Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

संग्रहलयको मासिक आम्दानी १५ हजार

\"20151129_141309\"धनकुटा  । तीन दशकअघि धनकुटा सदरमुकाममा स्थापित पूर्वाञ्चल क्षेत्रीय संग्रहालय प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । आगन्तुकबाट बेखबर रहेको संग्रहालयको वार्षिक आम्दानी १५ हजार रुपैयाँ मात्र बल्लतल्ल पुग्न थालेको छ । अवलोकनकर्ता नआएपछि यहाँका कर्मचारी दिनभर त्यत्तिकै बस्नु परेको बताउँछन् । संग्रहालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक हजार आठ सय जनाले अवलोकन गरेका छन् । संग्रहालय अवलोकनका लागि मुस्किलले दैनिक तीन जना आउँछन्,ू संग्रहालय प्रमुख चन्द्रप्रसाद अधिकारीले भने, ‘व्यवस्थापन र प्रचारप्रसारको अभावमा औपचारिकतामा मै सीमित छ । संग्रहालयका ९ कर्मचारीको तलब सुविधा सहित संग्रहालयको व्यवस्थापन बजेट वार्षिक १५ लाख रुपैयाँ रहेको अधिकारीले जानकारी दिए । आर्थिक व्यवस्थापन र पूर्वाधार अभाव देखाएर पुरातत्त्व विभाग अन्तर्गतको यस संग्रहालयले डेढ दशकयता पुरातात्त्विक वस्तुको अनुसन्धान र जीर्णोद्धार गर्न सकेको छैन । अपायक स्थानमा राखिएका कारण बाहिरबाट आउनेहरु यसबारे बेखवर छन् । धनकुटा बहुमुखी क्याम्पसका राजनीतिक शास्त्रका प्राध्यापक ठाकुर प्रसाद बराल भन्छन् , संग्रहालय कै लागि धाएर जानुपर्ने बाध्यता छ ।’ सर्वसाधारणको चहलपहल बढी हुने स्थानमा स्थानान्तरण गर्न सके यसको महत्त्व बढ्ने थियो भनेर सार्वजनिक स्थल, चोक र पायक पर्ने स्थानमा सार्न गरिएको पहल पुरातत्त्व विभागको बेवास्ताले सफल हुन नसकेको प्रमुख अधिकारीले बताए । उनले भने, अनुत्पादक र सेवामूलक मात्रै भएकाले ध्यान दिँदैनन् ।’ यश संग्रहालयमा राई, लिम्बू, शेर्पा, मेचे, दराई, आठपहरिया राई, राजवंशी, धिमाल, वनकरिया लगायत विभिन्न लोपोन्मुख १६ जातजातिको भेषभुषा, रहनसहन र संस्कृति झल्कने कलात्मक वस्तु, पुराना हातहतियार, भाँडाकुँडा, पुराना कम्पनी पैसा, वनमान्छेको खप्पर, नलीखुट्टा, गरगहना लगायतका सामग्री संग्रहीत छन् । सुरक्षा नभएको भन्दै संग्रहालयले सुनचाँदी र रुपैयाँ पैसा राखिएको कक्ष भने सर्वसाधारणको लागि खुला गरेको छैन । तर, सुरक्षाकर्मीका लागि बस्ने भवन निर्माणाधीन रहेकाले यसै आर्थिक वर्षको अन्त्य सम्ममा निर्माण सम्पन्न गरि सुरक्षाकर्मी माग गरेर सुनचाँदी र रुपैयाँ पैसा भएको कक्ष समेत सर्वसाधारणका लागि खुला गर्ने योजना रहेको प्रमुख अधिकारीले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy