Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

जायज मागलाई बेवास्ता गरिए देशलाई ठूलो धक्काः सिंह

\"prakashman\" चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मधेसवादी दलका जायज मागलाई बेवास्ता गरिएमा देशलाई ठूलो धक्कापर्ने बताएका छन् ण् । ४० औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज आयोजित राष्ट्रियता र विपिको मेलमिलाप नीति विषयक विचारगोष्ठीमा बोल्दै उहाँले मधेसवादी दलको मागका विषयमा काँग्रेस खुलारुपमा छलफल गर्न तयार रहेको बताए । मधेसवादी दलको मागलाई सम्बोधन गर्ने कुरामा सरकारमा रहेका दल पनि सकारात्मक बन्नुपर्ने उनले बताए । सबै मिले मात्र देशको विकास हुनसक्ने भन्दै आजको दिनले सबैलाई प्रेरणा मिल्नुपर्ने उनले बताए । विपि कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्कँदा गणेशमान सिंहसँग कुरा नमिलेको प्रशंग कोट्याउँदै उनले विपिले गणेशमानलाई मेलमिलाप आवश्यक रहेको भनी बुझाउन सकेकै कारण देशले नयाँ मोड लिएको बताए । विपि चिन्तन प्रतिष्ठान चितवन, प्रजातान्त्रिक बिचार समाज चितवन र नेपाल शिक्षक सङ्घ चितवनले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले दलका शीर्ष नेताबिचमा मेलमिलापको खाँचो रहेको औँल्याएका थिए । कार्यक्रममा सांसद शेषनाथ अधिकारी र रामकृष्ण घिमिरेले राष्ट्र बचाउन दलभन्दामाथि उठेर काम गर्नुपर्ने समय आएको बताएका थिए । सो अवसरमा विपि चिन्तन प्रतिष्ठान चितवनका अध्यक्ष डा एकनारायण पौडेल, प्रजातान्त्रिक बिचार समाज चितवनका अध्यक्ष डा। कृष्णप्रसाद पौडेल र शिक्षक सङ्घ चितवनका अध्यक्ष ध्रुव पोख्रेलले बिचारगोष्ठीको औचित्यको बारेमा प्रकाश पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending