Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओली भारत भ्रमणको तरखरमा

\"kp-oli-final-final9\"काठमाडौं । नयाँ संविधान जारी गर्नुअघि नै मधेसमा सीमाकनको विषयमा असन्तुष्टी बढेको थियो । मधेसमा ब्याप्त असन्तुष्टीकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ संविधान जारी भएसँगै प्रधानमन्त्री बने । मधेसको असन्तुष्टीसँगै भारतले पनि संविधानका विषयमा केही आफ्ना मतहरु लिखित रुपमा दर्ज गर्यो र संविधान केही समय रोक्न समेत निर्देश गरेको थियो । भारतको सुझावलाई नमानेर असोज ३ गते नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीलाई राष्ट्रवादी प्रधानमन्त्रीका रुपमा चर्चा गरियो । संविधान जारी भएपछि संविधानमै असन्तुष्टी जनाएर भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि ओलीको ओली साच्चिकै राष्ट्रवादी प्रधानमन्त्री हुन् भनेर तारिफ गरियो । भारतको हेपाहा प्रवृत्तिकाविरुद्ध उत्तरी छिमेकी मुलुक चीनसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्ने नेपालीहरुले सुझाव दिए । भारतले नाकाबन्दी गरी इन्धन संकट गरिदिएपछि भारतको विकल्प खोज्नुपर्ने दबाब आम नागरिकले दिए । ओली नेतृत्वको सरकारले पनि भारतको विकल्प खोजिने आश्वासनहरु बाँड्यो । चीनसँग ब्यापारीक सम्झौता गर्ने पहल थालियो । लामो समयपछि चीनसँग इन्धन खरिदको दीर्घकालिन सम्झौतासहित उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले ८ बुँदे सम्झौता पनि गरे । उपप्रधानमन्त्री थापा साताब्यापी चीन भ्रमणबाट मंगलबार मात्र स्वदेश फर्किएका छन् । भारतले पटक पटक नेपालमाथि गर्ने गरेको हेपाहा प्रवृत्तिको सेखी झार्न पनि चीनसँगको सम्झौता महत्वपूर्ण बन्न पुगेको बेला राष्ट्रवादी भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जान खुट्टा उचालिरहेका छन् । भारतको निम्तो पाएमा तत्काल भारत भ्रमणमा जाने ओली तरखर गरेका छन् । यसको संकेत पनि ओली आफैले दिइसकेका छन् । सोमवार रिपोर्टर्स क्लवको टोलीसँगको भेटमा ओलीले आफूले छिट्टै नै भारत वा चीनको भ्रमण गर्ने उल्लेख गरे । जुन देशमा पहिले अनुकुल मिल्छ, त्यो देशको भ्रमण गर्ने प्रधानमन्त्री ओलीले स्पष्ट गरे । पहिलो भ्रमण कसको गर्ने भन्ने कुनै नियम नरहेको भन्दै उनले भारत भ्रमण हुनसक्ने संकेत गरे । यसले प्रधानमन्त्री ओली भारतसँगको सम्बन्धलाई नै दिगो राख्ने प्रयासमा पहिलो भारत भ्रमण गर्ने तरखरमा छन् । जसको लागि अनुकुल वातावरणको खोजीमा छन् ओली भन्ने आफैले स्पष्ट गरेका छन् । मुलुकमा संकट जारी रहेकै बेला प्रधानमन्त्रीमा आसिन भएका ओलीले मुलुकको संकट समाधान गर्छन् भन्ने विश्वास गरिए पनि नागरिकको अपेक्षा पुूरा गर्न सकेनन् । भारतले गरेको नाकाबन्दीले मुलुक गम्भीर संकटमा पर्दा कुनै विकल्प दिन सकेनन् भने महंगी कालाबजारियाले मुलुक चलिरहेको अवस्था छ । जनताको समस्यामा जिम्मेवार नभइ सरकार बनाउनमा मात्रै ध्यान दिएका ओलीले भाग पुर्याउनका लागि धमाम मन्त्रालय फुटाएर जम्बो मन्त्रीमण्डल बनाएको भनेर पनि आलोचित भइरहेका छन् । राष्ट्रवादी प्रधानमन्त्रीको उपमा पाएका ओलीले आफ्नो छवि बचाउन सक्ने हुन् कि होइनन् त्यो भने हेर्न बाँकी नै छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE