Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

ओलीज्यू, सार्वजनिक बस चढेर बालकोट जाने कि !

\"chhatकाठमाडौं । भारतले गरेको नाकाबन्दीको मार सबैलाई परेको छ । तर सबैभन्दा बढी मार भने भक्तपुर बालकोटका बासिन्दाले खेप्नु परेको छ । काठमाडौंको कलंकीबाट भक्तपुरको बालकोट जाने बस छुट्ने गर्छ । बाग्मती यातायातको साना मिनी बस उक्त रुटमा चल्छ । भारतले गरेको नाकाबन्दीका कारण ट्राफिक प्रहरीले छतमा झुण्डिएर यात्रा गर्न पनि छुट दिएकोले यात्रुहरु जसोतसो झुण्डिएर यात्रा गर्न बाध्य भएका छन् । भक्तपुरको बालकोट यस्तो ठाउँ हो, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको घर पनि छ । प्रधानमन्त्री हुन्जेल सरकारी निवास बालुवाटरमा बस्न पाउने भए पनि ओली बेला बेलामा सरकारी सुविधाको चिल्लो गाडी हाँकेर बालकोट पुग्छन् । कलंकी–बानेश्वर–कोटेश्वर रुटको गाडी नहुँदा समस्या कलंकी–बानेश्वर–कोटेश्वर चल्ने निलो माइक्रो बस भारतको नाकाबन्दीपछि चल्न छाडेको पनि यो रुटमा चल्ने गाडी नहुँदा यात्रुले समस्या झेल्नु परेको छ । ग्यासबाट चल्ने गरेका निलो माइक्रोबस नाकाबन्दी गरेपछि ठप्पै भयो । कलंकीबाट बानेश्वर रुटमा चल्ने सवारी नहुँदा बानेश्र आउने यात्रुहरु पनि बालकोट जाने बसमा कोचिन्छन् । कलंकी–बानेश्वर–कोटेश्वर ब्याट्रीबाट चल्ने सफा टेम्पो चल्ने भए पनि ती टेम्पो पनि एकाएक विस्थापित भए । \"Busko-Chhat-ma-yatra\"           बाग्मती यातायातको दादागिरी राजधानीमा पछिल्लो समय साझा यातायात सञ्चालन गरिएपछि केही समय भने यो रुटका यात्रुलाई केही राहत मिलेको थियो । कलंकी–बानेश्वर हुँदै एयरपोर्ट रुटमा सझा यातायात चलेपछि राहतको महशुस गरेका यात्रुलाई साझा यातायातले रुट बदलेपछि फेरि उस्तै समस्या भयो । साझा यातायातले यात्रु नपाएर रुट बदलेको भने होइन, बाग्मती यातायातको दादागिरीले गर्दा नै रुट बदल्न बाध्य भएको साझा यातायातका कर्मचारीहरु बताउँछन् । नाकाबन्दीका कारण सवारी चाप कम भएको भन्दै कतिपय ठाउँ सेना, प्रहरीको गाडीले पनि सेवा दिएको छ । तर यो रुटमा भने बैकल्पिक सवारीसमेत नहुँदा पछिल्लो समय झनै समस्या भएको यात्रुहरु बताउँछन् । देशको प्रधानमन्त्री नै आफ्नो गाउँको भएपछि राहत पाइने आशामा थिए, बालकोटबासी । तर प्रधानमन्त्री भएपछि त जनताको समस्या कालोशिशाभित्रको गाडीबाट देखिने कुरा पनि भएन, बालकोट हिडेका एक यात्रुले भने । भनिन्छ, आफू नमरी श्वर्ग देखिन्न । त्यसैले प्रधानमन्त्रीज्यू आम नागरिकसको समस्या नदेखेपछि आफ्नै गाउँका बासिन्दाको समस्या बुझ्नलाई एक पटक आफैले सार्वजनिक गाडी चढेर बालकोट जाने हो कि ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies