’ बाट समेत उनले निकै चर्चा बटुले । यस सँगसँगै वर्षको शुरुवाततिर ‘एआईबी’ को एउटा कार्यक्रममा अश्लीलता फैलाएको आरोपमा समेत उनी मुछिए । करण जौहर \"353751-karan-1-750\" निर्माता निर्देशक करण जौहरको लागी यो वर्ष त्यति राम्रो नभएपनि उनी चर्चामा आउन भने सफल भए । उनले यस वर्ष कुनै सफल फिल्म ल्याउन सकेनन् । यस वर्ष रिलिज भएको फिल्म ‘बांबे वेलवेट’ दर्शकले त्यति रुचाइएन् । उनी ‘एआईबी’ को विवादमा समेत तानिए । तर सुपरहिट फिल्म ‘बाहुबली’को उनीपनि निर्माता भएका कारण बाहुबलीको सफलताको श्रेय उनले पनि लिए । दीपिका पादुकोण \"deepika_padukone_2-wide-750\" अभिनेत्री दिपिका पादुकोणका लागि यो वर्ष सफल वर्षका रुपमा रह्यो । उनले क्वीन अभिनेत्रीको छबीलाई यसवर्षपनि कायम नै राखिन् । दीपिकाले यस वर्ष तीन सुपरहिट फिल्महरु पीकू, तमाशा, बाजीराव मस्तानी, दिएर आफ्नो उपस्थितिलाई मजबुत नै बनाइन् । वर्षको सुरुतिर सामाजिक सञ्जालमा आएको एउटा क्लीवेज तस्वीरबाट उनी विवादमा तानिएकी थिइन् । उनले त्यसको कडा प्रतिवाद समेत गरेकीथिइन् । प्रियंका चोपडाः \"priyanka_chopra_20-wide-750\" दीपिकापछि यस वर्ष सफलता बटुल्नेमा अर्की सुन्दरी अभिनेत्री प्रियंका चोपडा रहेकी छिन् । उनले यस वर्ष दुईवटा हिट फिल्महरु ‘दिल धड्कने दो’ र ‘बाजीराव मस्तानी’ थिईन् । साथै उनले हलिवुडको एउटा टीवी शोमा सहभागिता जनाएर किनै प्रशंसा बटुलिन् । अनुष्का शर्माः \"anushka-sharma-photos-images-26047-750\" अभिनेत्री अनुष्का शर्माले यस वर्ष फिल्म एनएच १० मा काम गरिन् । यसबाट उनले निकै चर्चा बटुलिन् । साथै क्रिकेटर विराट कोहलीसँग सम्बन्धका कारण पनि थप चर्चामा आईन् । विश्वकपमा भारत पराजित भएपछि क्रिकेटर कोहलीसँग जोडेर उनलाई विभिन्न आरोप लगाइएको थियो । कंगना राणौत \"235555-kanganaranaut-750\" यो वर्ष अभिनेत्री कंगना राणौत र ऐश्वर्या राय पनि खुब चर्चामा आइन् । ऐश्वर्याले फिल्म ‘जब्बा’ बाट बलिवुडमा कमब्याक भइन् भने कंगनाले ‘तन वेड्स मनु रिटर्न्स’ बाट चर्चा बटुलिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending